Featured News

कुन कुन मन्त्रीले गरे ओलीको प्रतिवाद ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकमा गरेपछि ३ मन्त्रीले प्रतिवाद गरेका थिए । ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले प्रस्तावको प्रतिवाद गरेका हुन् । उनीहरुले असंवैधानिक कदम नचाल्न आग्रह गर्दै मध्यवधिमा जाँदा जनमतको अपमान हुने जनाएका थिए । प्रधानमन्त्री भने ती मन्त्रीहरुसँग प्रतिवाद नगरी निर्णय गरी हिडेका थिए । पुरा पढौ

संसद बिघटनबारे संविधानमा के छ ?

प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिश गरेका छन्। पार्टी र अरु दलसमेतलाई सुईंको नदिई एकाएक गरेको विघटनको खबर राजनीति गर्माएको छ। संसद विघटनको पक्ष विपक्षमा मतहरु आउन थालेका छन्। सत्तारुढ नेकपादेखि विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीले गरेको संसद विघटनको सिफारिशप्रति आपत्ति जनाएका छन्। नेकपाका अध्यक्ष प्रचण्डले संसद बिघटनको प्रयास रोक्न अन्तिमसम्म प्रयास गरिरहेका छन्। संसद बिघटनको समाचार पाउनेबित्तिकै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र… पुरा पढौ

आम निर्वाचनको मिति प्रस्ताव, बैशाख २३ गते चुनाव

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ। पुरा पढौ

अध्यादेश, ठूटे हलो र चुडिएको हल्लुडो

हामी प्राथमिक बिद्यालय पढदा कसैलाई आफ्नो कुरामा विश्वस्त पार्न, कुनै गल्ति कमजोरी गरेको छैन भनि पुष्ट्याई गर्न किरिया/कसम खाईन्थ्यो त्यो हो "धर्मो धर्म विद्या कसम"। कसैले "विद्या कसम" किरिया खायो नै भने उसको कुरामा पुर्ण बिश्वास हुन्थ्यो र सहजरुपमा पत्याईन्थ्यो। अहिले गम खाएर सोच्दा प्राथमिक कक्षामा पढ्ने त्यो सानो उमेर जुनबेला बेला न धर्म भन्ने थाहा तियो न विद्यानै तर पनि त्यसैलाई नष्ट गर्ने किरिया खाने चलन थियो। पछि बुझ्दै… पुरा पढौ

पुस्तान्तरण: हिजो र आज

असी बर्षीय एकल बृद्धको आफ्नो पुरानो मोबाईलमा हप्तौ सम्म फोन आएन। हप्तौ सम्म उनको फोनमा घन्टी नबज्दा उनलाई लाग्यो उनको मोवाईल बिग्रियो किनकी बृद्धलाई घन्टी बज्दा दायाँतिर थिचेर फोन उठाउन र चार्ज गर्न मात्र जानेका थिए। बृद्ध नजिकैको फोन मर्मत पसलमा गए र आफ्नो मोवाईल फोन बिग्रियो लौ न बनाईदेउ बाबु भनि आफ्नो फोन सेट पसलेलाई दिए। पसलेले फोन सेटलाई जाचबुझ गर्यो सबै ठिकै थियो । आफ्नो फोनबाट कल गर्यो… पुरा पढौ

अध्यादेशपछि संवैधानिक परिषद्को बैठक जारी

सरकारले विपक्षी दलको नेता र सभामुखबिनै बैठक बस्न सक्ने र निर्णय गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा यो अध्यादेश जारी गरेकी हुन् । केही मन्त्रीलाई समेत थाहा नदिई शक्ति पृथकीकरणको सिद्धान्त विपरीत अध्यादेश जारी भएपछि ओली नेतृत्वको सरकार पार्टीभित्र र बाहिर दुवैतिर आलोचित भएको छ । नेकपाकै नेता र विभिन्न दलका नेताहरुले अध्यादेशको विरोध गरेका छन् । सरकारले संवैधानिक परिषदमा अध्यक्षसहित… पुरा पढौ

कोरोना महामारीको दोस्रो लहर रोकथामबारे – डा. रवीन्द्र पाण्डे

अमेरिका तथा युरोपका बिभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ | हिंजोमात्र कोरियामा लगभग एकहजार संक्रमितको पहिचान भयो | कोरियाका अधिकारीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन् | नेपालमा कोरोना महामारीको छाल केहि सेलाएको छ | यो महामारीलाई नियन्त्रण गर्नको लागि हामी सबैले आफ्ना स्वार्थ तथा मोहलाई छोडेर समाजको लागि योगदान गर्नु अपरिहार्य बनेको छ |के गर्ने त दोस्रो लहर रोकथामको लागि ? १०० दिन मास्क अभियान :सरकारी… पुरा पढौ

विप्लव नेकपाद्वारा शिक्षकको हत्या, प्रतिकार गर्दा मारिएको दाबी

मोरङको मिक्लाजुङ गाउँपालिका–१ को जंगलमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मंगलबार एक शिक्षकको हत्या गरेका छन् । सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई मंगलबार ४–५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । घरबाट करिब १ किलोमिटर टाढा जंगलमा हात बाँधेर घाँटी रेटेको अवस्थामा उनको शव फेला परेको मोरङका एसपी सन्तोष खड्काले बताए । श्रेष्ठसँग नेकपाले चन्दा मागेको प्रहरीले दाबी गरेको छ । यता, श्रेष्ठको हत्याको जिम्मेवारी लिँदै विप्लवको नेकपाले… पुरा पढौ

समसामयिक नेपाली राजनीति, भ्रष्ट्राचार र शुसासन

केहि बर्ष अगाडी फिलिपिन्सको राजधानी मनिलामा विश्वका ३८ देशबाट झन्डै ८० जना सहभागी रहेको सुशासन, गरिवी निवारण र भ्रष्ट्राचारमा केन्द्रित एक अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी भएको थिए। कार्यशालामा शैद्धान्तिक एव ब्यबहारिक कार्यपत्रहरुको प्रस्तुति, बहस र छलफलहरु भएका थिए। उक्त अन्तर्राष्ट्रिय कार्यशालामा नेपाली हुनुको नाताले मैले भोगेको नमिठो अनुभवको सम्झनाले अहिलेसम्म पनि मेरो मन अमिलो हुने गर्दछ। रास्ट्रिय एव अन्तर्राष्ट्रिय अनुसन्धान र तथ्यहरुले विश्वमा भ्रष्ट्राचार हुने बदनामी देशहरु मध्यमा नेपाल अग्रपङ्गतिमा थियो… पुरा पढौ

आज पनि नेकपा सचिवालय बैठक, ओली नजाने

सत्तारुढ नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुसस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् । हिजोको बैठकमा बहुमत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं