ताजा समाचार

असार ४ गते २०७६

धुर्मुस भन्छन्, ‘रंगशाला बने चितवनमै बन्छ, नत्र बन्दैन’

यतिखेर रंगशाला निर्माणको काम ठप्प छ । निर्माणस्थल सुनसान छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम रोकिएको २० दिन भयो ।

रोकिएको काम पुनः सुचारू गर्न आग्रह भए पनि निर्माणकर्ता धुर्मुस–सुन्तली फाउन्डेसनले अझै काम थालेको छैन । रंगशालामा डोजर लगाएपछि स्थानीय प्रशासन, राजनीतिकर्मी, भरतपुर महानगरले बैठक नै बसेर काम पुनः सुरू गर्न आग्रह गरेका थिए ।

तर, धुर्मुस–सुन्तली भने वातावरण धमिलिएको र घटनाले ठूलो चोट पुगेको भन्दै काठमाडौँ लागे । कतै गौरवको यस आयोजना बन्दै नबन्ने वा चितवनमा नबन्ने भन्नेबारे जनस्तरमा व्यापक चर्चा छ । जनताको शंकाका कारण प्रतिक्रिया दिँदै धुर्मुस भन्छन्, ‘ढुक्क हुनोस्, रंगशाला बने चितवनमा नै बन्छ अन्त कहीँ पनि बन्दैन ।’ भनेको समयमै परियोजना सम्पन्न गरिछाड्ने उनले बताए ।

निर्माण पुनः सुरू भएको सन्देश दिन घटनाको केही दिनपछि प्रहरी, जनप्रतिनिधि, केही स्थानीय, अभियन्ताहरुको सहभागितामा भत्काइएको बार उठाइएको थियो । त्यसपछि पनि धुर्मुसले कामलाई निरन्तरता दिएनन् ।

रंगशालामा डोजर लगाएका आरोपितहरु पनि जेठ २६ गते छुटेलगत्तै केही दिन भत्काएको संरचना उठाउन र अन्य सहयोगमा सामेल भए । तर पनि धुर्मुसले तत्काल काम गर्ने वातावरण नभएको भन्दै काम नै रोकिदिए ।

रंगशालामा डोजर लगाएको घटना अन्तर्राष्ट्रियस्तरमा नकारात्मकरुपमा फैलिएकोले समस्या भइरहेको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताए । सहयोगी मनहरु चिन्तित र दुःखित भएकाले रकम संकलनमा समस्या भइरहेको उनले बताए । फिल्डमा काम रोकिए पनि डीपीआर निर्माणको काम जारी रहेको समेत उनले जानकारी दिए । निर्माण सहजताका लागि महानगरमै सम्पर्क कार्यालय पनि स्थापना गरिएको छ । त्यहाँ पनि कुनै काम नभएको कर्मचारी बताउँछन् ।

फिल्डमा काम रोकिए पनि डीपीआर निर्माणको काम जारी रहेको समेत उनले जानकारी दिए । निर्माण सहजताका लागि महानगरमै सम्पर्क कार्यालय पनि स्थापना गरिएको छ । त्यहाँ पनि कुनै काम नभएको कर्मचारी बताउँछन् ।