अर्थ, वाणिज्य

क्यान्सर पीडित सुजनलाई सहयोग

 तीन वर्षदेखि अर्बुद्ध रोगसँग जुधिरहेका पोखरा महानगरपालिका–१० बुद्धचोक निवासी २४ वर्षीय सुजन पुनलाई ‘पुन समाज नेपाल, बेलायत तथा कोरिया’ले आर्थिक सहयोग गरेको छ । बेलायत र कोरियामा सङ्कलन भएको रु छ लाख ९५ हजार पुन समाज नेपालका पदाधिकारीले पीडित सुजनलाई हस्तान्तरण गरेका हुन् । बेलायतमा रु तीन लाख ५७ हजार र कोरियामा रु तीन लाख ३८ हजार सङ्कलन भएको समाजका वरिष्ठ उपाध्यक्ष खिमन पुनले जानकारी दिए ।     म्याग्दीको… पुरा पढौ

इक्यान तयारी अन्तिम चरणमा

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने ‘इक्यान शैक्षिक मेला’को तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २६ देखि २८ गतेसम्म पोखरा सभागृहमा हुुने मेलाका लागि आवश्यक तयारी सकिएको इक्यान कास्की सचिव तथा प्रचारप्रसार संयोजक रुद्रप्रसाद अर्यालले बताए । मेलामा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहनेमा विश्वस्त रहेको अध्यक्ष भुवन क्षेत्रीले बताए । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकका लागि मेला निकै उपयोगी हुनेछ,’ उनले… पुरा पढौ

सानिमाको नयाँ बिमा पोलिसी

सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ गरिएको हो । बीमा अवधिभरि बोनस सुविधासहित नयाँ योजनाको शुभारम्भ गरिएको सञ्चालक समितिका अध्यक्ष कुमारप्रसाद कोइरालाले जानकारी दिए । बीमा कम्पनीलाई देशकै उत्कृष्ट बनाउने योजनाका साथ अघि बढेको दाबी गर्दै उहाँले जीवन सुरक्षाका लागि बीमा अनिवार्य भएको बताए । बीमामा १६ देखि ६०… पुरा पढौ

रामपुरमा ५० बेडको सरकारी अस्पताल

 पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन बनाउन थालिएको छ ।यहाँ सञ्चालनहुँदै आएको रामपुर अस्पताललाई अत्याधुनिक सुविधासम्पन्न पचास शय्याको सरकारी अस्पताल बनाउन लागिएको हो । हाल १५ शय्याको क्षमतामा सञ्चालित उक्त अस्पतालले अब घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित क्षमता बढाएर ५० शय्याको सुविधासम्पन्न भवन निर्माणका लागि २२ करोड २२ लाख पाँच हजार ३ सय ८३ को बजेट टुछ्याइएकामा रविना कन्स्ट्रक्सन प्रालि काठमाडौँले… पुरा पढौ

लेखनाथ महोत्सव हेर्न स्थायी पास

लेखनाथमा हुने १५ औं लेखनाथ महोत्सवका लागि स्थायी पास बिक्री सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना र विभिन्न संघ संस्थाको सहयोग र सहभागितामा हुन लागेको महोत्सव ‘लेखनाथको संस्कृति स्थानीय उत्पादनको विकास र समृद्धी’ भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि १६ गतेसम्म हुँदै छ । पोखरा २७ डाडाँकोनाक तालचोकमा हुने महोत्सवमा १२ दिनका लागि एउटै पासले काम गर्ने गरी तयार पारिएको… पुरा पढौ

प्रवेश शुल्क खारेज माग गर्दै एक्यापमा तालाबन्दी

स्थानीय अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्रमा प्रवेश गर्दा नेपालीले तिनुपर्ने प्रवेश शुल्क विरुद्ध आन्दोलित भएका छन् । उनीहरुले शुल्क खारेज ीगर्न माग गर्दै एक्याप कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । एक्यापले नेपालीसँग १ सय रुपैयाँ प्रतिव्यक्ति प्रवेश शुल्क लिन थालेको छ । कतै कतै यसको दोब्बर शुल्कसमेत असुलिएको उनीहरुको आरोप छ । कास्कीका साविक घान्द्रुक, लुम्ले र दाङसिङका बासिन्दाले शुल्क खारेज नगरेसम्म आन्दोलन फिर्ता नगर्ने जनाएका छन् । उनीहरुले टेकबहादुर… पुरा पढौ

नयाँबजारमा आयोजित मेलाको समापन आज

 बम्पर उपहार खोलिने, मनोरञ्जनात्मक गतिविधी साँझसम्मै पोखरा, २३ मंसिर । पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरिएको मेलाको आज समापन हुँदैछ । मेला समापनको प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ रहनु हुनेछ । दिउसो २ बजे सुरु हुने औपचारिक समारोहमा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा र पोखरा महानगरका मेयर मानबहादुर जिसी विशेष अतिथी रहनुहुनेछ । मेला र महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट… पुरा पढौ

सेयर लगानीकर्ताले अर्थमन्त्रीको राजीनामा माग्दै शुरु गरे अनशन

सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन शुरु गरेका छन्।राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आईतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन शुरु गरेका हुन्। तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले जानकारी दिए। सेयर बजारका लागि संचालनमा ल्याइएको अनलाईन कारोबार प्रणालीले काम… पुरा पढौ

उवासंघ बागलुङ अध्यक्षमा युवराज विजयी

उद्योग वाणिज्य संघ बागलुङको १७ औं अध्यक्षमा युवराज राजभण्डारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा खसेको १ हजार १ सय ३३ मतमा युवराज राजभण्डारीले ५ सय ९४ मत प्राप्त गर्दै १७ औं अध्यक्ष बन्न सफल भएका हुन् । उनका प्रतिद्वन्द्वी दयाराम पौडेलले ५ सय १९ मत प्राप्त गरे । ७५ मतान्तरले राजभण्डारी आगामी तीन बर्षको लागि उवासंघको अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य सदस्यहरुको मत परिणाम भने आउने क्रम… पुरा पढौ

कृषि नमूना फार्मका लागि ५ गुणा बढी आवेदन

माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका गोपाल पोखरेलले ३ वर्षदेखि पशुपालन गर्दै आएका छन् । भारद्वाज कृषि फार्म दर्ता गरेर सुरुमा १० वटा भैंसीबाट पशुपालन थालेका उनले व्यवसाय विस्तार गर्ने सोचमा छन् । कृषि मन्त्रालयले नमूना फार्म स्थापना गर्न अनुदान उपलब्ध गराउन व्यावसायिक प्रस्ताव माग गरेपछि पोखरेल पोखरा १२ माटेपानी स्थित भेटेनरी अस्पतालमा आफ्नो व्यावसायिक सोचअनुसार व्यवसाय उन्मुख फार्म स्थापनाको लागि निवदेन दर्ता गराए । पोखरेलले भने, ‘व्यवसाय विस्तार गरेर जीविकोपार्जनका साथमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं