बयलगाडा पथमा समृध्दिको यात्रा

नेकपाको घर झगडा उत्कर्षमा पुगेपछि प्रधानमन्त्री खड्ग प्रसाद ओलीले संघिय प्रतिनिधि सभा बिघटनको सिफारिस गर्नु भयो र राष्ट्रपति महोदयले उहाको सिफारिसलाई ताततातै तत्काल स्वीकृत गर्नुभयो। प्रधानमन्त्रीको यो सिफारीसलाई केही मानिसहरुले स्वागत गरेका छन् भने अधिकांस मानिस र संघ सस्थाहरुले चर्को आलोचना गरेका छन्। संसद बिघटनलाई लिएर प्रधानमन्त्रीलाई नेपाली शब्दकोषमा भएका सबै शब्दहरु खर्चिएका छन् आलोचनाहरूको बर्षा भईरहेका छन्। प्रधानमन्त्रीको यो कदमलाई असंबैधानिक, दुस्साहसपूर्ण, अहंकारपूर्ण, दुर्भाग्यपूर्ण, बहुलठ्ठीपूर्ण, निरंकुसतामुखी, स्वैच्छाचारि, सर्वसत्तावादी, अलोकतन्त्रवादी, अनिष्टकारी, षडयन्त्रकारी, ध्वंशवादी, तानाशाही र आत्मकेन्द्रित जस्ता आलोचना भएका छन्।

प्रधानमन्त्रीको सत्तालिप्साको सनकले देशलाई अस्थिरता तिर लगेको, दण्डहीनता उन्मुख भएको, राजनितीमा नैतिकताको चिरहरण भै सफेद झुटको र अनुसासनहिनताको खेती मौलाएको, व्यक्तिगत स्वार्थ र कुण्ठाको पराकाष्टरुपमा परिभाषीत गरिएका छन्। कमरेड ओलीलाई असहिसुष्ण, अराजक र उदण्ड जस्ता आरोपहरु पनि लगाउने गरिन्छ जुन सरासर खारेज योग्य छन्। वास्तवमा कमरेड ओली एक युग पुरुष, राजनेता, सर्वज्ञाता अलौकिक क्षमताका प्रतिरुप हुनुहुन्छ। यो सानो लेखमा उहाको सबै गुणहरुको बखान गर्न सकिदैन तर पनि उहा माथी लागेका केही आरोपहरुको प्रतिकार गर्ने जमर्को गरेको छु ।

प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिले संघिय प्रतिनिधि सभा बिघटन गरी चुनावको घोषणा पछि केही अबुझ मानिसहरु त्यसको बिरोध गरेका छन्। अहिले कोरोनाको महामारीमा लोकतन्त्रलाई धरापमा पारी चुनावमा गरिने खर्चले कोरोनाको भ्याक्सिन खरीद गरी जनताको जिउ-ज्यानको सुरक्षा गर्न सकिने कुतर्क गर्दछन। पहिलो कुरा त लोकतन्त्र नै नभएपछि जनता नै किन चाहियो? लोकतन्त्र प्रतिको यो भन्दा ठूलो अर्को निष्ठा के हुन् सक्दछ ? चुनावले रोजगारीको सृजना गर्दछ र बेरोजगार युवाहरुले म्यादी प्रहरीको काम पाउदछन। यो प्रश्न गर्नु भनेको युवाहरुको रोजगारी सृजना बिरुद्दमा छ। जहाँसम्म चुनावमा हुने खर्चको सवाल छ त्यो सबै हालका प्रधानमन्त्री एव तत्कालीन पार्टी संसदीय विभाग प्रमुखले २०५४ मै जोहो गर्नु भएको छ।

उहाको न्वारन देखिको बलको अथक प्रयासबाट पार्टीलाई फ़ुटमै पुर्याएर भए पनी महाकाली सन्धि गर्नु भएको थियो र नेपाललाई बार्षिक २ खर्ब २० अर्ब भित्र्याउनु भएको छ। त्यसैले यो तर्कमा कुनै तुक छैन।

समयान्तरणमा सबै निर्णयका परिणामहरु ज्ञात हुदै जानेछन। राष्ट्रियता भनेको आफुलाई आवश्यकता पर्दा देखाउने “टुल्स” हो।

रास्ट्रियताको सवालमा कमरेड ओलीमाथि अनावश्यक संका र अफबाह फैलाएको पाईन्छ। भारतीय गुप्तचर सस्था “रअ” का प्रमुख सामन्तकुमार गोयलसंग गत कार्तिक ४ गते मध्यरातमा बालुवाटारमा जम्मा दुई घण्टा भएको गोप्य बैठक र सो बैठकमा के कस्तो छलफल र निर्णय भए जानकारी नदिएको आरोप छ।

स्वभावत गुप्तचरसंग हुने बैठक र निर्णय गोप्य हुन्छन। के गुप्तचर संग टुडिखेल वा टीभीबाट प्रतक्ष प्रसारण गरेर बैठक हुन्छ ? बैठकको निर्णय होईन परिणाम त देखाउदै आउनु भएको छ। संघीय संसद बिघटन त्यसको एउटा चोईटो हो।

समयान्तरणमा सबै निर्णयका परिणामहरु ज्ञात हुदै जानेछन। राष्ट्रियता भनेको आफुलाई आवश्यकता पर्दा देखाउने “टुल्स” हो। कुनै दिन आवश्यक भयो र नेपालको नया नक्सा जारि गर्नु भयो पछि फेरी आफ्नै आवश्यकताले नया नक्शा भएको पुस्तकनै बितरण गर्न रोक्नु भयो। के राष्ट्रियता पुरेतले लगाउने जनै जस्तै हो सधै भिरी हिड्ने ? उहाको रास्ट्रियतमा संका गर्नेहरुलाई थाहा होला उहाले आवश्यकता अनुसार श्रीराम लाई समेत बसाई-सराई गराएर चितवनको ठोरी सम्म ल्याउन सक्नुहुन्छ।

उहाँले न्वारनदेखिको बलबाट पार्टी नै फ़ुटाएर भए पनि महाकाली सन्धि गर्नु भएको थियो । यसबाट नेपाललाई वार्षिक २ खर्ब २० अर्ब भित्र्याउनु भएको छ !!

एकथरी मानिसहरु झन्डै दुई-तिहाईको बहुमत भएको सरकारले संसदलाई बिघटन गरेर राजनीतिक स्थायित्व खलबलियो र देश अस्थिरिता तिर गयो भनी बकबकाउन थालेका छन्। यस्ता अबुझहरुलाई के थाहा अस्थिरता ल्याउने संसदलाई ओलीले उत्ताङ्ग टाङ्ग लगाईदिनु भयो अब के को अस्थिरता? देशमा राजनीतिक स्थायित्वको लागि आवश्यक परे बरु “कुर्चिनै भाच्छु तर छोड्दिन” सम्म भन्ने ओलीलाई यस्तो आरोप लगाउने पाखण्ड हुन्। त्यति मात्र होईन राजनीतिक स्थायित्वको लागि राजनीति र नैतिकता फरक हुन् र राजनीतिमा नैतिकता चाहिदैन भन्ने समेत प्रमाणित गर्नु भयो।

कसै कसैले ओलीलाई गैह्र कम्युनिष्ट भन्ने गरेको पाईन्छ। कम्युनिष्टहरु बल प्रयोगको माध्यममा विश्वास गर्दछन र आवश्यकता अनुसार बल प्रयोग गर्ने गर्दछन। बल प्रयोग गर्ने सवालमा ओलीको आदेशमा बहालवाला सांसदलाई बहालवाला साम्सदले नै बलपूर्वक उठाएर ढुवानी गराउनु भएको सम्झना हुनु पर्ने हो। ओलीले पार्टी “केन्द्रीयता”लाई आत्मसाथ गर्दै हुल्लड्वाज र सडकछापहरुको लहै लहैमा लाग्नु हुदैन र पार्टी विधि, पद्दति र कमिटिहरुलाई विश्वास गर्नु हुन्न तर आवश्यकता अनुसार “जनवाद” लाई पनि पालन गर्नु हुन्छ र एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय पनि गर्नु हुन्छ।

कम्युनिष्ट मितव्ययी हुनु पर्दछ भन्ने भावनाले बिगत महिनौ देखि उहा आफ्नै बालुवाटारको खोपिबाट कार्यालय चलाउनु भएको छ। दैनिक बालुवाटार देखि सिहदरवार आवत जावत गर्दा खर्च हुने ईन्धनको बचत खै देखेको? सायद सिहदरवारको आफ्नो कार्यालय भाडामा पो लगाउनु भएको पो छ कि? के थाहा सबैधानिक परिषद्को निर्णयको जानकारी जस्तै भाडामा लगाएको पनि केही महिना पछि मात्र जानकारी हुन्छ कि?

आन्दोलन दौरानमा “बयलगाडा चडेर अमेरिका पुगीदैन” भन्नु भएको उहाका अमरबाणी आज जन-जनमा स्थापित भएको छ।

पार्टी भित्र ओलीमात्र निर्वाचित अध्यक्ष हुनुहुन्छ अरु सबै हावा छेक्ने सदस्य हुन्। २०७१ को पार्टी महाधिबेशनले उहालाई मात्र निर्वाचन गरेको थियो। विकास निर्माणमा गति लिएन भनेर उहाको आलोचना हुन्छ तर उहाले गरेको प्रगति खै देखेको? केरुङ्ग सम्म चुच्चे रेल आउनै लाग्यो,
हिन्द महासागरमा पानी जहाज चलि राखेका छन् मात्र नेपालको झण्डा टास्न मात्र बाकी छ, घर-घरमा पानीको पाईपबाट फुस्स भएपनि हावा आएकै छ, ग्यासनै आयो भने त आगलागी हुने डर हुन्छ र जनताको जिउ-ज्यानलाई खतराबाट जोगाउनु पर्दैन? यो भन्दा उत्तरदायी सरकार कहिँ कतै देख्नु भएको छ?

२०६२/६३को जन आन्दोलनमा उहाको योगदाननै छैन भनेर भनिन्छ, जुन सरासर गलत छ। आन्दोलन दौरानमा “बयलगाडा चडेर अमेरिका पुगीदैन” भन्नु भएको उहाका अमरबाणी आज जन-जनमा स्थापित भएको छ। आन्दोलनको दौरान काजु खादै र गल्फ खेल्दै गर्नु भयो र त आज हामी शासित हुने अवसर पाएका छौ। कतै आन्दोलनको दौरान घाईते हुनु भएको भए के हुन्थ्यो? तत्कालीन माओवादीलाई संसदीय धारमा ल्याउन माधव नेपाल, बामदेव, गिरिजाहरु लागि पर्दा देउपा र ज्ञानेद्र संग मिल्नु भएकै थियो। यदी तत्कालीन माओवादी संसदीय धारमा नआएको भए न उनीहरुसंग पार्टी एकता हुन्थ्यो न अहिलेको बबन्डर हुन्थ्यो। उहाको यो दुर-दर्शिता के प्रसंशायोग्य छैन?

बिजुलीको पोल पोलमा झुण्डाईएका समृध्दिका ब्यानरहरु नदेख्नेहरुलाई फेरी चुनावमा दुई तिहाई मतले जितेर देखाई दिनु पर्दछ। अबको चुनावको नारा: नेपालको राष्ट्रिय जात्रा-बयलगाडा पथमा समृध्दिको यात्रा !