रामकोट माविलाई अमेरिकाबाट सहयोग

कास्कीको रुपा गाउँपालिका हंसपुरमा रहेको रामकोट मा.वि लाई प्राविधिक शिक्षाका लागि सहयोग पुग्ने गरी ५४ हजार ५ सय ५० रुपैया हस्तान्तरण गरिएको छ । 
कास्की समाज अमेरिकाले संकलन गरेको उक्त रकम विद्यालयका प्रधानाध्यापक भरतमणि भट्टराईलाई महासचिव मदन सुवेदी र संस्थापक सदस्य राजेन्द्रमणि भण्डारीले हस्तान्तरण गरेका हुन । 

विद्यालयका पूर्व विद्र्याीसमेत रहेका समाजका महासचिव सुवेदीले आफुले अध्ययन गरेको विद्यालयमा प्राविधिक शिक्षाको विकासका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए । कृषिको पकेट क्षेत्रका रुपमा रहेको हंसपुरमा जेटिए अध्यापनले कृषिको विकासमा सहयोग पुग्ने समेत सुवेदीले बताए ।

सदस्य भण्डारीले अमेरिकामा रहेका साथीहरुबाट थोरै थोरै रकम जुटाएर नेपालका विभिन्न क्षेत्रमा सहयोग पुर्याउनु समाजको उद्देश्य रहेको बताए । 

विद्यालयमा ८ महिना देखी जेटिएको कक्षा संचालन हुँदै आएको छ । सिटीईभिटीबाट मान्यता प्राप्त सो विद्यालयमा ११ जना विद्यार्थीले सो शिक्षा लिईरहेको ्रधानाध्यापक भट्टराईले जानकारी दिए । 
यसैविच जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरद्धारा संकलित सहयोग रकम दुवै हात नभएका विद्युत प्राधिकरणका कर्मचारी खोटाङका हरिकाजी ढुंगाना र बाँकेका बुद्धिमान कुँवरलाई हस्तान्तरण गरिएको छ । 

च्याप्टरले जनही ६५ हजार रुपैयाका दरले एक लाख ३० हजार रुपैया सहयोग गरेको सहकोषाध्यक्ष राजेन्द्रमणि भण्डारीले जानकारी दिए । 

संकलित रकम एक टेलिभिजन च्यानलका दोहोरी गीत कार्यक्रमका प्रस्तोता कृष्ण कंडेल मार्फत ढुंगाना र कुँवरका परिवारमा पुग्नेगरी च्याप्टरका महासचिव नेत्र के.सी र सहकोषाध्यक्ष राजेन्द्रमणि भण्डारीले हस्तान्तरण गरेका हुन ।

महासचिव के.सी ले दुवै हात नभएका ढुंगाना र कुँवरलाई सहज जीवन यापनका लागि उक्त रकम हस्तान्तरण गरिएको बताए ।