शिक्षा

यसवर्षको एसईई परीक्षा सर्ने !

यसअघि तय भएको परीक्षा तालिका काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका ७ प्रदेशसहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ । परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधिभर ती कर्मचारीलाई सामायोजना नगर्न अनुरोध गर्दै मन्त्री पोखरेललाई पत्र… पुरा पढौ

आजका विद्यार्थी रोबर्ट कि मान्छे ? : पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन्। डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह’मा उनले युग अनुसारको शिक्षाको विकासको लागि राजनीतिक नेतृत्वले विद्धानसँग छलफल गरेर सुधारका कार्य अघि बढाउन सुझाव दिए। ‘विश्वका धेरै मुलुक शिक्षाका कारण विकसित भएका छन्, नेपालको शिक्षालाई पनि प्रतिस्पर्धी बनाउनु आवश्यक छ,”– उनले भने। अहिले शिक्षकले विद्यार्थीलाई रोबर्ट बनाएको छ कि मान्छे भनी प्रश्न गर्दै उनले मुलुकको… पुरा पढौ

शिक्षालाई विज्ञान–प्रविधिसँग जोडौं : मन्त्री पोखरेल

राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति मस्यौंदा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ। मस्यौंदा बुझ्दै शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा लिनुपर्ने बताए। विज्ञानलाई आत्मसात गर्न सकेमात्र विकास हुने बताउँदै मन्त्री पोखरेलले भने, ‘विज्ञान र प्रविधिलाई जीवन पद्धतिसँग जोड्नुपर्छ।’ विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। सामाजिक, सास्कृति रुपान्तरण र समृद्धिका निवम्त विज्ञान… पुरा पढौ

प्रधानाध्यापक नै व्यवस्थापन समितिको अध्यक्ष भए

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ को इसिङ आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण गिरी सोही वडाको बागेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेका छन् । गाउँपालिकाको शिक्षा ऐनको दफा २३ को उपदफा ग मा कुनै पनि विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य सरकारी कर्मचारी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउने भन्ने छ । गत मङ्सिर ३ गते सर्वसम्मतिले गिरीलाई सशर्त अध्यक्ष बनाइएको स्रोतव्यक्ति भरत नेपाल बताउँछन् । ‘व्यावहारिक कुरालाई ध्यानमा राखेर तीन महीनाभित्र प्रधानाध्यापकबाट… पुरा पढौ

शहिद सप्ताहमा फलफूल बितरण

शहिद सप्ताहका सन्दर्भमा जनयुद्ध र देशका विभिन्न कालखण्डमा आफ्नो ज्यान गुमाउने सम्पूर्ण शहिदहरूको सम्झनामा अखिल क्रान्तिकारी कास्की र अनेरास्ववियु कास्कीले पोखरा–१४ अवस्थित शहिद स्मृति आवासीय माविमा फलफूल वितरण गरेको छ। उक्त विद्यालयमा १० वर्षे जनयुद्धमा शहादत प्राप्त शहिदका छोराछोरी मात्र अध्ययन गर्छन्। वि.सं. २०५२ साल फाल्गुन १४ गते तत्कालीन शाही सेनावाट जनयुद्धका प्रथम शहिद दिलवहादुर रम्तेलको निर्मम हत्या गरेको दिनलाई आधार मानी फाल्गुन १४ देखि एक हप्ता शहिद सप्ताह मनाउने… पुरा पढौ

बोर्डिङ स्कूलको अनुमति रोक्का गर्ने निर्णय ’

निजी विद्यालयको व्यापारीकरण रोक्न सरकारले नीतिगत प्रयास गरेका बेला काठमाडौँ महानगरपालिकाले नयाँ निजी विद्यालयको अनुमति रोक्का गरेको छ। शहरी क्षेत्रमा निजी विद्यालयको सङ्ख्या वृद्धि र सामुदायिक विद्यालयमा विद्यार्थी न्यून हुँदै गएपछि सरकारले केन्द्र, प्रदेश र स्थानीय सरकारले सार्वजनिक शिक्षा क्षेत्रलाई रुपान्तरणको पहल लिएका हुन्। काठमाडौँ महानगरपालिकामा हाल ६४० निजी (संस्थागत) विद्यालय रहेकामा ९१ वटा मात्र सामुदायिक विद्यालय छन्। निजी विद्यालयलाई नयाँ अनुमति दिँदै जाने हो भने सामुदायिक विद्यालय थप सुक्ने… पुरा पढौ

मन्त्री वर्षामान पुनले दिए आफू पढेको विद्यालयलाई पाँच लाख

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि रु. पाँच लाख सहयोग गरोक छन्। रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले स्थापना गरेको रु. एक करोडको अक्षयकोषका लागि मन्त्री पुनले सो रकम सहयोग गरेका हुन्। वि.सं. २०४२ देखि आफूले माध्यमिक तहमा अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको उनले बताए। छात्रवृत्तिले गरीब, जेहेन्दार द्वन्द्वपीडित र अपाङ्गता भएका विद्यार्थीको… पुरा पढौ

सिर्जनले बनाए रोबोट जो हिँड्न र बोल्न सक्छ

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–४ पाँचखालस्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट बनाएका छन् । सिर्जनले बनाएको रोबोटले अहिले उनकै विद्यालयको तीनदिने शैक्षिक प्रदर्शनी एवं मेलामा आकर्षण बढाएको छ । उनको रोबोटले अंग्रेजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ । मेलामा अवलोकन गर्न आएका विभिन्न विद्यालयका विद्यार्थीले उनको रोबोट रुचिपूर्वक हेर्ने गर्छन् । सिर्जनलाई रोबोट बनाउन उनकै सहपाठी सुजित गिरीले साथ… पुरा पढौ

शिक्षकमा जागिर लाइदिन्छु भनी घुस लिने विव्यस सदस्य पक्राउ

कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे १ लाख घुससहित आज पक्राउ परेका छन् । विद्यालयले आह्वान गरेको शिक्षक पदमा जागिर लगाइदिने शर्तमा सेवाग्राहीबाट सो रकम बुझ्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो । सदरमुकाम तौलिहवास्थित रेसुङ्गा होटलबाट समिति सदस्य चौबेलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए । पक्राउ गरिएका चौबेउपर थप… पुरा पढौ

यस्तो छ खुला विद्यालय

इटहरी मुख्य चोकको २ सय मिटर पूर्व टेङ्ग्रा खोला छ । बाटोमै विद्यार्थीहरूको हुल चिच्याइचिच्च्याई पढिरहेका हुन्छन् । करिब तीन दर्जनभन्दा बढी विद्यार्थी हुल बा“धेर गुन्द्री ओछ्याएर खोलाको डिलमा पढिरहेका हुन्छन् । सँगै एक जना पाका खिरिलो व्यक्ति मुढामा बसेर ती बालबालिका पढाइरहेका हुन्छन् । बाटो हिँड्ने जोकोहीले भन्छन् ‘यहाँ के भइरहेको छ ?’ एकछिन मज्जाले नियालेपछि सहजै अनुमान लगाउँछन् । पीपलको बोटमा एउटा विद्यालयको नाम छ पिपलबोटे खुल्ला विद्यालय इटहरी ६ टेङ्ग्राखोला । विद्यालय नै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं