नेकपाले टुङ्गायो राष्ट्रिय सभाको उम्मेदवार (नामावलीसहित)

सत्तारुढ नेपाल कम्युिनस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको उम्मेदवार टुङ्गाएको छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज बसेकाे नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यकाे उम्मेदवारकाे टुङ्गाे लगाएकाे हाे।

माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।

सचिवालय बैठकले सातवटै प्रदेशमा उम्मेदवार हुने व्यक्तिहरुको टुङ्गो लगाएको छ। यसपटक यसअघि आएका व्यक्तिहरुलाई नदोहोर्‍याउने निर्णय बैठकले गरेको छ। पूर्वएमालेलाई ५६ र पूर्वमाओवादीलाई ४४ प्रतिशतका आधारमा भागबन्डा भएकाे हाे।

सचिवालयले प्रवक्ता तथा सचिवालय सदस्य नारायाणकाजी श्रेष्ठ, केन्द्रिय सदस्य बेदुराम भुसाल र पूर्व शिक्षामन्त्री धनीराम पौडेलकी श्रीमती गंगा बेलबासेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्ताे छ नामावली
प्रदेश १- महिला इन्दु गौतम, दलितमा  गोपी अछामी र अन्यमा  देवेन्द्र दाहाल
प्रदेश २- महिला तुलुसा दाहाल र दलितमा  राधेश्याम पासवान
प्रदेश ३- महिलामा गंगा  बेलवासे र  अन्य बेदुराम भुषाल
गण्डकी प्रदेश- अन्यमा नारायाणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने
प्रदेश  ५ –  विमला घिमिरे, अन्यमा गोपाल भट्टराई र अपाङ्गमा जगप्रसाद भट्टराई  
कर्णाली प्रदेश-  मायाप्रसाद शर्मा र महिलामा सुनिता विसी
सुदूरपश्चिम- अन्यमा तारामान स्वँर र महिला शारदा भट्ट