शिक्षा

गण्डकी मेडिकल कलेजमाथि कारवाही माग

गण्डकी मेडिकल कलेजले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै उक्त कलेजमाथि अनुगमन गरी कारवाही गर्न माग गरिएको छ। एमबीबीएसमा अध्ययनरत विद्यार्थीलाई आर्थिकरुपमा ठगी गर्नुका साथै आफूहरुलाई परीक्षाबाट बञ्चित गराएकाले ४० दिनदेखि विद्यार्थीले आन्दोलन गर्दै आएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। सो कलेजमा अध्ययनरत पीडित विद्यार्थीले कलेजले प्रतिविद्यार्थी रु आठ लाखदेखि रु १८ लाखसम्म चर्को शुल्क उठाएको र सोअनुसार अध्यापन तथा शैक्षिक सुविधा नदिएको तथा एमबिबिएसका ८६ विद्यार्थीलाई… पुरा पढौ

अनियमिततामा संलग्नता छैन : तेजनारायण

विद्यालयमा भएको अनियमितताबारे छानबिन जारी रहेका बेला पोखरा ७ मासबारको श्रीकृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेजनारायण अधिकारीले विद्यालयमा आर्थिक अनियमिततामा आफ्नो संलग्ना नभएको दाबी गरेका छन् । यसअघि पूर्व प्रधानाध्यापक केदारनाथ अधिकारीसँग मिलेर तेजनारायणले लाखौं हिनामिना गरेको समाचार सार्वजनिक भएको थियो । अधिकारीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी यस्तो जनाएका हुन् । विद्यालयमा भौतिक संरचना निर्माण तथा पुस्तकालय व्यवस्थापन गर्दा आर्थिक अनियमितता भएको भन्ने विषयमा छानबिन भइरहेको छ ।… पुरा पढौ

म्याग्दी र मुस्ताङका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

स्वंय सेवा नेपाल तथा हाम्रो माया नेपाल संस्थाको सयूक्त साझेदारीमा मुस्ताङका बिभिन्न सामूदायिक बिद्यालयका बिद्यार्थीलाई आईतबार झोला तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।आर्थिक रुपमा पीछडिएका बिपन्न समूदायका बालवालिकाको शैक्षिक प्रोत्साहनका लागि संस्थाले शैक्षिक सामाग्री बितरण गरेको जनाएको छ । हाम्रो माया नेपाल जर्मनकी सदस्य नादिन कोरुस सहितको टोलीले जनहित माध्यमिक बिद्यालयका बालवालिकालाई झोला तथा शैक्षिक सामाग्री बितरण गरेका हुन्् ।संस्थाले म्याग्दी र मुस्ताङका बिद्यालयलाई शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम… पुरा पढौ

विद्यार्थीलाई सीडब्लुएसएनको शैक्षिक सहयोग

बाल हितकारी परियोजना नेपाल (सीडब्लुएसएन )ले पोखरा महानगरपालिका वडा नम्बर २८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयका विद्यार्थीलाई शनिबार शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण गरेको छ । संस्थाको विद्यालय सहयोग कार्यक्रम अन्तर्गत कक्षा १ देखि ५ सम्मका ५५ जना विद्यार्थीलाई पोसाक र कक्षा ६ देखि १२सम्मका १ सय २० जना विद्यार्थीलाई झोला वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीलाई २ लाख बराबरको शैक्षिक सहयोग गरिएको परियोजना नेपालका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए… पुरा पढौ

चिसोले लुप्राका वालवालिका बिरामी ,गाउँपालिकाको पहलमा उपचार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा लुप्रा आधारभुत बिद्यालय लुप्रामा सामूहिक बिरामी परेका १२ जना वालवालिकाको शुक्रबार स्वास्थ्य परिक्षण गराई अवस्था सामान्य पारिएको छ । अत्यधिक चिसो र दुषित फोहोर पानीका कारण उक्त बिद्यालयको छेसेकेङ्चे होस्टेलमा बस्दै आएका वालवालिका अर्धचेत बिरामी परेका थिए ।हिउँदयामको लामो बिदापछि ३ साताअघि मात्र नयाँ शैक्षिक सत्रको पठन पाठन सुरु गरेको लुप्रा आधारभुत विद्यालयका बिद्यार्थी बिहिबार मध्यराति सामूहिक रुपमा १२ जना वालवालिका अर्धचेत बिरामी परेका हुन्… पुरा पढौ

राहत शिक्षकलाई स्थायी प्रक्रियामा लैजान सरकार तयार

संघीय राजधानी काठमाडौंमा भेला भएर आन्दोलन गरेका राहत अनुदान कोटाका शिक्षकलाई सरकारले स्थायी प्रक्रियामा लैजाने सहमति गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र आन्दोलनरत शिक्षकका प्रतिनिधिबीच ३ बुँदामा सहमति जुटेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर शिक्षकहरू पढाउन विद्यालय गएका छन्। बुधबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा सहभागी नेपाल राहत शिक्षक केन्द्रीय समितिका संरक्षक तथा पूर्वअध्यक्ष गोकुल रोकायले राहत अनुदान कोटामा नियुक्त भएका शिक्षक र बाल विकास… पुरा पढौ

राहत शिक्षकको माग पूरा गर्न कांग्रेसको माग

आन्दोलनरत राहत तथा बाल विकास केन्द्रका शिक्षकको माग पूरा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ। आफूहरूलाई स्वत: स्थायी हुने व्यवस्था प्रस्तावित शिक्षा ऐनमा राख्न माग गर्दै दुई दिनदेखि शिक्षकहरू राजधानीमा आन्दोलनमा छन्। आन्दोलनका क्रममा सोमबार प्रहरीले शिक्षकमाथि अश्रुग्यास, लाठी प्रहार गरेको भन्दै कांग्रेस संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। प्रमुख सचेतक बालकृष्ण खाँणले निकालेको विज्ञप्तिमा आफ्ना माग पूरा गर्न दबाब दिन शिक्षकले शान्तिपूर्ण आन्दोलन गरे… पुरा पढौ

राहत र अस्थायी शिक्षकको आन्दोलन बेठीक : मन्त्रालय

स्थायी परीक्षामा छुट भएका अस्थायी तथा राहत शिक्षकलगायतको माग सम्बोधनका लागि नेपाल सरकारसँग सहमति भए पनि केही शिक्षक सडक आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुन थालेको छ। अति राजनीतिकरणको शिकार हुँदै आएको सामुदायिक विद्यालय क्षेत्रमा शिक्षकको लगातारको आन्दोलन र बार्ता जारी रहे पनि हरेक वर्ष कुनै न कुनै सङ्गठनको सडक आन्दोलन र अनशन चल्दै आएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबीच यही फागुन ९ गते… पुरा पढौ

शिवालय मावि थुम्कीमा विद्यार्थी बिदाइ

कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाइ गरिएको छ । कक्षा ११ द्वारा आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीले अध्ययन मूल कर्तव्य भएकाले सोही अनुसार अघि बढ्न आग्रह गरे । विद्यार्थीको सफलता विद्यालयका लागि सबैभन्दा खुशीको कुरा नै हुने उनले बताए । विद्यालयले नयाँ संस्कारको निर्माण गर्दै विद्यार्थी केन्द्रित गतिविधिमा जोड दिएको भन्दै प्राचार्य प्रभावीले समयानुकूल शैक्षणिक पद्धतिमा अघि बढ्ने प्रयासमा आफू लागिपरेको स्पष्ट… पुरा पढौ

अस्थायी शिक्षकले मंगलवारदेखि पठनपाठ ठप्प पार्ने

विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रेका सरकारी विद्यालयका अस्थाई र राहत शिक्षकहरुले मंगलबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएका छन्। आफ्ना माग सम्वोधन नगरि सरकारले उल्टै दमन गरेको भन्दै आन्दोलनरत अस्थाई र राहत शिक्षक संगठन केन्द्रीय समितिले मंगलबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएको हो।  आइतवार शान्तिपूर्ण प्रदर्शनमा रहेका शिक्षकमाथि प्रहरीले वानेश्वरमा बल प्रयोग गरेको थियो। प्रहरी कार्वाहीमा केही शिक्षक घाइते समेत भएका छन् । माइतीघर मण्डलामा कोणसभा गरेर अघि बढेका शिक्षकहरुलाई वानेश्वर पुगेपछि प्रहरीले रोकेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं