Featured News

मानहुँकोटको गुरुयोजना बन्दै, जग्गा विकासका लागि अध्ययन थालियो

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो । मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाले त्यसैका लागि जग्गाहरुको अध्ययन शुरु गरेको नगरपालिकाका इन्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिए। एक हप्ताको अवधिमा अध्ययन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । “गुरुयोजना निर्माणका लागि यो अध्ययन अति आवश्यक छ, अध्ययनपश्चात् मानहुँकोटको गुरुयोजना निर्माणका लागि सहयोग… पुरा पढौ

खोप निर्माणको पछिल्लो अवस्था के छ ?

अमेरिका र जर्मनीको संयुक्त प्रयासमा कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको फाइजर र बायोंटेक कम्पनीले विश्वका ६ देशका ५३ हजार ५०० मा तेस्रो चरणको क्लिनिकल ट्र्याल गरेको थियो | यो परिक्षणमा ९० % सफलता हासिल गरेपछि अमेरिकी र जर्मनी बैज्ञानिक निकै उत्साहित बनेका छन् | अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, साउथ अफ्रिका र टर्कीमा ४३,५०० जनामा ३ हप्ताको अन्तरमा यो खोपको २ डोज लगाइएको थियो | दोस्रो खोप लगाएको ७ दिनपछि कोरोना… पुरा पढौ

अमेरिकी पहिलो महिला उपराष्ट्रपति बनिन् कमला ह्यारिस

अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी छिन् कमला ह्यारिस । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडनले उपराष्ट्रपति पदमा भारतीय जमैकन मुलकी कमला ह्यारिसलाई उम्मेदवार बनाएका थिए । कमलाले अमेरिकी राजनीतिमा नयाँ इतिहास लेखेकी छन् । कमला अमेरिकी उपराष्ट्रपति बन्ने पहिलो अश्वेत, एशियाली अमेरिकी महिला हुन् । अमेरिकी उपराष्ट्रपति निर्वाचनमा यस अघि दुई महिला उम्मेदवार सारह पालिन र गेराल्डीन फेरारो बने पनि उनीहरु ह्वाइटहाउसमा जान भने पाएका थिएनन् । को… पुरा पढौ

सफल सरकार, असफल जनता !

हिन्दू पुरातन परम्परा अनुसार मानिसको मृत्युपछी मृतकको आत्मालाई बैतरणी नदी पार गराई मुक्ती दिन र् पितृसँग भेटघाट र एकाकार गराउन मान्छे मरेको दिनदेखि तेह्र दिनसम्म पारलौकिक क्रिया-कर्म गर्ने गरिन्छ । यसरी क्रिया-कर्म गर्दा प्रतेक दिन मृतकको आत्मलाई भोजन पानीको रुपमा पिण्ड तर्पण दिने चलन हुन्छ। पिण्ड पकाउनका लागि तीनव टा सुद्ध ढुङ्गाबाट चुलो बनाईन्छ र त्यसैमा मृतकको खाना (पिण्ड) पकाउने गरिन्छ। क्रिया-कर्मको समाप्ति पछि ति तिन वटै ढुङ्गा फेरी भविस्यमा… पुरा पढौ

‘लाइफ केयर’बाटै संक्रमणको जोखिम

लाइफ केयर डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर (एलसिडी) गण्डकी प्रदेशमा कोरोना जाँच गर्ने एकमात्र निजी ल्याब हो । एलसिडीले सुरक्षा सतर्कता नअपनाउँदा टोलबासी र सोही भवनमा रहेका अन्य व्यवसायी र ग्राहकसमेत जोखिममा परेका छन् । पोखराको न्युरोडमा रहेको एलसिडीको अगाडि मूल सडक छ भने उत्तरतिर नयाँबजार निस्कने बाटो छ । पूर्व र दक्षिणतिर भवन नै छन् । आफ्नै खाली ठाउँ नभएको एलसिडीले सडकमै रिपोर्ट वितरण गर्ने गरेको छ । स्वाब दिन… पुरा पढौ

अमेरिकामा राष्ट्रपति निर्वाचन: डोनाल्ड ट्रम्प कि जो बाइडेन ?

