मुस्ताङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई (ईजिआरपि)को समिक्षा भएको छ ।ईजिआरपि समितिका पदाधिकारीबीच शनिवार जोमसोममा अन्तरक्रियात्मक समिक्षा भएको हो । वालवालिकाको सहज पढाई सीप बिकासमा ईजिआरपिको प्रगति र पाईला नेपालको समन्वयकारी भूमिका आदीमा छलफल भएको हो ।
कार्यक्रममा ईजिआरपिका क्षेत्रिय प्रवन्धक शसी शाहले प्रारम्भिक कक्षा पढाई कार्यक्रम नेपाल सरकारको नियमित कार्यक्रम भएको जानकारी दिए ।कक्षा १ देखि ३ सम्म पढ््ने स–साना वालवालिकाको नेपाली भाषा तथा मातृभाषाको बिकास तथा प्रर्वधनका लागि ईजिआरपि लागु भएको उल्लेख गरे ।उनका अनुसार सरकारले अब तराईका जिल्लामा मातृ भाषा शिक्षा लागु गर्ने तैयारी गरेको बताए ।उनले ईजिआरपि कार्यक्रमले वालवालिकाको मनोबैज्ञानिक क्षमताको बिकास गर्दै पढाई सीप बिकासमा योगदान पुग्ने दावी गरे ।
मुस्ताङमा सरकारको ईजिआरपि कार्यक्रमलाई अमेरीकी सहयोग नियोग अन्तर्गत पाईला नेपाल संस्थाले प्राविधिक सहयोग गर्दे आईरहेको छ ।कार्यक्रम व्यवस्थापिक प्रजु गुरुङले ईजिआरपि कार्यक्रम प्रभावकारी तुल्याउन पाईला नेपालले प्राविधिक सहयोगको जिम्मा लिएको बताईन्् ।उनले बिद्यालयको शिक्षक सिकाई तालिम र सन्र्दभ सामाग्री पढाईको क्षमता बिकासका लागि प्रत्येक बिद्यालयका २ जना नेपाली शिक्षकलाई तालिम प्रशिक्षण दिईरहेको सुनाईन्् ।मुस्ताङमा वालवालिकाको पढाई सीप बिकासका लागि अभिभावकलाई थप जागरुक बनाउन संस्थाले कार्य गर्दै आएको उनको भनाई छ ।‘

बिद्यालय व्यवस्थापन अनुगमन समितिको छनौटमा परेका १८ बिद्यालय र छनौटमा नपरेका ३६ बिद्यालयगरी जिल्लाका ५४ बिद्यालयलाई पाईला नेपालले पढाई सीप बिकासमा समन्वय गर्दै आएको छ,’उनले भनीन््,‘ अभिभावकले आफ््ना बालवालिकाको पढाईको बिकासका लागि गर्नुपर्ने दौतरी शिक्षा उपसमिति गठन ग¥यौ ।’उनका अनुसार मुस्ताङमा घुम्ती अभिभावकका वालवाललिका पढ््ने गरेकाले ईजिआरपि संञ्चालनमा चुनौति थपिएको उल्लेख गरिन्् ।
ईजिआरपिकी फिल्ड संयोजक तृप्ती चौधरीले प्रारम्भिक कक्षा पढाईका लागि एसमसी अनुगमनका लागि मुस्ताङका १८ बिद्यालयले जनही २ लाख अनुदान प्राप्त गरेको बताईन्् ।उनका अनुसार समूदायमा आधारित अनुदान रकम दौतरी शिक्षा तालिम,कक्षाकोठा छापायुक्त बनाउने,अभिभावक सम्मिलित वालवालिकाको पढाईका बिषयमा अन्तरक्रिया गर्ने ,अभिभावक र शिक्षकबीच पढाई सीप बिकासको क्षमता अभिबृद्धि गर्ने र घुम्ती पढाई कुनाको ज्ञान दिलाउने आदी खर्च बिनियोजन गरिएको हो ।
शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाईले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम मार्फत अभिभावक र वालवालिकाको शैक्षिक मनोबिज्ञानमा परिवर्तन आएको बताए ।उनले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम मुस्ताङ र मनाङ लगायत देशका १६ जिल्लामा सुरु भएको जानकारी दिए ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका बिद्यालय निरीक्षक ंटंकराज बरालले ईजिआरपि कार्यक्रमलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिए ।
शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाईको अध्यक्षतामा भएको समिक्षात्मक अन्तक्रियाको संञ्चालन ईजिआरपि मुस्ताङका प्रमुख बुद्धिबल थापा मगरले गरेका थिए ।
मुस्ताङमा ईजिआरपि कार्यक्रम सन्् २०१४ देखि सुरु भएको हो ।
यसको प्राविधिक सहयोग गर्न एक वर्षअघि यूएसआईडीको सहयोगमा पाईला नेपालले समन्वय गर्दै आईरहेको छ ।नेपाल सरकार बिद्यालय क्षेत्र सुधार कार्यक्रमको दस्तावेज अनुरुप ईजिआरपि शिक्षा लागु भएको हो ।
वालवालिको पढाई सीपलाई गति प्रदान गर्न कार्यक्रम अन्तर्गत सिविएग्रा अर्थात अभिभावक संगैको पढाई संञ्चालन हुने गरेको छ ।जसका कारण आफ््ना वालवालिकाको शैक्षिक क्षमताको पहिचान गर्न सहज हुने जनाईएको छ ।




