राष्ट्रियसभामा नेकपा विभाजनका छर्रा

प्रचण्ड माधव पक्ष प्रतिनिधिसभा विघटनबारे तात्तातो बहस गर्ने पक्षमा छ भने ओली निकट मानिएका राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, त्यो गर्न नदिने मुडमा छन् ।

राष्ट्रिय सभामा नेकपा विभाजनको असर देखिने भएको छ । शुक्रबारबाट सुरु हुने बैठकमा दुवै पक्ष एकैतिर बसेर फरक फरक विचार राख्ने अवस्थामा पुगेका छन् । संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधि सभा विघटनबारे बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने बताउँछन् । उनी

शर्माले जनताबाट निर्वाचित प्रतिनिधि बोल्नका लागि स्वतन्त्र भएकाले यो विषय उठ्ने उल्लेख गरे । उनले भने,ुप्रतिनिधि सभाको विघटनबारे सांसदहरूले कुरा उठाउँछन्। जनताबाट निर्वाचित प्रतिनिधि हुन्, उनीहरू स्वतन्त्र छन्। जनचासो र देशका समसामयिक विषयमा उठ्छन्। मर्यादित संयमित र शिष्ट तरिकाले उठ्छन्।ु

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना भने अदालतमा विचाराधीन विषय राष्ट्रिय सभामा उठाउन नपाइने जनाएका छन् । उनले भने, ‘अदालतमा विचाराधीन विषयमा बोल्नुभयो भने म रूलिङ गर्छु ।’

नेकपा औपचारिक रूपमा विभाजन नभइसकेकाले दलका सबै सांसदहरू एकै ठाउमा बस्ने शर्माले जानकारी दिए । प्रतिनिधि सभा विघटनबारे आफूले पनि शुक्रबारको बैठकमा धारणा राख्ने उनले जानकारी दिए।