अर्थ, वाणिज्य

वाइड बडीबारे अनुसन्धान गर्न समिति

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन ७ सदस्यीय उपसमिति गठन गरेको छ । समितिले वाइड बडी विमान खरीद सम्बन्धमा १५ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न सांसद राजेन्द्र केसीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको सभापति भरतकुमार शाहले जानकारी दिए । उपसमितिमा सदस्यहरू प्रेमबहादुर आले, मीना सुब्बा, चन्दा चौधरी, कृष्णलाल महर्जन, प्रदीप यादव र धर्मशीला चापागार्इं छन् ।… पुरा पढौ

बिना धितो ऋण: चार हजार तीन सय विपन्न कृषकलाई

 विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ । बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छ्रे बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा  हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हेफरका राष्ट्रिय निर्देशक डा शुभनारायण महतो, युकेएड सक्षमका कार्यक्रम संयोजक निर्मल दाहाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गर्नुभयो । देशका १४ जिल्लामा यो कार्यक्रम लागू हुनेछ । कार्यक्रम लागू हुने जिल्लाका… पुरा पढौ

पुल बनाउन स्वीकृति

बागलुङ सदरमुकामको बाङ्गेचौर देखि पर्वतको पाङ जोड्ने अग्लो झोलुङ्गे पुल बनाइने भएको छ । अर्थ मन्त्रालयले पुल निर्माणका लागि बजेट दिने सहमति दिएपछि बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिका जोड्ने गरी मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल निर्माण हुने निश्चित भएको हो ।  बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने गरी निर्माण गर्न लागिएको पुल ५ सय ६७ मिटर लामो र १ सय ६० मिटर अग्लो हुनेछ । सस्पेन्सन… पुरा पढौ

गण्डकीका स्वरोजगार व्यापार श्रमिक संगठित

नेपाल स्वरोजगार व्यापार श्रमिक संघको प्रथम गण्डकी प्रदेश भेला मंगलबार भएको छ । भेलाले अर्जुन सुनारको अध्यक्षतामा संघको गण्डकी प्रदेश कमिटी गठन गरेको छ । संस्थाको उपाध्यक्ष गोविन्द गौतम, सचिव वैकुण्ठ पोखरेल, सहसचिव विष्णुहरि पौडेल र कोषाध्यक्षमा रेशमलाल तिमिल्सिना छन् । कमिटीको सदस्यमा शिव लामिछाने, बालकुमारी श्रेष्ठ, कुमारी गरौंजा मगर र चन्द्रा धमेल छन् । भेलामा नेपाल टेड युनियन महासंघ(जिफन्ट) महिला कमिटी अध्यक्ष तथा गण्डकी प्रदेश सभा सांसद मीना गुरुङले… पुरा पढौ

चिकित्सालय बन्दै तातोपानी कुण्डहरु

प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरूका लागि म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डहरू बरदान सावित भएका छन् । खास गरी बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको जस्ता समस्याहरूबाट आक्रान्त व्यक्तिहरूका लागि यहाँका तातोपानी कुण्डहरू लाभदायी भएका हुन् । जाडोयाममा बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी दुःख दिने हुँदा अहिले देशैभरिबाट बेनी नपा–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर उपचार गर्न आउनेहरूको भीड लागेको छ । कात्तिक अन्तिम… पुरा पढौ

गण्डकीको पर्यटकीय पहिचानका लागि कार्यशाला

नेपाल पर्यटन बोर्ड पोखराको आयोजनामा गण्डकी प्रदेशको विशिष्ट पर्यटकीय पहिचान सम्बन्धमा छलफल गर्ने लक्ष्यका साथ सरोकारवाला सहितको उपस्थितिमा एक दिवसीय कार्यशाला पोखरामा सुरु भएको छ । कार्यशालामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुरूप पूर्वाधार निर्माणका कामलाई तीव्रता दिइएको बताए । नेपालमा पर्यटनको विविध सम्भावना रहेको उल्लेख गर्दै उनले सम्भावनाको अधिकतम उपयोग गर्न सकेमा यो आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने विश्वास… पुरा पढौ

राजधानीको पेप्सीकोलामा भेटियो “अनौठो पसल” (हेर्नुहोस भिडियो )

नेपालका विभिन्न भू(भागमा उत्पादित घरेलु सामग्रीलाई प्रवद्र्धन तथा प्रोत्साहन गरी घरेलु उद्योगबाट उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले राजधानीको पेप्सीकोलास्थित मनोज अधिकारीले कोसेली घर खोलेका छन्। जुन स्टोरलाई अर्ग्यानिक फुड सप भनेर चिनिन्छ। अहिले विश्वभरी जताततै अर्ग्यानिक खाध्यवस्तुको माग बढ्दो छ। त्यसलाई ध्यानमा राखेर यस कोशेली घर स्थापना गरिएको यहाँका संचालक मनोज अधिकारी बताउँछन। यहाँ इलामका घ्यु, छुर्पी, चियापती, हुम्लाका सिमिको दाल, झापाको आलस, देखि भकुन्डे वेसिको तेलसमेत पाइन्छ। इलामका मनोजले… पुरा पढौ

कृत्रिम ताल बनाएर बुवाको सम्झना

 रामपुरका स्थानीयवासी कृष्णप्रसाद भण्डारीले बुबाको सम्झनामा कृत्रिम ताल बनाएका छन् ।भण्डारीले रामपुर नगरपालिका–५ स्थित तल्लो भम्बक बहखोला किनार नजिकै छ रोपनी जमीनमा स्व बुवा हरिकृष्ण शास्त्रीको नाममा ताल निर्माण गरेका हुन् । “बुबाको पहिलेदेखिको सपना रहेको र रामपुरको पर्यटन विकासलाई अगाडि बढाउन मद्दत पुगोस् भन्ने उद्देश्यले ताल निर्माण गरिएको हो”, उनले भने । पर्याप्त सिँचाइ सुविधा पुगेको तीन बाली उत्पादन हुने खेतीयोग्य जमीन मासेर ताल निर्माण गरिएको छ । छ… पुरा पढौ

किसानलाई जग्गा खोजिदिँदै प्रदेश सरकार

प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु भएको छ । भूमिहीन किसानलाई लक्षित गरी प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले करार खेती कार्यक्रम अघि सारेको हो । जग्गा अभावमा खेती गर्न नपाएका किसानलाई मन्त्रालयले करारमा जग्गा उपलब्ध गराउने नयाँ योजना ल्याएपछि करार खेतीका लागि ६५ जना कृषकले आवेदन दिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिए । “पहिलो चरणको… पुरा पढौ

सफल एक्स्पो पोखरा सम्पन्न, सफल भएको आयोजकको दाबि

पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला २०७५’ को सोमबार समापन भएको छ । मेला समापन समारोहमा प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले आर्थिक चलायमान बनाउन मेला महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए । गण्डकी प्रदेशको राजधानि पोखरा भएको कारणले पनि यहाँ आयोजित मेलाले विशेष महत्व राखेको बताउँदै व्यावसायिक सुदृढीकरणका लागि वाणिज्य संघले यस किसिमका मेलालाई निरन्तरता दिन आग्रह गरे । गण्डकी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं