Featured News

ओलीको कटाक्ष् : प्रचण्ड–माधव भेट्नो कुहिएर झरेका फल

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड ‘र माधवकुमार नेपाललाई सुन्तला खानका लागि सल्लाघारीतिर गएको भन्दै व्यंग्य गरेका छन् । काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा उनले भने, ‘सुन्तला खान त सुन्तला घारीतिर जानुपर्छ सल्लाघारीतिर गएर हुँदैन।’ उनले ‘दाहाल(नेपाल’लाई खिया लागेको नटबोल्टको संज्ञा समेत दिएका छन् । उनले दुईवटा नटबोल्ट फुक्लिँदा पार्टी गतिशील भएको जिकिर गरे । पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने प्रचण्ड र माधव समूहलाई उनले रत्नपार्कमा सिसीमा औषधि बेच्नेहरुसँग तुलना गरे… पुरा पढौ

राष्ट्रियसभामा नेकपा विभाजनका छर्रा

प्रचण्ड माधव पक्ष प्रतिनिधिसभा विघटनबारे तात्तातो बहस गर्ने पक्षमा छ भने ओली निकट मानिएका राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, त्यो गर्न नदिने मुडमा छन् । राष्ट्रिय सभामा नेकपा विभाजनको असर देखिने भएको छ । शुक्रबारबाट सुरु हुने बैठकमा दुवै पक्ष एकैतिर बसेर फरक फरक विचार राख्ने अवस्थामा पुगेका छन् । संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधि सभा विघटनबारे बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने बताउँछन् । उनी शर्माले जनताबाट निर्वाचित प्रतिनिधि बोल्नका… पुरा पढौ

अष्टलक्ष्मीले बोलाइन् संसदीय दलको बैठक

मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको प्रचण्ड माधव नेपाल पक्षले बागमती प्रदेशसभा संसदीय दलको बैठक बोलाएको छ । मुख्यमन्त्रीमा प्रस्तावित प्रदेश इन्चार्ज समेत रहेकी अष्टलक्ष्मी शाक्यले दलको बैठक बस्न काठमाडौमा बस्ने लागेको बताइन् । आफ्नो पक्षमा नेकपाका बहुमत सांसद रहेको र उनीहरु अहिले राजधानीमै रहेकाले केन्द्रीय कार्यालय पेरिसडाँडामै संसदीय दलको बैठक बस्ने शाक्यको भनाइ छ । अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री पौडेलले उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई मंगलबार बर्खास्त… पुरा पढौ

पृथ्वीसुब्बाको सरकार संकटमा, राजमोले ओलीको प्रतिरोध गर्नेलाई सघाउने

नेकपा गण्डकी प्रदेश सरकार संकटमा परेको छ । ६० सदस्यीय प्रदेशसभामा दुई तिहाई अर्थात् ४० सिट रहेको नेकपाका २७ संसद मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा देखिएका छन् । ओली पक्षीय गुरुङका लागि सरकार टिकाउन कमसेकम ४ थप संसदको समर्थन चाहिन्छ । ओली नेकपालाई जनता समाजवादी पार्टीका २ सांसदले पुग्दैन । अर्काेतिर जसपा ओली विरुद्ध आन्दोलनमा भएकाले उसले समर्थन गर्ने सम्भावना निकै कम छ । विपक्षी कांग्रेसको समर्थन नपाए वा प्रचण्ड माधवका… पुरा पढौ

ओली पक्षमा जाने सबै पूर्वमाओवादी नेता मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मन्त्रिपरिषद्मा आफूलाई साथ दिने ५ पूर्वमाओवादी नेतालाई मन्त्री बनाएका छन् । सत्तारुढ नेकपा विभाजनपछि ओलीलाई साथ दिने रामबहादुर थापा पहिले नै गृहमन्त्री थिए । उनी यथावत छन् । मन्त्रिपरिषद्मा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी ऊर्जा, मणि थापा खानेपानी, प्रभु साह सहरी विकास, गौरीशंकर चौधरी श्रम र दावा लामा खेलकुद मन्त्री बनेका छन् । रायमाझी र साह कुनै बेला बाबुराम भट्टराई… पुरा पढौ

सर्वोच्चद्वारा संसद् विघटनमा कारण देखाउ आदेश

सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रति पनि मागेको छ । यस्तै यो विवादको निरुपणका लागि सर्वोच्च बारबाट एमिकस क्युरी झिकाउने पनि निर्णय भएको छ । शुक्रबार रिट निवेदक तर्फबाट कानुन व्यवसायीहरुले संसद विघटन गर्ने सरकारको कदमबारे आफ्नो धारणा राखेका थिए । अधिवक्ता सन्तोष भण्डारीले संसद… पुरा पढौ

वाग्मती प्रदेशका मुख्‍यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । भर्खरै नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइमा प्रस्ताव दर्ता गरिएको हो । ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो । वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।  पौडलेको मन्त्रिपरिषद्का तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीमा अरुण नेपाल, शरद… पुरा पढौ

मन्त्रिपरिषद् विस्तार, को को बन्दै छन् मन्त्री ?

प्रतिनिधिसभा विघटन भएपछि कामचलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । संसद विघटनको विरोधमा ७ मन्त्रीले राजीनामा दिएपछि खाली मन्त्रालयमा पदपूर्ति गर्ने उनको तयारी छ । टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल लगायतको नाम मन्त्री बन्ने चर्चामा छ । आज बेलुका मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बालुवाटार स्रोतले आजै मन्त्रिपरिषद् पुनर्गठन… पुरा पढौ

बादल, बामदेव बार्गेटिङ गर्दै, नेता, कार्यकर्ता लाखापाखा

नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल अझै खुलेका छैनन् । नेकपा विभाजन हुन लाग्दा उनीहरु लेखाजोखामै व्यस्त छन् । दुवै पक्षसँग निरन्तर सम्र्पकमा रहेका उनीहरु पदको बार्गेटिङ गर्दै छन् । तर, उनीहरुनिकट धेरै नेता, कार्यकर्ता भने लाखापाखा लागेका छन्। नेकपामा गौतम निकट दर्जनभन्दा बढी केन्द्रीय सदस्य थिए । अब उनीसँग ४ जनामात्र बाँकी रहेको बताइन्छ । अहिले गौतमको पक्षमा हरिप्रसाद पराजुली भूपेन्द्रबहादुर थापा, गणेश… पुरा पढौ

बयलगाडा पथमा समृध्दिको यात्रा

नेकपाको घर झगडा उत्कर्षमा पुगेपछि प्रधानमन्त्री खड्ग प्रसाद ओलीले संघिय प्रतिनिधि सभा बिघटनको सिफारिस गर्नु भयो र राष्ट्रपति महोदयले उहाको सिफारिसलाई ताततातै तत्काल स्वीकृत गर्नुभयो। प्रधानमन्त्रीको यो सिफारीसलाई केही मानिसहरुले स्वागत गरेका छन् भने अधिकांस मानिस र संघ सस्थाहरुले चर्को आलोचना गरेका छन्। संसद बिघटनलाई लिएर प्रधानमन्त्रीलाई नेपाली शब्दकोषमा भएका सबै शब्दहरु खर्चिएका छन् आलोचनाहरूको बर्षा भईरहेका छन्। प्रधानमन्त्रीको यो कदमलाई असंबैधानिक, दुस्साहसपूर्ण, अहंकारपूर्ण, दुर्भाग्यपूर्ण, बहुलठ्ठीपूर्ण, निरंकुसतामुखी, स्वैच्छाचारि, सर्वसत्तावादी, अलोकतन्त्रवादी,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं