अर्थ, वाणिज्य

पुम्दीभुम्दी सहकारी २ वर्षमा

पोखरा २२ कार्यक्षेत्र बनाएर स्थापना भएको पुम्दीभुम्दी बचत तथा ऋण सहकारी दोस्रो वर्षमा प्रवेश गरेको छ । सहकारीले आइतबार पहिलो वार्षिकोत्सव समारोह आयोजना ग¥यो । कार्यक्रममा पोखरा महानगरपालिका २२ का वडाध्यक्ष मित्रलाल बरालले सहकारीले आर्थिक पारदर्शितालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गरे । उनले टोल टोलमा भएका बचत तथा लगानी कारोबार गर्ने संघ, संस्थालाई एकीकरण गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । पोखरा २२ का वडा सचिव रामप्रसाद पौडेलले सहकारी… पुरा पढौ

नेपालीले चार महिनामै साढे १८ करोडको चुइगम चपाए

देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् ।   भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइगम नेपाल भित्रिएको छ ।  यसको मूल्य १८ करोड ४८ लाख ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले… पुरा पढौ

पोखरा १७ मा के छ, के हुँदै छ ? (हेर्नुस् डकुमेन्ट्री )

पोखरा चिनाउने डेभिजफल, गुप्तेश्वर गुफा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, सेतीमाथिको प्राकृतिक पुल पोखरा १७ मा छन् । अनेक आर्कषक प्राकृतिक सम्पदा रहेको पोखरा १७ कै डेभिजफलमा सिसाको पुल बन्ने क्रममा छ भने बन्जी जम्प र फिस्टेल ड्रिमपार्क निर्माणधीन छन् । पोखरा महानगरकै बढी जनसंख्या रहेको वडाले पर्यटन प्रवद्र्धन गर्दै वडावासीको समृद्धिको योजना बनाएको छ । वडाले निर्माण गरेको डकुमेन्ट्री महानगरका मेयर मानबहादुर जिसीले सार्वजनिक गरे । २२ मिनेटको डकुमेन्ट्री जोजास मिडिया… पुरा पढौ

गरिमा विकास बैंकको साधारणसभा

गरिमा विकास बैंक लिमिटेडको १३औं बार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।साधारणसभाले शेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनश शेयर र कर प्रयोजनाथ ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ । साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । साधारणसभाबाट विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रश्ताव समेत पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी… पुरा पढौ

जनकपुरबासीलाई पोखरा सडक महोत्सवको निम्तो

रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१ औं पोखरा सडक महोत्सवको निम्तो बाड्दै पोखराका व्यवसायी देश दौडाहामा निस्केका छन् । बिहीबार पोखराबाट निस्केको टोली शुक्रबार जनकापुर पुगेर पत्रकार सम्मेलन गरेको छ । पोखरामा पर्यटन प्रर्बधन गर्न आयोजना गर्दै आएको सडक महोत्सव पुस १२ गतेदेखि १६ गते (डिसेम्बर २८ देखि जनवरी १ सम्म) सम्म सञ्चालन हुनेछ । सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अङ्गेजी नयाँ वर्षका अवसरमा… पुरा पढौ

सिर्जनाचोकमा आकाशे पुल शिलान्यास

सवारी व्यवस्थापन चुस्त बनाउन पोखराका मुख्य चोकमा आकाशे पुल निर्माण गरिने भएको छ । शुक्रबार पोखरा महानगरपालिका ८ सिर्जनाचोकमा निर्माण हुने आकाशे पुल मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शिलान्याश गरे । २ करोड ३० लाख ११ हजार रुपैयामा बन्ने पुल ‘स्टील ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रीज हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले दिगो हुने गरु आकाश पुलहरु निर्माण गर्नुपर्ने बताए । प्रदेशको राजधानी पोखराको सवारी व्यवस्थापन गर्न सडकहरु… पुरा पढौ

ठिनी–तिलिचो सडकमा मनाङको चाँसो

समुन्द्री सतह देखि ४ हजार ९ सय १९ मिटर अग्लो उचाईमा रहेको विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तब्य तिलिचो ताल जोड्ने छोटो दुरीको ठिनी – तिलिचो सडक विस्तारप्रति मनाङले अघोषित बिरोध जनाएको छ । मनाङ स्थित ङिस्याङ गाउपालिकाले मुस्ताङ स्थित एक्याप कार्यालय जोमसोमलाई संरक्षित क्षेत्रमा अन्धाधुन्द सडक बिस्तार भईरहेकोमा बिरोध स्वरुप ध्यानआर्कषण गराएको हो । उपल्लो मनाङ स्थित ङिस्याङ गाउपालिकाले गत भाद्र १२ गते एक्याप जोमसोमलाई पत्र मार्फत सडक बिस्तार बारे ध्यानआर्कषण… पुरा पढौ

गाउँ गाउँ सरकार पुग्यो, अब विकास पुग्छ : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका विकासका अवरोधकलाई हटाएका कारण अब विकासले गति लिने बताएका छन् । पोखराका २३ चापाकोटमा चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृति महोत्सवको उद्घाटन गर्दै उनले विकासका बाधकलाई नेपाली जनताले हटाइ सकेका कारणा अब गाउँ गाउँसम्म विकास पुग्ने बताए । ‘पहिले विकासका वाधक राजा थिए, राजा हटायो,’ उनले भने ‘नेपालमा एउटा मात्रा सरकार थियो, अहिले गाउँ गाउँसम्म सरकार पु¥याएका छौ ।’ उनले अब गाउँ गाउँ सम्म विकास… पुरा पढौ

चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर १५ करोड ठगी

भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ परेका हुन् ।उनीहरुले नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजनामा काम गरेका थिए । उनीहरुले ठगी गरेको रकमको १५ देखि २० प्रतिशत कमिसन राखेर बाँकी रकम… पुरा पढौ

चेतनामा तीर्थ र जगत सम्मानित

चेतना बचत तथा ऋण सहकारीले पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारी र पोखरा ६ का अध्यक्ष जगतबहादुर पहारीलाई सम्मान गरेको छ । सहकरीको १९ औं वार्षिक साधारणसभामा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले उनीहरुलाई सम्मान गरेका हुन् । तीर्थ र जगत दुवै चेतनाका सेयर सदस्य हुन् । कार्यक्रममा प्रदेशसभा सदस्य पहारील्े सहकारीले पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख गरे । उनले फेवाताल संरक्षणका लागि थोरै भए पनि लगानी गरी सामाजिक दायित्व निर्वाह… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं