Featured News

सार्वजनिक हितलाई केन्द्रमा राखेर पिपिपी मोडेलमा विकास

पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपिपी) का लागि छनोट भएका आयोजनाको बारेमा कास्कीबाट संघीय र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको छ । सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास आयोजना, पातले छाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजना र सराङकोट पर्यटन पूर्वाधार विकास आयोजनाका बारेमा मंगलबार छलफल भएको हो । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरुले महानगरले ल्याएका योजनाहरु कार्यान्वयन तहमा लैजानुपर्ने बताउँदै पिपिपी मोडेलमा… पुरा पढौ

विपि कोइरालाको ‘गण्डकी’ डायरी

बहुआयामिक व्यक्तित्वका धनी विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीति र साहित्य क्षेत्रमा अग्रपंतिमा छन् । विशिष्ट राजनेता भएर पनि साहित्य जगतमा महत्वपूर्ण योगदान पुर्याउन सक्नु नै वीपी कोइरालाको विशेषता हो । तिनघुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदी आइन्, हिटलर र यहुदी, बाबु आमा र छोरा जस्ता उपन्यासहरू त्यस्तै कथा संग्रह जस्तै : दोषी चश्मा र श्वेतभैरवी र जीवनी ‘आफ्नो कथा’ आदि वीपी कोइरालाका साहित्यिक कृतिहरू हुन् । त्यसैगरी उनको देहावसानपछि प्रकाशित जेलजर्नल र पुनःसुन्दरीजल… पुरा पढौ

सभामुख नेम्वाङलाई बनाउनुहोस्, प्रधानमन्त्री म बन्छु : प्रचण्ड

नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूववत् अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरुको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको कान्तिपुर दैनिकमा समाचार छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा ओलीको अडानविरुद्धको छलफल र परामर्श तीव्र भएका छन् । समय घर्किदै जाँदा सभामुखको विषयलाई नेकपाका अध्यक्षहरुले नै प्रतिष्ठाको विषय बनाउन थालेपछि यसले समग्र राजनीतिमा असर पार्ने देखिएको छ । त्यसको पछिल्लो संस्करण हो नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव… पुरा पढौ

सम्प्रभुता दाउमा राखेर अनुदान लिँदैनौं : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पोखराका रत्नमन्दिर र हिमागृह कसैलाई व्यवसायिक प्रयोग गर्न दिइनसकेको बताएका छन् । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अन्य मन्त्रीहरु समेत उपस्थित कार्यक्रममा उनले गण्डकी सरकारसँग सल्लाह गरी यसबारे निर्णय लिइने जानकारी दिए । नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले भने, ‘यहाँको प्रदेश सरकारसँग सल्लाह गर्छाै । पर्यटन व्यवसायीका कुरा सुन्छौं । प्रधानमन्त्री ट्रस्टको संरक्षक हुनुहुन्छ । उचित उपयोग गर्छाैं ।’ उनले ट्रस्टमा रहेको साढे २१… पुरा पढौ

श्रीस्वस्थानी व्रत : यस्तो कडा नियम पालना गर्न सकिएला ?

धार्मिक तपोभूमि नेपालमा हिन्दू महिलाले मनाउने १ महिने ब्रत श्री स्वस्थानी शुक्रबारदेखि शुरु भएको छ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले १ महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन् । यो वर्त पौष शुक्लपूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म १ महिना चल्दछ । सत्ययुगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ । व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता… पुरा पढौ

जिल्ला सभापतिहरूलाई बर्खास्त गर्ने देउवाको चेतावनी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू विरुद्ध लाग्ने जिल्ला सभापतिहरूलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । पार्टीको विवादकै बीच वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका जिल्ला सभापतिहरूको भेला बोलाएका थिए । केन्द्रमा सभापति देउवाको दवदवा रहे पनि जिल्ला सभापतिमा भने पौडेल पक्षको बहुमत छ । भेलामा सहभागी जिल्ला सभापतिहरूले देउवाको चर्को विरोध गरेका थिए । पार्टीको निर्देशन विनै भेला भएर सभापतिको विरोध गरेपछि देउवाले कार्वाही गर्ने चेतावनी दिएको बताइन्छ ।… पुरा पढौ

सेती गर्जमा बन्जी मज्जा

पोइको तारन्तारको गालीबाट उम्किन जोई अग्लो बरको रुखमा चढी । टुप्पामा पुगेपछि सधै बलियो हुँ, सबै काम गर्न सक्छु भन्ने बूढालाई भनी, ‘तिमी डरछेरुवा छौं, सक्छौं भने यहाँ आऊ ।’ कसोकसो गरी बूढा टुप्पैमा आइपुग्न लाग्यो । रुखमै रामधुलाइ हुने अवस्था बुझेकी ऊ हाम फाली । बूढी सुरक्षित फेदमा देखेर आफू पनि हाम फालेको बूढो भने ठहरै भयो । चलाख बूढीले खुट्टामा डोरी बाँधेकी थिई तर बूढाले त्यो पत्तै पाएन… पुरा पढौ

अष्ट्रेलियामा डढेलो वितण्डा, ५० करोड जनावर र पंक्षी सखाप

अष्ट्रेलियाको जंगलमा लागेको डढेलो निकै खतरनाक स्तरमा पुगिसकेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । यहाँ करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ । चार महिनापछि पनि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले अहिलेसम्म ५० करोड जनावर डढेको जानकारी दिएको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् ।… पुरा पढौ

सरकारले व्यवसायीमाथि कर आतंक मच्चायो : अधिकारी

पोखरा उद्योण वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले व्यवसाय संचालनमा थुप्रै नीतिगत समस्या रहेको बताएका छन् । कपडा व्यवसायी एशोसिएसन कास्कीको २०औं साधारणसभामा सरकारले विभिन्न वाहनामा व्यवसायीमाथि कर आतंक मच्चाएको भन्दै उनले त्यसको समाधानका लागि आफूहरूले निरन्तर पहल गरिहेको बताए । साथै फुटपाथमा हुने व्यवसायलाई नियन्त्रण गर्न नसकिएको उल्लेख गर्दै उनले प्रतिकुलताभित्र अनुकुलतासहित सफलताको खोजी गर्न उनले आग्रह गरे । बजार र उपभोक्ताको माग अनुसार अगाडि बढ्नुपर्ने चुनौती रहेको बताउँदै उनले… पुरा पढौ

चिसोमा बालबालिका र ज्येष्ठ नागरिकलाई कसरी जोगाउने ?

पोखरालगायत मुलुकका अधिकांश भागमा सामान्य वर्षात्सँगै ह्वात्तै चिसो बढेपछि बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहमा ध्यान तानिएको छ । चिसोका कारण पछिल्ला दिनमा सरकारी र निजी अस्पताल तथा क्लिनिकमा बालबालिको स्वास्थ्य परीक्षण र भर्ना हुनेक्रम बढ्न थालेको छ । बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनिया, रुघाखोकी र झाडावान्ता लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव छ । पाटन अस्पतालका बाल विशेषज्ञ डा. भीष्म पोखरेल चिसोमा विशेषगरी ५ वर्षभन्दा कम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं