सहारा एकेडेमीका १० विद्यार्थी एसइईमा

यस वर्षको एसइई परीक्षामा सहारा एकेडेमीका १० विद्यार्थी सहभागी छन् । सहारा क्लब पोखराद्वारा पोखरा-१७ स्थित दोबिल्लामा सञ्चालित सहारा एकेडेमीमा आश्रित २८ बालकमध्ये १० जना यस वर्षको एसइई परीक्षामा सहभागी भएका हुन् ।

तस्वीर सहयोग : सुदर्शन रञ्जित

परीक्षामा सहभागी हुनेमा शिशिर क्षेत्री, कुशल बुढा मगर, प्रविश गुरुङ, कमल सुमाई मगर, सन्दिप क्षेत्री, शेखर भेटाल, निरज विक, सुश्मान दूरा, निश्चल भण्डारी र सन्देश गुरुङ छन ।

एकेडेमीमा आश्रित सबै बालक पोखरा–३३ स्थित शिशु कल्याण माविमा अध्ययनरत छन् । उनीहरूले केन्द्र भण्डारढिकस्थित जनप्रकाश उच्च माविबट यसवर्षको एसइई परीक्षा दिएको क्लबका पूर्व अध्यक्ष बिक्रम थकालीले जानकारी दिए ।