Featured News

नेकपाले टुङ्गायो राष्ट्रिय सभाको उम्मेदवार (नामावलीसहित)

सत्तारुढ नेपाल कम्युिनस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको उम्मेदवार टुङ्गाएको छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज बसेकाे नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यकाे उम्मेदवारकाे टुङ्गाे लगाएकाे हाे। माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। सचिवालय बैठकले सातवटै प्रदेशमा उम्मेदवार हुने व्यक्तिहरुको टुङ्गो लगाएको छ। यसपटक यसअघि आएका व्यक्तिहरुलाई नदोहोर्‍याउने निर्णय बैठकले गरेको छ। पूर्वएमालेलाई ५६ र पूर्वमाओवादीलाई ४४ प्रतिशतका आधारमा भागबन्डा भएकाे हाे। सचिवालयले प्रवक्ता तथा सचिवालय सदस्य नारायाणकाजी श्रेष्ठ, केन्द्रिय सदस्य बेदुराम भुसाल र… पुरा पढौ

मन्त्री योगेश भट्टराईले किन हटाए कर्ण शाक्यलाई ?

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० को उद्घाटन क्रममा अतिथिका रुपमा राखेका होटल व्यवसायी कर्ण शाक्य र योगेन्द्र शाक्यको नाम हटाएका छन् । उनले यी २ जनाको नाम अन्तिम समयमा काटेको बताइन्छ । बुधबार दशरथ रंगशालामा आयोजित भ्रमण वर्ष उद्घाटन कार्यक्रममा शाक्यका काका–भतिजालाई अतिथिका रुपमा राखिएको थियो । तर नेपालका अन्य प्रतिष्ठित होटलका संचालकलाई नराखि शाक्यद्वयलाई राखिएकोमा विवाद भएको थियो । शाक्यमाथि पोखराको… पुरा पढौ

विमानस्थल निर्माण कार्य ५४ प्रतिशत पूरा

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य जारी छ । विमानस्थल निर्माण कार्य हालसम्म ५४ प्रतिशत सम्पन्न भएको छ । आगामी २०२१ जुलाईसम्म विमानस्थल निर्माण कार्य सक्ने लक्ष्य छ । यस बीचमा कहिंकतैबाट अवरोध नभए २०२० को अन्त्यसम्ममा निर्माण सम्पन्न हुने निर्माण कम्पनीको दावी छ । चाइनाको सिएमसी कम्पनीले निर्माणको जिम्मेवारी पाएको विमानस्थलको सम्झौता २०१७ जुलाई ११ मा भएको थियो भने निर्माण कार्य २०१७ नोभेम्वर ११ बाट शुरु… पुरा पढौ

वार्षिक राशिफल-२०२०

मेष : मेष राशिका लागि यो वर्ष फलदायक रहेको छ । मुख्यगरी पेशा र व्यापारमा ठूलो सफलता हात पर्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । वाहन तथा जग्गाजमीन जोड्न सकिने अवस्था छ । कार्यालयका सहकर्मीले गोप्य जानकारी प्राप्त गरेमा तपाईंबाट नाजायज फाइदा उठाउन सक्नेछन् । त्यसैले आफ्नो कामकारबाहीमा उचित गोपनीयता अपनाउनुहोला । आर्थिक कारोबारमा उचारचढाव देखिए पनि समग्रमा यो वर्ष लाभदायक नै हुनेछ । साथै सामाजिक कार्यमा समेत मन… पुरा पढौ

‘सभामुख तुम्बाहाम्फेलाई नै बनाउनुपर्छ’

मंसिर १९ र २० गते सातै प्रदेशसभाका सभामुख र उपसभामुख पोखरामा भेला भए । भेलामा राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालसहित ७ वटै प्रदेश सभाका उपसभामुखले छुट्टै अनौपचारिक भलाकुसारी गरे । भलाकुसारीमा प्रतिनिधिसभाको रिक्त सभामुखमा हालका उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउनुपर्ने सबैको साझा धारणा बन्यो । प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि सभामुख पद रिक्त छ । अहिले सत्तारुढ दल नेकपा सभामुख कसलाई बनाउने भन्ने बारे अनिर्णित… पुरा पढौ

कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा हुने

नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारकाबीच शुक्रबार साँझ पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोकेको हो । यस्तै, बैठकले भ्रातृ संगठन नेपाल तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय पनि गरेको छ। तरुण दलको म्याद गत कात्तिकमै सकिएको थियो । केन्द्रीय समिति बैठकमा २८ बाट बढाएर ४१ विभाग… पुरा पढौ

‘पोखरा क्रिकेट मैदान संसारकै उत्कृष्ट बन्न सक्छ’

फोटो पत्रकार सुदर्शन रञ्जितले सन् २००७ मा खिचेको एउटा तस्बिरले अन्तर्राष्ट्रिय चर्चा खुब बटुल्यो। रञ्जितले माछापुच्छ्रेको पृष्ठभूमिमा पोखरा रंगशाला परिसरमा चप्पल लगाएका एक ब्यक्तिले क्रिकेट खेल्दै गरेको तस्बिर खिचेका थिए। तस्बिरलाई त्यसवर्ष अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एसियाका उत्कृष्ट तस्बिरको रुपमा पुरस्कृत नै गर्‍यो। लाखौंले मन पराए। क्रिकेट खेल्दै गरेको तस्बिरले अन्तर्राष्ट्रिय पुरस्कार पाउँदासम्म पनि पोखरामा व्यवस्थित क्रिकेट मैदान थिएन। दुई दशकअघि आइसिसीले प्रस्ताव गरेको सेन्ट्रल क्रिकेट एकेडेमीका लागि रंगशाला परिसरमा… पुरा पढौ

पृथ्वीनारायण क्याम्पसमा चुनावी रौनक, कसले जित्ला यसपटक ?

पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनावको सरगर्मी बढेको छ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु चुनावको मिति तय गरेसंगै क्याम्पसमा क्रियाशील विद्यार्थी संघसंगठन आआफ्ना आन्तरिक गतिविधिमा क्रियाशील हुन थालेका छन् । अनेरास्ववियु कास्की जिल्ला कमिटीका अध्यक्ष विवेक देवकोटाले पृथ्वीनारायण क्याम्पसमा यसपटक कुनै पनि हालतमा स्ववियु निर्वाचन हुनुपर्ने त्यसका लागि अनेरास्ववियु चुनावको पूर्ण तयारीमा रहेको बताएका छन् । यस्तै, नेविसंघ क्याम्पस इकाईका सभापति दिपक शर्माले यसपटकको चुनावमा नेबिसंघले लालकिल्लाका तोड्ने… पुरा पढौ

पोखराको रत्नमन्दिर खुलाउन यस्तो तयारी

पर्यटकीय राजधानी पोखराको फेवा किनारमा रहेको रत्नमन्दिर भ्रमण वर्ष २०२० का अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको छ । गण्डकी प्रदेशका वन, पर्यटन, उद्योग तथा वातावरणमन्त्री विकास लम्सालले नेपाल ट्रष्टसँग सहमति भएको र भ्रमण वर्ष २०२० मा सर्वसाधारणका लागि खुला गरिने बताए । उनले भने, ‘नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरसँगको सहमतिसँगै भ्रमण वर्षमै सर्वसाधारणको लागि खुला गरिनेछ ।’ ट्रष्टका सचिव ठाकुरले आफूहरू भ्रमण वर्षलाई नै लक्षित गरेर रत्नमन्दिर खुलाउन तयार… पुरा पढौ

नेपालको चिन्तन गरिरहँदा…

ब्रह्माण्डीय नाप नक्सामा नेपाल सानो मुलुक हो । तर नेपाल आफै भित्र बिशाल एवं अति सुन्दर देश हो भन्ने कुरा सारा संसारले देखिसकेको छ, बुझिसकेको छ । संसारमै ऐतिहासिक विशाल अस्तित्व ‘वीर गोर्खाली’ नामले परिचित, भगवान गौतम बुद्धको जन्म भएको देश एवं संसारमै उच्च भूभाग सगरमाथा रहेको यो देश आफ्नै मौलिक उच्च व्यवहारले परिस्कृत छ । हामी भित्र थुप्रै सम्पन्न र विकसित देशको सपना बर्षौंदेखि जरो गाडेर बसेको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं