शिक्षा

फ्रान्सका स्कुलमा अब ‘बुवाआमा’ भन्न नपाइने

एजेन्सी– फ्रान्सको स्कुलमा अब छिटै ‘आमा’ र ‘बुवा’ जस्ता शब्दको प्रयोग बन्द हुने भएको छ । यसको सट्टा अभिभावकको पहिचाका लागि बालबालिकाले उनीहरुलाई प्यारेन्ट १, प्यारेन्ट २ भन्नु पर्नेछ ।  लैंगिक विभेद कम गर्ने सरकारको यो नीति प्रस्ताव संसदबाट पनि पारित भएको छ । सरकारका अनुसार बच्चालाई सुरुवातमा परिवारको विविधताप्रति सम्मान बढाउन यस्तो नियम बनाइएको हो ।  राष्ट्रपति इमानुएल म्याक्रोनका पार्टीका एक सांसदले प्रस्तावका बारेमा बोल्दै भने ‘स्कुलको कुनै पनि… पुरा पढौ

अशोक पढेको काठमाडौंको स्कुल पहिलो पटक मिडियामा

पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुबहरुमा गीत गाएर भाइरल भएका झापा दमकका १२ वर्षीय बाल गायक अशोक दर्जीको हालको नयाँ विद्यालयमा पहिलोपटक मिडियामा पुगेको छ । अदभूत गायन क्षमताका कारण, छोटो समयमा नै चर्चामा रहेका उनलाई सुरुमा उर्लाबारी स्थित बेथेल एजुकेशनएकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाएको थियो तर पछि गायक तथा संगीतकार टंकबुढाथोकीले उनलाई काठमाडौँ नै ल्याएर पढाएका थिए । तर, आजसम्म उनको काठमाडौँको स्कुलको कुनै पनि कुरा बाहिर मिडियामा आएको थिएन भने आज… पुरा पढौ

अस्टेलिया पुगेका हजारौ नेपालि नर्सहरुको बिचल्ली

नर्सिंग मा आफ्नो भबिष्य देखेर अस्टेलिया पुगेका नेपाली नर्सह हरुको बिचल्ली भएको छ । सिधा कुरा जनता संगको लाइभ मा आएर उनीहरु आफ्नो भबिष्य बर्बाद भएकोमा चिन्तित देखिन्थे । आमा बुबाले दुख गरेर जोडेको सम्पति खर्चेर अस्टेलिया पुगेका उनीहरु बिचल्लीमा परेका हुन् । भक्तपुरका सुजन श्रेष्ठ दुइ वर्ष अघि नर्सिङमा भविष्य सुनिश्चित पार्ने सपना बोकेर अष्ट्रेलिया उत्रिए । आफुले अध्ययन गरिरहेको व्रिजवेनको अष्ट्रेलियन इष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइबिटी )… पुरा पढौ

चैत मसान्तभित्र स्ववियु निर्वाचन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिएका छन् ।  नेपाल पत्रकार महासंघ प्युठान जिल्ला शाखाले आज नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधार वर्षको रूपमा अघि बढ्नुपर्ने बताएका हुन् ।  सो कार्यक्रममा ऐन, नीतिनियम निर्माणका साथैे समाजवाद उन्मुख शिक्षा प्रणाली बनाइने उनको भनाइ थियो… पुरा पढौ

शिक्षा व्यवसाय होइन, सेवा हो : शेष घले

गैरआवासीय नेपाली एशोसियसन (एनआरएन)का पूर्व अध्यक्ष शेष घलेले घलेले शिक्षा व्यवसाय नभएर सेवा भएको बताए । उनले नेपाली विद्यार्थीको अध्ययनका लागि विश्वव्यापी पहँुच रहेको उल्लेख गरे । तमु सांस्कृतिक प्रतिष्ठान नेपाल र सांच समूहले सोमबार आयोजना गरेको प्रेरणात्मक प्रवचनमा घलले नेपाली विद्यार्थीलाई विदेशमा अध्ययनका लागि विश्वव्यापी पद्धतिले साथ दिएको बताए । विश्वव्यापी रुपमा शिक्षा प्रणालीमा सुधार भएको औंल्याउदै घलेले नेपालका विद्यार्थीले आफूलाई त्यही अनुसार रुपान्तरण गर्नुपर्ने सुझाव दिए । ‘अहिले… पुरा पढौ

