हिन्दू पुरातन परम्परा अनुसार मानिसको मृत्युपछी मृतकको आत्मालाई बैतरणी नदी पार गराई मुक्ती दिन र् पितृसँग भेटघाट र एकाकार गराउन मान्छे मरेको दिनदेखि तेह्र दिनसम्म पारलौकिक क्रिया-कर्म गर्ने गरिन्छ । यसरी क्रिया-कर्म गर्दा प्रतेक दिन मृतकको आत्मलाई भोजन पानीको रुपमा पिण्ड तर्पण दिने चलन हुन्छ। पिण्ड पकाउनका लागि तीनव टा सुद्ध ढुङ्गाबाट चुलो बनाईन्छ र त्यसैमा मृतकको खाना (पिण्ड) पकाउने गरिन्छ। क्रिया-कर्मको समाप्ति पछि ति तिन वटै ढुङ्गा फेरी भविस्यमा आपसमा भेटिनु हुदैन भन्ने मान्यता अनुसार तीन दिसा तिर फालिन्छ।
तर विडम्वना एउटा क्रिया-कर्म पछि फेरी सगै भेटिन नहुने यी ढुंगाहरु प्रतेक क्रिया-कर्ममा एकै ठाउमा भेटिन्छन । ति तिनै वटै ढुङ्गा आकारमा साना, ठूला भएपनि गुणमा सबै समान छन् र पिण्ड पकाउने ठाउमा जसरी भए पनि ठ्याक्क जुटि-हाल्छन । यी ढुङ्गाहरु मध्य कुन ढुङ्गा दाहिने राख्ने र कुन ढुङ्गा बाया राख्ने जस्ता निर्णय चाहि पण्डा वा पुरेतले निर्धारण गर्दछन र ढुङ्गाहरु तत तत् स्थानमा रहने गर्दछन । पुरेतको आदेश विना यिनीहरु एक ईञ्च पनि यता उति चन्दैनन र पुरेतको आदेशको ईमान्दारिता पुर्वक पूर्ण पालन गर्दछन । त्यसैले यी ढुंगाहरु सधै पुरेतप्रति कृतज्ञ हुन्छन ।
समकालीन नेपाली राजनीतिमा पनि पिण्ड पकाउन प्रयोग गरिएका तीन वटा ढुङ्गा मध्यको एक सत्तासिन “अर्धसरकारी” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फुटको निकै चर्चा परिचर्चा हुने गरेको छ। मैले यहा नेकपालाई “अर्धसरकारी” भन्नुको तात्पर्य हाल नेपालमा नेकपाको सरकार भए पनि सरकारले पार्टीको आदर्श, सिद्धान्त, नीति, निर्देशन, चुनावी घोषणा पत्र र सामान्य समन्वयसमेत पालन नगर्ने भएको हुदा अर्धसरकारी पार्टी भनिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश अनुसार “सरकारी तलव खाएको तर कितावखानामा नाम दर्ता नभएको सस्थांन, निगम आदिमा काम गर्ने” उल्लेख छ।
यो पार्टी कसैलाई सरकारमा भएर पनि सरकारमा नभएको जस्तो र कसैलाई पार्टीमा नभए पनि सरकारमा भएको जस्तो अनुभूति गराउने अर्धसरकारी पार्टी भएको छ ।
सत्तासिन नेकपाभित्र पनि सरकारी ढुकुटीबाट तलव भत्ता खानेहरुको ठूलै समुह छ तर कितावखानामा नाम उल्लेख छैन। नेकपाका नेता कार्यकर्ताहरुलाई सरकार त तिम्रै पार्टीको छ नि भनि सोध्यो भने “हो पनि” र “होईन पनि” भन्ने उत्तर दिन्छन किनकी यो अर्धसरकारी पार्टी भएको छ । “हैन” भनौ भने आफु कुनै जमानामा सदस्यता लिएको र आफुले नै भोट हाली पठाईएका मानिसहरुको सरकार छ र “हो” भनौ भने आशा, अपेक्षा र आदर्श सबै स्खलित भएको सरकार। यस अर्थमा पनि बर्तमान नेकपा अर्धसरकारी पार्टी हो । यो पार्टी कसैलाई सरकारमा भएर पनि सरकारमा नभएको जस्तो र कसैलाई पार्टीमा नभए पनि सरकारमा भएको जस्तो अनुभूति गराउने अर्धसरकारी पार्टी भएको छ ।
आजकल केहि मानिसहरु महाप्रलय नै आए जस्तो गरि पार्टी एकता बिथलियो, पार्टी फुट्न लाग्यो भनी हार-गुहार गरि कोलाहल मच्चाई रहेका छन् । विज्ञानको सामान्य नियम अनुसार क्रिया भए पछी मात्र प्रतिक्रिया हुन्छ । एकता नै नभएको पार्टी कसरी फ़ुट्दछ ? एकै खाले स्वार्थ भएका दुई वटा यात्री बाटोमा जम्काभेट भयो र सगै बस्दा एक अर्कालाई न्यानो हुने हुदा कुनै ठाटिमा सगै काम्लो खप्टाएर बास बसेका मात्र हुन्। त्यही ठाटिलाई हामीले पार्टी भनेर मान्यौ। पार्टीबाट ठाटिमा पुग्दा हामीले त्यस लाई रुपान्तरण ठान्यौ र बलेको आगोमा आ-आफ्नो हात सेक्ने तिर लाग्यौ।
अहिलेको अर्धसरकारी नेकपाको सरकार नेपालको ईतिहासकै सवभन्दा सफल मध्यको एक सरकार हो। सरकार कुनै पार्टी बिशेषको शिद्धान्त, कुनै खास बर्ग वा समुदायको पक्षपाति र चुनावी घोषणा -पत्रमा विश्वास गर्दैन। पार्टीको न्यूनतम साङ्गठनिक संरचना, बिधि, पद्दति र निर्णय समेतलाई आफु अनुकुल उपयोग र अपहेलना गर्ने गर्दछ। लोकतन्त्रको पुर्नर-परिभाषित गरि “भक्तजन हिताय” को सिद्दान्तको प्रतिपादक यो सरकार एक सफल सरकार हो। शैद्दान्तिक र बैचारिक अन्तर-संघर्ष गौण र पद र प्रतिष्ठाको लफडा प्रमुख हुने कम्युनिष्ट पार्टी सायद संसारमा अर्को छैन होला।
सैद्धान्तिक र वैचारिक अन्तरसंघर्ष गौण र पद र प्रतिष्ठाको लफडा प्रमुख हुने कम्युनिष्ट पार्टी सायद संसारमा अर्को छैन होला।
जनवादी केन्द्रीयता मध्य जनवादलाई प्रतिवन्ध गरि केन्द्रीयताको सफल र कुशल कार्यन्वयन गर्ने विश्वमा अरु कुनै कम्युनिष्ट पार्टी देख्नु भएको छ ? मूल नेतृत्वले आफ्नो गोत्र नै परिवर्तन गर्दा नेताको स-गोत्री हुन हान-थाप गरि आफ्नो गोत्रै परिवर्तन गर्ने कार्यकर्ता अनेत्र कहिँ कतै छन् ? नीति बाट नेतृत्व प्रधान गराउन सक्ने खुबी र क्षमता भएको कम्युनिष्ट पार्टी र सरकार के सफल होईन ?
हाम्रो सरकारले अहिलेसम्म गर्न नसकेको काम भनेको लिङ्ग परिवर्तन गर्ने काम मात्र हो। चुनावमा जनताको मतबाट अनुमोदन नभएका बामदेव र नारायण काजीलाई माननीय बनाउन सक्ने हैसियत राख्दछ। रास्ट्रिय पूजीको बिकाशको लागि ओम्नी, यति लगायत सग सहकार्य गरकै छ, संघियताको सफल कार्यान्वयनको लागि प्रदेश सरकारलाई प्रसाशनिक ईकाई माने कै छ, भष्ट्राचारमा सून्य-सहनशिलता भनेकै छ।
लैगिक समानताको लागि पुरुषलाई जिम्मेवारी दिएकै छ, रास्ट्रियता र स्वाभिवान रक्षार्थ मध्य रातमा छिमेकी खुवियाको मुखियालाई भेटे कै छ। हजारौ मजदुर, सुत्केरी, बाल-बालिका, अपाङ्गहरु पैतालाहरु रगताम्य पार्दै सयौ किलोमिटर यात्रा गर्दा नाका नाकामा ढुकेर बिचिल्ली परेकै हो, समबृद्दिको लागि भ्यू-टावर निर्माण गरकै छ, पुरानो रेललाई नेपालमै ल्याएर त्रिपाल ओडाएर राखे कै छ, चेपाङ्ग बस्ति नहेरेर के भो भोलि मर्ने बेलामा लिने नाम (राम नाम सत्य हो) पो चाहिन्छ भनि परलोकको समेत कत्याण हेतु राम-मन्दिरको लागि हात धोएरै लागेकै छ। के यी सबै सरकारी कामहरु कामै होईनन ? देशको शान जोगाउन भोकालाई खान खुवाउन मनकारीलाई रोक्ने सम्म भइरहेको छ । देश बर्वाद हुनबाट जोगाइरहेछ । धन्य हाम्रो सफल सरकार !
देशको शान जोगाउन भोकालाई खान खुवाउन मनकारीलाई रोक्ने सम्म भइरहेको छ । देश बर्वाद हुनबाट जोगाइरहेछ । धन्य हाम्रो सफल सरकार !
जनता सरकारलाई कोरोनाको महामारीमा राम्रो औसधि उपचारको ब्यबस्था गर्न सकेन भनेर आलोचना गर्ने गर्दछन। सरकारले जनताको हैसियत अनुसार ब्यबस्था गरेकै छ। पाचतारे होटल देखि एअर एम्बुलेन्स सम्मको ब्यबस्था गरेकै छ। जनताको सुसूचित हुन पाउने अधिकारलाई सम्मान गर्दै औषधि उपचार गर्न के कति खर्च लाग्दछ र उपचार गंर्नु अगाडि कति रकम धरौटि राख्नु पर्दछ सो समेत जानकारी दिएकै छ । सरकारी अस्पतालको क्याण्टिङ्गमा धरौटी राखे पछि खाना पानीको व्यवस्थासमेत सरकारले नै गरि दिएको छ। प्रतेक दिन कोरोनाबाट मृत्यु भएका मानिसको उमेर र लिङ्ग खुलाएर सख्या बताएकै छ।
मृतकलाई समवेदना दिएकै छ, बन्दा-बन्दि र निषेध आज्ञा पनि गर्दिएकै हो। त्यतिले मात्र नपुगेर बेला-बेलामा सरकारी प्रतिनिधिले संचार माध्यमबाट हप्की-दप्कि पनि गरेकै छन्। केमात्र गरेन सरकारले ? सरकारले कोरोनाको औषधि उपचारको दर-रेट संगै मानिसका अंगहरु (किड्नी, कलेजो, आखा आदि ) को दर-रेट पनि दिएको भए गरीवले आफ्नो अंगको धरौटी राखेर उपचार गर्न सजिलो हुने थियो।
केहि मानिस देशमा सरकार भएको अनुभूति नै भएन भनेर गुनासो गर्ने पनि गर्दछन। यो सब लाल्छनामात्र हो। के तपाईले सरकारलाई कर-तिरो तिर्दा देशमा सरकार भएको महसुस हुदैन ? अझ बेला वेलामा आउने चाड, उत्सव, महोत्सवमा दरवार, हवेली र सरकारी अड्डाहरुबाट दिने शुभ-कामनाहरु पनि सरकारको उपस्थितिको प्रमाण होईनन् र ? कतै हतारमा यात्रा गर्दा भीभीआईपी को सवारीले गर्दा बाटोमा घन्टौ जाम पर्दा तपाईलाई देशमा सरकार भएको अनुभूति नहुने तपाई कस्तो जनता हो ? तपाई काम विशेषले कुनै सरकारी अड्डा अफिसमा जादा तपाईको सेवा र सहजीकरण गर्न हाजिर हुने बिचौलियाहरु पनि त सरकारकै अवैतनिक प्रतिनिधि हुन् । हो देशमा झन्डै दुई-तिहाईको गौरव गर्न योग्य अर्धसरकारी नेकपाको सफल सरकार छ।
सरकारले उपचारको दररेटसँगै किड्नी, कलेजो, आँखा आदिको मूल्य पनि सार्वजनिक गरिदिएकोभए गरिबले आफ्ना अंगको धरौटी राखेर उपचार गर्न सजिलो हुने थियो।
गरिबको कोख र कठिन दुर्गम भूगोलमा जन्मेका मान्छेहरुले पनि सरकार प्रति निरासा र आक्रोस समेत पोखेको पाईन्छ। आफु गरिब हुने अनि आफु गरिब भएर दुख पाउदा सरकारलाई गालि गर्न पाईन्छ? समाजवाद उन्मुख कम्युनिष्टको सरकारसंग अमेरिका, बेलायत, अस्ट्रेलिया जस्ता पुजिवादी सरकारबाट जस्तो अपेक्षा गर्न मिल्छ?
आफ्नो खेति किसानी गर्ने जमिन, उद्योग ब्यापार गर्ने पूजी र जी हजुरी गर्ने क्षमता नभएकाहरुले सन्तान जन्माउने अनि सरकारले रोजगारी दिएन भनेर रडाको मच्याएर सरकारलाई असफल पार्ने कोशिस गर्नु हुदैन। जनता चुनावको एउटा भोटमात्र हो । बितेका पुराना र चुनावी घोषणा-पत्रमा लेखिएका कुराहरुको अपेक्षा गर्नु जनताको मुर्खता हो । माथि उल्लेख गरीय अनुसार पिण्ड पकाउन तयार गरिएको चुलोमा खाना पकाउने खोज्ने जनता असफल हुन् । हलेदो भनेर थाहा पाईसकेपछि फेरी-फेरी कोट्याउने जनता असफल हुन् । एक पटक प्रयोग गरि अशुद्ध साबित भएका र आपसमा पुन भेटिन नहुने ढुङ्गाहरु बाट चुलो बनाउन लगाउने पुरेतको आदेशलाई स्वीकार गर्ने जनता असफल हुन् ।
ए ड्याङ्ग ठूलो आवाज आयो, अर्धसरकारी पार्टी फुट्यो कि क्या हो !!




