अस्टेलिया पुगेका हजारौ नेपालि नर्सहरुको बिचल्ली

नर्सिंग मा आफ्नो भबिष्य देखेर अस्टेलिया पुगेका नेपाली नर्सह हरुको बिचल्ली भएको छ । सिधा कुरा जनता संगको लाइभ मा आएर उनीहरु आफ्नो भबिष्य बर्बाद भएकोमा चिन्तित देखिन्थे ।

आमा बुबाले दुख गरेर जोडेको सम्पति खर्चेर अस्टेलिया पुगेका उनीहरु बिचल्लीमा परेका हुन् । भक्तपुरका सुजन श्रेष्ठ दुइ वर्ष अघि नर्सिङमा भविष्य सुनिश्चित पार्ने सपना बोकेर अष्ट्रेलिया उत्रिए ।

आफुले अध्ययन गरिरहेको व्रिजवेनको अष्ट्रेलियन इष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइबिटी ) ले डिप्लोमा इन नर्सिङ विषयको सम्बन्धन नै लिन नसकेपछि पढाइ अन्यौलग्रस्त बनेको हो ।अष्ट्रेलियामा नर्सिङ पढाउने कलेजहरुले अष्ट्रेलियन नर्सिङ एण्ड मिड वाइफरी एक्रिटिडेसन काउन्सिल (एनम्याक)बाट सम्बन्धन लिनुपर्छ ।

सम्बन्धन नलिएका कलेजहरुले पढाएको नर्सिङ विषयको कुनै मान्यता हुदैन ।‘दुइ वर्ष पढियो, झण्डै २० हजार डलर पनि खर्च भइसक्यो’ सुजनले गुनासो गरे – ‘अब कलेजको नर्सिङ विषय नै दर्ता नभएपछि सर्टिफिकेट पनि नपाइने भयो’ ।

एआइबिटीबाट नर्सिङ पढाइ नहुने भएपछि सुजनले अन्य विश्वविद्यालयमा व्याचलर अध्ययनका लागि आवेदन दिए । तर, उनको डिप्लोमाले नै मान्यता नपाएका कन्फरमेसन अफ इनरोल्डमेन्ट (सिओइ) पाएनन् ।

भिषा मार्चमा सकिदैछ । भिषा थप्न के गर्ने भन्ने चिन्ताले सता उन थालेको छ उनलाई ।

सुजनकै जस्तै नियती भोगेकी छिन् सिड्नीको एआइबिटी कलेजमा डिप्लोमा इन नर्सिङ पढिरहेकी सोनी श्रेष्ठले पनि ।

लम्जुङकी सोनीले एक वर्ष पढेपछि मात्रै आफ्नो विषय एनम्याकमा दर्ता नभएको चाल पाइन् । त्यसपछि उनको होसहवास उडेको छ ।कलेजले चित्तबुझ्दो जवाफ नदिएपछि उनी के गर्ने भन्ने अन्यौलमा छिन् ।सोनी र सुजनमा प्रतिनिधी पात्रा मात्रै हुन् ।

एआइबिटीमा अध्ययनरत झण्डै एक हजार नेपाली विद्यार्थीको भविष्य अन्यौल बन्दै गएको छ अष्ट्रेलियामा ।एआइबिटीमा पढ्ने नेपाली विद्यार्थीहरुले फेसबुकमा स्टुडेन्ट भोइस नामक गोप्य समुह बनाएर आ आफ्ना पिडा पोखिरहेका छन् ।

विद्यार्थीहरुले कलेज प्रशासनसंग पटक पटक छलफल गरेपनि कुनै नतिजा निस्किन सकेको छैन ।

लाखौ रुपैया खर्च गरेर अष्ट्रेलिया पढ्न आएका ती विद्यार्थीको भविष्य अब के होला र कलेज प्रशासनसंगको छलफलबाट कुनै समाधान ननिस्किएपछि एआइबटीका वि द्यार्थीले अन्तराष्ट्रिय विद्यार्थीहरुको साझा काउन्सिल (सिसा) मा उजुरी गरेका छन् ।

एआइबिटी बारे विद्यार्थीहरुको थुप्रै गुनासा आएको सिसाका अध्यक्ष विजय सापकोटाले पुष्टी गरे ।‘हामीलाई थुप्रै विद्यार्थी साथीहरुले उजुरी गर्नुभएको छ’(सापकोटाले भने(‘त्यसमा के भएको हो हामी छानविन गरिरहेका छौ’ ।

विद्यार्थीहरुलाई परेको समस्या सामाधान गर्न सिसा गम्भिर भएको भन्दै अध्यक्ष सापकोटाले भने – ‘विद्यार्थीको पैसा फिर्ता गराउन, उचित क्षतिपुर्ति दिन र कलेजलाई कारवार्ही गर्न सिसा सक्रिय रुपमा लाग्ने छ’ ।

विद्यार्थीहरुलाई नआत्तिन पनि अध्यक्ष सापकोटाले अनुरोध गरे ।एआइबिटी कलेजमा अध्यनरत सयौ नेपाली विद्यार्थीको गुनासो सार्वजनिक भएपछि क्यानवेरास्थित नेपाली दुतावास पनि गम्भिर बनेको छ ।

दुतावासले शुक्रबार अष्ट्रेलियाको शिक्षा विभागमा पत्र पढाइ एआइबिटी बारे छानविन गर्न माग गरेको छ ।‘हामीले एआइबिटी बारे छानविन गर्न शिक्षा विभागलाई पत्र लेखेका छौ – कार्यवहाक राजदूत दुरपदा सापकोटाले भनिन् – ‘यस बारे छिटै टुंगो लाग्नेछ’ ।

शिक्षा विभागले अन्य निकायसंग छलफल गरि कारवाही अगाडी बढाउने जवाफ पठाएको कार्यबहाक राजदुत सापकोटाले जानकारी दिए । विद्यार्थीहरुलाई नआत्तिन पनि दुतावासले अनुरोध गरेको छ ।

आफ्ना विद्यार्थीले सामाजिक संजालदेखि विद्यार्थी काउन्सिल सम्म उजुरी र गुनासा गर्न थालेपनि अष्ट्रेलियन इष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइबिटी)ले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।तर, नेपाल ट्युब अष्ट्रेलियासंग कुरा गर्दै कलेजका गुनासो सुन्ने विभागका प्रमुख शान ज्याकसनले विद्यार्थीहरु को गुनासा छिट्टै सामाधान गरिने दावी गरे ।

कलेजबारे फैलिएको हल्लाको पछाडी नलाग्न आग्रह गर्दै ज्याकसनले भने – ‘हामी विद्यार्थीको गुनासा बारे गम्भिर छौ र २४ घण्टा भित्रमा प्रेस रिलिजमार्फत सबै कुरा स्पष्ट पार्नेछौ’ ।नर्सिङको सम्बन्धन लिने परीक्षणकै क्रममा धमाधम विद्यार्थी भर्ना गर्ने प्रचलनले यो स्थिती सृजना भएको हो । त्यसमा नेपाली शैक्षिक परामर्शदाताहरुको कामकारवाही आलोचना योग्य बनेको छ ।

परामर्शदाताहरुको कमिसन मोह र विद्यार्थी तथा अभिभावकलाई नेपालमा जानकारी नदिइ भइहाल्छ र पाइहाल्छ भन्ने प्रवृत्तिले यस्तो अवस्था निम्त्या एको बताउछन् विद्यार्थीहरु