करारमा नयाँ शिक्षक नियुक्त गर्ने तयारी

शिक्षक सेवा आयोगले लिएको परीक्षामा अनुतिर्ण भएका अस्थायी शिक्षकलाई विद्यालयले हाजिर गर्न नदिएपछि विद्यालयका विभिन्न विषयको पठन–पाठन नै ठप्प हुने अवस्थामा पुगेपछि सरकारले करारमा नयाँ शिक्षक नियुक्त गर्ने तयारी गरेको छ ।

विद्यालयका प्रधानाध्यापकले फेल भएका शिक्षक स्वतः अवकास हुने भन्दै हाजिर रजिष्टरमा रातो लगाउन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको हो । कतिपय विद्यालयका प्रअले अनुत्तीर्ण भएका शिक्षकलाई नआउन निर्देशन दिइसकेका छन् । तर, वार्षिक परीक्षा भइरहेको अवस्थामा शिक्षकलाई बिदा गर्दा विद्यार्थीको प्रश्नपत्र कस्ले परीक्षण गर्ने भन्ने समस्या परेको छ ।