१४ वर्षको उमेरमा नै डिग्री बेलायतको चर्चित विश्वबिद्यालयमा पढाउँछन् याशा

याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ ।गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपनाम समेत दिइएको छ । हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित विषय पढाउनुका साथै आफैँ पनि डिग्री पढिरहेका छन् । १४ वर्षका किशोरको विलक्षण… पुरा पढौ

मुखले लेखेर नन्दराज भट्टले गरे डिग्री

छोरा जन्मिएको खुसीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भोजभतेर गर्ने चलन थियो । तर उनीँ जन्मिदा घरमा कुनै खुसीयाली आएन । बरु आमाबुवा चिन्तित भए । छरछिमेकले परिवारलाई जिउँदै गाड्न सुझाए ।कारण थियो, जन्मजात शारीरिक अपाङ्गता । उनी अर्थात नन्दराज भट्ट । जन्मजात दुवै हातखुट्टा नभएको । शरीरमा हात र खुट्टाको कुहिनोसम्मको आकार मात्र थियो ।त्यसैले त उनका आमाबुवालाई आफन्त र छरछिमेकले त्यस्तो सन्तान पालेर के गर्छौ, खोलामा गाड भन्नेसम्मको सल्लाह… पुरा पढौ

विद्यार्थीले दाउरा नलगे विद्यालयमा निःशुल्क खाजा खान नपाउँने

ग्रामीण क्षेत्रका गरिब परिवारका बालबालिकालाई लक्षित गरी सरकारले आधारभूत तहमा निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ । विपन्न बालबालिकालाई विद्यालयमा आकर्षण गर्न सरकारले विश्व खाद्य परियोजनाको सहयोगमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । तर, बाजुराका आधारभूत तहका विद्यार्थी भने विद्यालयमा दाउरा नलगे सरकारी दिवा खाजाबाटै वञ्चित हुने गरेका छन् । विद्यालयहरूले सरकारले खाद्यान्न दिए पनि पकाउने इन्धन नभएका कारण विद्यार्थीलाई दाउरा बोकाउनु बाध्यता भएको जनाएका छन् । तर, दाउरा ल्याउन नसक्ने विद्यार्थीलाई खाजा… पुरा पढौ

पिएनका सहप्राध्यापक गोपाल शिवाकोटी पक्राउ

पृथ्वीनारायण क्याम्पस (पिनएन)का सह प्राध्यापक डा. गोपाल शिवाकोटी चिन्तन पक्राउ परेका छन् । २ करोड ७६ लाख भन्दा बढी ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार उनलाई पक्रेको हो । कानुन विश्वविद्यालय खोल्ने भन्दै उनीलगायतका व्यक्तिले यति रकम उठाएर ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुले मञ्जुश्री एकेडेमी प्रालि नामको विश्वविद्यालय खोल्ने भन्दै पैसा उठाएको एसएसपी वसन्त लामाले बताए । पुरा पढौ

बिद्यार्थीहरुले बनाएको गाडी मलेसियामा प्रर्दशन हुदैँ

नेपालमा नै बिद्यार्थीहरुले गाडी बनाएका छन् । काठमाडौ विश्वविद्यालयको अटोमोवाईल्स विभागमा अध्ययनरत विद्यार्थीहरुले सो गाडी बनाएका हुन् । उक्त गाडी मलेसियामा हुने सेल ईको म्याराथुन एसिया २०१९ मा प्रर्दशन हुने छ । नेपालमा तयार भएको गाडी अन्तराष्ट्रियस्तरमा प्रर्दशन गर्न पाउनु ठुलो गौरवको बिषय भएको मेकानिकल इन्जिनियर विजेन्द्र श्रेष्ठले बताए । उनले भने ‘विद्यार्थीहरुले तयार गरेको गाडीलाई अन्तराष्ट्रियस्तरमा देखाउन पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय हो ।’ ‘विद्यार्थीहरुले अध्ययन मात्रै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं