पिएनका सहप्राध्यापक गोपाल शिवाकोटी पक्राउ

पृथ्वीनारायण क्याम्पस (पिनएन)का सह प्राध्यापक डा. गोपाल शिवाकोटी चिन्तन पक्राउ परेका छन् । २ करोड ७६ लाख भन्दा बढी ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार उनलाई पक्रेको हो ।

कानुन विश्वविद्यालय खोल्ने भन्दै उनीलगायतका व्यक्तिले यति रकम उठाएर ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुले मञ्जुश्री एकेडेमी प्रालि नामको विश्वविद्यालय खोल्ने भन्दै पैसा उठाएको एसएसपी वसन्त लामाले बताए ।