महाशक्ति राष्ट्र अमेरिकामा मंगलबार राष्ट्रपति निर्वाचनको लागि अन्तिम मतदान हुँदैछ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको यो निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडेन उमेद्वार छन् । निर्वाचन नतिजालाई आफ्नो पक्षमा पार्न दुवै उमेद्वारहरु अन्तिम समयसम्म चुनावी प्रचारको व्यस्त दौडाहामा देखिन्छन् ।निर्वाचनअघि नै विभिन्न मत सर्वेक्षणहरुले सम्भावित नतिजाकाबारेमा आ आफ्नै दावीसहितको आंकलन गरिरहेका छन् । अधिकाँशले डेमाक्र्याट उमेद्वार जो बाइडेनको अग्रता देखाइरहेका छन्… पुरा पढौ

प्रतिनिधि सभा सदस्य सुर्यबहादुर केसीको निधन

प्रतिनिधि सभाका सदस्य सुर्यबहादुर केसीको निधन भएको छ । सोमबार राति घरमा नै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । सुगर डाउन भएर केसीको निधन भएको परिवारले अनुमान लगाएको छ । ३ बर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपन्च समेत हुन् । ६३ बर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । उनी… पुरा पढौ

अलग अलग बाटो हिडौं

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अलग पार्टी बनाएर जाने मनसाय बनाएका छन्। शनिवार दुई अध्यक्षबीच भएको भेटमा प्रधानमन्त्री ओलीले अब अलग अलग हिँड्ने प्रस्ताव गरेका हुन्। अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच शनिवार दिउँसो सवा १ बजे बालुवाटारमा भेट भएको थियो। भेटमा प्रचण्डले छलफल तिक्ततामा परिणत भएकोले अब सचिवालय बैठकबाट विवाद समाधान गर्नुपर्ने बोलाउने प्रस्ताव गरेका थिए। तर प्रधानमन्त्री ओलीको मनसाय पार्टी अलगअलग जाने भन्ने रहेको नेकपा स्रोतको… पुरा पढौ

प्रचण्डलाई खुला-पत्र

प्रिय पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू,तपाईलाई एउटा पत्र लेख्ने हुट-हुटिले बिगत लामो समय देखि घच-घचाई रहदा पनि लेख्न सकिन। जब म लेख्न सुरु गर्दछु तव तपाईलाई "पुष्पकमल दाहाल" कि "प्रचण्ड" के नामले सम्बोधन गरौ सुरुमै अड्किन्थे। प्रचण्डको नाममा सम्बोधन गरौ भने तपाई जनताले बिगतमा चिनेको, बुझेको र भरोसा गरेको प्रचण्ड रहनु भएन र पुष्पकमल दाहालको नाममा सम्बोधन गरौ त्यो पत्र तपाईलाई नै लेखिएको हो भनेर कसरी थाहा पाउनु हुन्छ किनकी नेपालमा… पुरा पढौ

कास्कीमा १ लाख ३७ हजार पशुको बिमा

कृषि तथा पशुपालन गर्ने किसानलाई अनुदान दिई प्रोत्साहित गर्ने सरकारको नीति छ । कृषि बाली तथा पशु विमाले पनि किसानलाई थप उत्साहित र प्रोत्साहित गरेको छ । कास्कीमा एक महानगरपालिकासहित चार गाँउपालिका छन् । दुग्धजन्य तथा मासु उत्पादनको लागि पशुपालन हुदैं आएको छ । ७५ प्रतिशत अनुदान सरकारले उपलब्ध गराएपछि कास्कीमा पशु विमा गर्ने जिल्ला पशु तथा भेटेनरी कार्यालय कास्कीले बढेको जनाएको छ । कार्यालयका तथ्यांक अनुसार १ लाख ३६… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं