
पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुबहरुमा गीत गाएर भाइरल भएका झापा दमकका १२ वर्षीय बाल गायक अशोक दर्जीको हालको नयाँ विद्यालयमा पहिलोपटक मिडियामा पुगेको छ ।
अदभूत गायन क्षमताका कारण, छोटो समयमा नै चर्चामा रहेका उनलाई सुरुमा उर्लाबारी स्थित बेथेल एजुकेशनएकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाएको थियो तर पछि गायक तथा संगीतकार टंकबुढाथोकीले उनलाई काठमाडौँ नै ल्याएर पढाएका थिए ।
तर, आजसम्म उनको काठमाडौँको स्कुलको कुनै पनि कुरा बाहिर मिडियामा आएको थिएन भने आज पहिलोपटक सार्वजनिक गरेको छ ।
हाल, अशोक दर्जी काठमाडौँको तिनकुनेमा रहेको एप्पल इन्टरनेशनल स्कुलमा ए आर बुढाथोकी सँग नै पढिरहेका छन् । उनीहरूको स्कुलमा आउँदै गरेको फाल्गुण ११ गते आफ्नो वार्षिक उत्सव कार्यक्रम मनाउँदैछन् भने सोही कार्यक्रमको तयारीमा जुटेका अशोक र एआरको क्रियाकलाप साथै केही कुराकानी यस भिडियोमा प्रस्तुत गर्दैछौँ ।