बाझापाटनमा पोखरा फाइनान्स

पोखरा फाइनान्स लिमिटेडले पोखरा १३ बा“झापाटनमा शाखा खोलेको छ । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तार गर्न खोलिएको शाखा पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिसीले उद्घाटन गरे ।


कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष लेखबहादुर तामाङ, भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख नवराज रेग्मी, कोन बचत तथा ऋण सहकारीका अध्यक्ष शरदकान्त सिग्देल, पोखरा फाइनान्सका कार्यकारी प्रमुख र फाइनान्सका अध्यक्ष भुवनसिं गुरुङले बोलेका थिए ।


चुक्ता पु“जी ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप संकलन ५ अर्ब ७ करोड तथा कर्जा लगानी ४ अर्ब ४३ करोड छ ।