ताजा समाचार

मंसिर २९ गते २०७६

पुम्दीभुम्दी सहकारी २ वर्षमा

पोखरा २२ कार्यक्षेत्र बनाएर स्थापना भएको पुम्दीभुम्दी बचत तथा ऋण सहकारी दोस्रो वर्षमा प्रवेश गरेको छ । सहकारीले आइतबार पहिलो वार्षिकोत्सव समारोह आयोजना ग¥यो ।

कार्यक्रममा पोखरा महानगरपालिका २२ का वडाध्यक्ष मित्रलाल बरालले सहकारीले आर्थिक पारदर्शितालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गरे । उनले टोल टोलमा भएका बचत तथा लगानी कारोबार गर्ने संघ, संस्थालाई एकीकरण गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

पोखरा २२ का वडा सचिव रामप्रसाद पौडेलले सहकारी संस्थाहरुले बचत तथा ऋण व्यवस्थित बनाउन नीतिगत रुपमै व्यवस्था गर्नुपर्ने आवश्यकता आंैल्याए । संस्थाका अध्यक्ष यामकुमार बरालले सहकारी नमुना बनाएर यस क्षेत्रका बासिन्दाको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने प्रतिवद्धता गरे ।

सभामा उनले नयाँ सञ्चालक समिति गठनपश्चात भएको कार्यप्रगति विवरण, आगामी कार्यक्रम तथा योजनासमेत प्रस्तुत गरे । ४ सय ५१ जना सेयर सदस्य रहेको सहकारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै २२ नं. वडामा भएका सम्पूर्ण विद्यालयमध्येबाट उत्कृष्ट ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

महेश्वरी माविबाट कक्षा ५ उत्तीर्ण गर्ने प्रतिमा नेपाली, शुक्रराज माविबाट कक्षा ८ उत्तीर्ण गर्ने अर्चना बराल र शुक्रराज माविबाटै कक्षा १० उत्तीर्ण गर्ने तिर्सना बराल जनही १ हजार ५ सयसहित पुरस्कृत भए ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष लक्ष्मीप्रसाद बराल, सचिव प्रमोद बराल, सदस्य सुरज बराल लगायतले बोलेका थिए ।