शिक्षा

करारमा नयाँ शिक्षक नियुक्त गर्ने तयारी

शिक्षक सेवा आयोगले लिएको परीक्षामा अनुतिर्ण भएका अस्थायी शिक्षकलाई विद्यालयले हाजिर गर्न नदिएपछि विद्यालयका विभिन्न विषयको पठन–पाठन नै ठप्प हुने अवस्थामा पुगेपछि सरकारले करारमा नयाँ शिक्षक नियुक्त गर्ने तयारी गरेको छ । विद्यालयका प्रधानाध्यापकले फेल भएका शिक्षक स्वतः अवकास हुने भन्दै हाजिर रजिष्टरमा रातो लगाउन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको हो । कतिपय विद्यालयका प्रअले अनुत्तीर्ण भएका शिक्षकलाई नआउन निर्देशन दिइसकेका छन् । तर, वार्षिक… पुरा पढौ

एसइईमा चिट चोराउने पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ

एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको आरोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ । चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको आजको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताए । यसैगरी बमनगामा कट्टी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका तिलाठी कोइलाडी लौनियाका बुधेश्वर यादवलाई समेत मोबाइल प्रयोग… पुरा पढौ

रत्नज्योति माविमा विद्यार्थी बिदाई

शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल पोखरा–८ स्थित रत्नज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीको बिदाई गरिएको छ । विद्यालयका कक्षा ११ मा अध्यनरत विध्यार्थीले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेका हुन् । कक्षा १२ का विद्यार्थी विद्यालयको अध्ययन पूरा गरी बिदा भएका हुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुवराज बाँस्तोला ‘विशाल’ ले बिदाई भएका विद्यार्थीको थप शैक्षिक उज्वल भविष्यको कामना गरे । उनले शैक्षिक गुणस्तरको होडवाजी र… पुरा पढौ

जनप्रतिनिधिले एसईई परीक्षाको अनुगमन गर्न नपाउने

कञ्चनपुरका जनप्रतिनिधिले जारी एसईई परीक्षाको अनुगमन गर्न नपाउने  भएका छन। जनप्रतिनिधिले परीक्षा स्थलमा जाँदा विद्यार्थीमा डरको भावना पैदा हुनसक्ने भएकाले अवलोकन गर्न नपाउने भएका हुन। गत वर्ष स्थानीय तह नगरपालिका, गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यसम्मले परीक्षाको अवलोकन जबरजस्ती गरेपछि रोक लगाइएको परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए। ‘गत वर्ष स्थानीय जनप्रतिनिधिले परीक्षाको अनुगमन गर्दा विद्यार्थीले आफूहरूलाई मानसिक त्रास भएको र असजिलो महसुस भएको… पुरा पढौ

सहारा एकेडेमीका १० विद्यार्थी एसइईमा

यस वर्षको एसइई परीक्षामा सहारा एकेडेमीका १० विद्यार्थी सहभागी छन् । सहारा क्लब पोखराद्वारा पोखरा-१७ स्थित दोबिल्लामा सञ्चालित सहारा एकेडेमीमा आश्रित २८ बालकमध्ये १० जना यस वर्षको एसइई परीक्षामा सहभागी भएका हुन् । तस्वीर सहयोग : सुदर्शन रञ्जित परीक्षामा सहभागी हुनेमा शिशिर क्षेत्री, कुशल बुढा मगर, प्रविश गुरुङ, कमल सुमाई मगर, सन्दिप क्षेत्री, शेखर भेटाल, निरज विक, सुश्मान दूरा, निश्चल भण्डारी र सन्देश गुरुङ छन । एकेडेमीमा आश्रित सबै बालक… पुरा पढौ

कार चढेर स्कुल ड्रेसमै पुगिन् करिश्मा परिक्षा दिन

नेपाली सिनेमा क्षेत्रकी चर्चित एवं सदाबहार नायिका करिश्मा मानन्धरले पनि आजबाट एसईई परिक्षा दिँदैछिन् । यसअघि परिक्षाकै लागि १६ घण्टासम्म अध्ययन गरेको बताउँदै आएकी करिश्माले आज अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन् । विद्यास्मारक विद्यालय डिल्लीबजार काठमाडौं केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन् । परिक्षा दिन कारमा सवार भई परिक्षा केन्द्र पुगेकी उनी एसईईका लागि उत्साहित पनि थिईन् । अरुलाई पनि नडराई परिक्षा दिन सल्लाह दिईरहेकी करिश्मालाई परिक्षाका लागि नयाँ शक्ति… पुरा पढौ

मुस्ताङमा ‘ईजिआरपि’ समिक्षा

मुस्ताङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई (ईजिआरपि)को समिक्षा भएको छ ।ईजिआरपि समितिका पदाधिकारीबीच शनिवार जोमसोममा अन्तरक्रियात्मक समिक्षा भएको हो । वालवालिकाको सहज पढाई सीप बिकासमा ईजिआरपिको प्रगति र पाईला नेपालको समन्वयकारी भूमिका आदीमा छलफल भएको हो । कार्यक्रममा ईजिआरपिका क्षेत्रिय प्रवन्धक शसी शाहले प्रारम्भिक कक्षा पढाई कार्यक्रम नेपाल सरकारको नियमित कार्यक्रम भएको जानकारी दिए ।कक्षा १ देखि ३ सम्म पढ््ने स–साना वालवालिकाको नेपाली भाषा तथा मातृभाषाको बिकास तथा प्रर्वधनका लागि ईजिआरपि… पुरा पढौ

रामकोट माविलाई अमेरिकाबाट सहयोग

कास्कीको रुपा गाउँपालिका हंसपुरमा रहेको रामकोट मा.वि लाई प्राविधिक शिक्षाका लागि सहयोग पुग्ने गरी ५४ हजार ५ सय ५० रुपैया हस्तान्तरण गरिएको छ । कास्की समाज अमेरिकाले संकलन गरेको उक्त रकम विद्यालयका प्रधानाध्यापक भरतमणि भट्टराईलाई महासचिव मदन सुवेदी र संस्थापक सदस्य राजेन्द्रमणि भण्डारीले हस्तान्तरण गरेका हुन ।  विद्यालयका पूर्व विद्र्याीसमेत रहेका समाजका महासचिव सुवेदीले आफुले अध्ययन गरेको विद्यालयमा प्राविधिक शिक्षाको विकासका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए । कृषिको पकेट… पुरा पढौ

एसइई परीक्षा भोलिदेखि, कुन प्रदेशमा कति परीक्षार्थी ?

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार भोलिबाट शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने… पुरा पढौ

एसइईमा चिटिङ गर्दिन, मलाई सर्टिफिकेट होइन ज्ञान चाहिएको छ-शान्ता चौधरी

यतिखेर दाङ घोराही छिन् शान्ता चौधरी । एसइइको परीक्षा दिन दाङ पुगेकी हुन् । उनी दाङ आएको दुईसाता भयो ।‘एसइइको तयारीका लागि विदा फारम भरेर आएकी छु ।’ उनले भनिन् । चैत्र दशदेखि एसइइ परीक्षा सुरु हुँदैछ । त्यसैको तयारीका लागि उनी ट्युसन पढिरहेकी छिन् । म्याथ र साइन्समा कमजोर छु । तैपनि मेहनत गरिरहेको छु ।’ उनले भनिन् । घोराही उपमहानगरपालिका वडा नम्बर ४ डाडागाउँ आफ्नै घरमा बसेर उनी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं