Featured News

सांसद रंगमती शाहीको प्रस्ताव : प्रधानमन्त्रीज्यू, आउनुस् मेरो स्कुटी पछाडि बस्नुस्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्कुटरको पछाडी बसेर काठमाडौं सहर घुम्न प्रस्ताव गरेकी छन्।    बिहीबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद शाहीले  कालो सिसा भएको गाडी चढ्ने प्रधानमन्त्रीले राजधानीको धुलो नदेखेको भन्दै व्यङ्ग गरिन्। ‘आफू एसिवाला गाडीमा बस्ने, कालो सिसाले थुन्ने', शाहीले भनिन्, ‘अनि सिसाबाट के देखिन्छ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार आफू नेतृत्वको सरकार बनेको एक… पुरा पढौ

सेनाकाे फास्ट ट्रयाकको लागत ६३ अर्ब बढाउने तयारी, चलखेलको आशंका

 सरकारले महत्वका साथ अगाडि बढाएको काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) को लागत ६३ अर्ब रुपैयाँले बढ्ने भएको छ । भारतीय कम्पनी आइएल एन्ड एफएसले यो आयोजनाका लागि दुई वर्षअघि तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा लागत एक खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । अहिले कोरियन कम्पनी सुसुङ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपिआरमा लागत बढाएर एक खर्ब ७५ अर्ब रुपैयाँ पुर्‍याइएको छ । यो दुई वर्षअघिको डिपिआरको तुलनामा ५६… पुरा पढौ

बहुचर्चित चिकित्सा शिक्षा आयोगको कार्यकारी प्रमुखमा ११ दिनसम्म परेन एउटै आवेदन

 चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन भन्दै गठित शक्तिशाली चिकित्सा शिक्षा आयोगको कार्यकारी प्रमुखमा आवेदन खोलिएको ११ दिनसम्म एकजनाको पनि उम्मेद्वारी परेको छैन । आयोगको कार्यकारी प्रमुख रहने उपाध्यक्ष पदका लागि शिक्षा मन्त्रालयअन्तर्गतको नाम सिफारिस समितिले १५ दिनको समय राखेर ९ असारमा आवेदन माग गरेको थियो । स्रोतका अनुसार आयोगमा तोकिएको उमेर हदबन्दी, उपाध्यक्ष भइसकेपछि पुनारो काममा फर्किन नपाइने र विस्तृत कार्ययोजना प्रस्तुत गर्नुपर्नेजस्ता व्यवस्थाका कारण उपाध्यक्ष पदमा आकर्षण नदेखिएको हो । सिफारिस समितिले ऐनमा… पुरा पढौ

तस्करीको ढोका बन्द भएको छ : सचेतक भट्टराई

राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भट्टराईले सुन तस्करीलाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न उठ्न सक्ने उल्लेख गर्दै भन्नुभयो, “सुन तस्कर कहाँ छन् भनेर बुझ्दा सुन्धराको केन्द्रीय कारागारमा रहेछन्, सरकारले तस्करीको ढोका बन्द गरेको छ ।” उहाँले सङ्घीय सरकारले ठूलो योजनाका काम अगाडि बढाएर स्थानीय सरकारलाई बलियो बनाउने र केन्द्रलाई पनि… पुरा पढौ

चन्द बिप्लव नेतृत्वको समुह संगठित आतंवादी समुह हो : गोकुल बास्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको समुह संगठित आतंवादी समुह भएको बताउनुभएको छ । सञ्चार मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले विप्लब समुह आतंकवादी समुह नै भएको ठोकुवा गर्नुभएको हो । विप्लवका क्रियाकलाव जनतामा त्रास र भय फैलाउने र लुटतन्त्र मच्चाउने भएकाले संगठित अपराध भएको टिप्पणी उहाँले गर्नुभयो ।उहाँले भन्नुभयो “ कुरा क्रान्तिकारी ,परिणाम दक्षिण पन्थीहरुलाई टेवा पुर्याउने हो उहाँहरुको । दक्षिण पन्थीहरुको… पुरा पढौ

कास्कीको मादी गाउँपालिकामा राजनीतिक तनाव, अध्यक्ष बेदबहादुर गुरुङमाथि कांग्रेसको आरोप नै आरोप

कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने बिषयमा नेपाली कांग्रेसले विरोध गरेको छ । निर्वाचित जनप्रतिनिधि र मादी कांग्रेसको संयुक्त बैठक बसेर अहिलेको ठाउँबाट केन्द्र नसार्न चेतावनी दिएको हो । ‘अहिलेकै ठाउँमा सबै संरचना बनिसकेको छ । धेरै खर्च भैसक्यो,’ काँग्रेस मादीका संयोजक देवीजङ्ग गुरुङले भने, ‘सार्ने नै हो भने सबैलाई पायक पर्ने ठाउँमा सारियोस् । अहिले सार्न लागेको ठाउँ हामीलाई मान्य छैन ।’ हाल याङजाकोटस्थित साविक थुमाकोडाँडा गाविसको कार्यालयमा केन्द्र राखिएको… पुरा पढौ

ओली–प्रचण्डको सम्बन्ध चिसिएकै हो ?

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको ‘केमेष्ट्रि’ यसरी बिग्रिएको छ कि उनीहरु सकभर भेट्न नपरे हुँदो हो भन्ने मनस्थितिमा पुगिसकेका छन् ।  त्यसको उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन । बुधबार (असार १८ गते) पार्टीको आन्तरिक विवाद टुंगो लगाएर एकतालाई बलियो पार्नका लागि प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।  राजनीतिक प्रतिवेदनको अन्तिम सम्पादनको जिम्मा अध्यक्षद्वयलाई दिइएकाले त्यसैका लागि ‘लास्ट टच’ दिन प्रचण्ड… पुरा पढौ

एसईई पूरक परीक्षा मिति सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईकाे पूरक परीक्षाकाे समय तालिका सार्वजनिक गरेको छ। गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो। परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार उक्त पूरक परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गरिनेछ। जसअनुसार एक विषयमा मात्र… पुरा पढौ

कहिले सकिन्छ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण ?

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ को काम सकिएको छ । अरु पूर्वाधार निर्माणको काम पनि द्रूतगतिमा भइरहेका छन् । द्रूतगतिमा काम भइरहेको आयोजनाको नामले पनि चिनिन्छ यो आयोजना । आयोजनाका वरिष्ठ इन्जिनियर कृष्ण पौडेलका अनुसार विमानस्थलको ४० प्रतिशत काम सकिइसकेको छ । तोकिएको समयअघि नै निर्माणको काम सकेर जहाज उडानमा ल्याउने आयोजनाको लक्ष्य छ । त्यहीअनुसार काम पनि भइरहेको छ । कुनै अवरोध नआए निर्धारित मिति भन्दा ६… पुरा पढौ

ओमकारेश्वर पोखरेलीको ‘बिना’

पोखरा महानगरपालिका वडा नं. १७, रातोपहिरास्थित ओमकारेश्वर महादेव मन्दिर तथा ओमकारेश्वर गुफा अफ्नै बिनाको सुगन्ध थाहा नपाउने कस्तुरी जस्तै भएको छ । नेपालको प्रमुख पर्यटकीय शहर पोखराका नागरिक विभिन्न सम्भाव्य क्षेत्रको खोजी गर्दै विभिन्न क्षेत्रमा पुग्छन् । तर आँगनमै रहेको ओमकारेश्वर महादेव मन्दिर तथा ओमकारेश्वर गुफा भने ओझेलमा परेको छ । पोखरा महानगरपालिका, राज्यका निकाय तथा अन्य सरोकारवालाले पनि मन्दिरको उत्थानका लागि ध्यान दिन सकेको छैन । पोखराको पृथ्वीचोकबाट करिब… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं