विश्व

आगलागीमा परी १५ हजार घर खरानी, हजारौं मानिस घरबारविहीन

बंगलादेशको राजधानी ढाकामा रहेको एक सुकुम्बासी बस्तीमा भीषण आगलागी हुँदा १५ हजार घर जलेर खरानी भएको छ ।   चालान्तिका सुकुम्बासी बस्तीका ५ हजार घर नष्ट भएपछि ५० हजार मानिस घरबारविहीन भएका छन् ।  शुक्रबार अबेर राति भएको आगलागीमा धेरै घरमा प्लाष्टिकको छानो रहेकाले आगो धेरै फैलिएको थियो ।  यति ठूलो घटनामा कसैको ज्यान नगए पनि थुप्रै मानिस घाइते भएका छन् ।  गत फेब्रुअरीमा ढाकामै आगलागी हुँदा ८० जनाको ज्यान गएको… पुरा पढौ

भारत र पाकिस्तानबीच गोली हानाहान

जम्मू कश्मीरको विषेशाधिकार खारेज भएपछि भारत पाकिस्तानबीच तनावमा अवस्था रहेको छ । दुबै देशले सिमा क्षेत्रमा सैन्य गतिविधि बढाएका छन् भने भारतले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै पाकिस्तानले सिमामा सैनिक विमानसहित अत्याधुनिक हतियार र सेना परिचालित गरेको छ । यसबीच भारत पाकिस्तानबीच दोहोरो भिडन्त भएको छ । पाकिस्तानी सेना मेजर जनरल आशिफ गफूरले ट्वीटरमाफर्त एलओसीमा भारत पाकिस्तानबीच दोहोरो भिडन्त भएको उल्लेख गरेका छन् । एलओसीमा भारतीय सैनिकले घुुसपैठ… पुरा पढौ

बाढीमा परी १०४ को मृत्यु , ३६ बेपत्ता

भारतको केरला राज्यमा आएको मनसुनी बर्षापछि देखापरेको बाढी, डुबान र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार दिउसोसम्म १०४ पुगेको छ ।     राज्यको प्रकोप व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार बाढीका कारण अरु ३६ जना अझै हराइरहेका छन् भने ३६ जना घाइते अवस्थामा छन् ।     प्राधिकरणका अधिकारीहरुले यो विवरण यही अगस्ट ८ देखि अगस्ट १५ (बिहीबार) दिउँसो ३ बजेसम्मको भएको बताएका छन् ।     केरलाको मालापुरम जिल्लामा बाढीको सवैभन्दा धेरै प्रभाव… पुरा पढौ

कश्मीरमा गोली हानाहान, ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु

कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाका प्रमुख मेजर जनरल आसिफ गफूरले बिहीबार साँझ ट्वीटरमार्फत यसको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ‘कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान भएपछि कम्तीमा ३ पाकिस्तानी र ५ भारतीय सैनिक मारिए ।’ पाकिस्तानी सेनाको भनाइको खण्डन गर्दै भारतीय सेनाले भने आफ्नो ५ जना सैनिक मारिएको कुरा अस्वीकार गरेको छ । भारतीय सेनाले प्रतिस्पर्धा… पुरा पढौ

विमान मकैबारीमा आकस्मिक अवतरण ! (भिडियोहित)

मस्कोको एक विमानस्थलमा बिहीबार एक विमानले मकैबारीमा आकस्मिक अवतरण गरेको छ ।  आकस्मिक अवतरणको क्रममा सबै यात्रु सकुशल रहेका छन्  ।  समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको  यस विमानमा  रहेका एक पनि यात्रु घाइते नभएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।  एक सय भन्दा बढी यात्रु सवार रहेका यस विमानलाइ मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको र सवै यात्रुलाई उद्धार गरिएको जनाइएको छ । यस समाचारको विस्तृत विवरण… पुरा पढौ

अभिनन्दनलाई “वीर चक्र” बाट सम्मान

श्मीरको पुलवामा आतंककारी आक्रमण भएपछि भारत पाकिस्तानबीच पनि अघोषित युद्ध नै चलेको थियो । भारतले पुलवामाको बदला लिन बालाकोटमा आक्रमण ग¥यो भने पाकिस्तानले पनि भारतीय भूमिमा पसेर आक्रमण गरेको थियो । त्यसपछि दुबै देशले एक अर्काको वायुसेनाको विमान खसालेको दाबी गरेको थियो । त्यसबीचमा पाकिस्तानले आफुले भारतीय वायु सेनाको विमान खसालेको दाबी ग¥यो । जसलाई भारतले अस्वीकार गरेको थियो ।उक्त विमान खसालिएको नभई दुर्घटनामा परेको उसको दाबी थियो । जुन… पुरा पढौ

जम्मु–कश्मीरका नेपालीबारे सुरक्षा चासो

जम्मु–कश्मीरमा रहेका नेपालीहरुको पछिल्लो अवस्थाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासले त्यहाँका प्रवासी नेपालीहरुका संगठनका प्रतिनिधिसँग छलफल गरेको छ ।  नरेन्द्र मोदी सरकारले गत साता जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ विभिन्न पेशा व्यावसाय गर्दै आएका करिब ८० हजारको संख्यामा रहेका नेपालीको सुरक्षाबारे केन्द्रित गरेको थियो ।  छलफलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले प्रवासी संगठनका प्रवासीसंघका प्रतिनिधिसँग जम्मु–कश्मीरमा रहेका नेपालीको सुरक्षालगायत विषयमा के–कसरी अगाडि… पुरा पढौ

कतारमा नेपालीहरु माथि सांघातिक आक्रमण !

कतारको दोहामा मंगलबार राति नेपालीमाथि सांघातिक आक्रमण भएको छ । दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । घटनामा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको र उनको शव हमाद अस्पतालमा रहेको दूतावासले जनाएको छ । घाइतेहरुको हमाद अस्पतालमा नै उपचार भइरहेको छ । पाँचजना घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको छ । घाइतेहरु… पुरा पढौ

गर्मीका कारण २३ जनाको मृत्यु, अस्पतालमा बिरामी खचाखच

अग्नि तथा प्रकोप व्यवस्थापन निकाय जापानले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ ।  सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेका थिए ।  मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन् ।  अस्पताल गएका मध्ये ४०० जनालाई भर्ना नै गर्नु परेको उनीहरुको भनाइ छ । प्रभावित भएका… पुरा पढौ

इमरानले आज काश्मीरमा सम्बोधन गर्ने !

पाकिस्तानका विज्ञान तथा प्रविधिमन्त्री चौधरी फवाद हुसेनले भारतीय सेनामा तैनाथ पञ्चाबी जवानलाई भड्काउने खालको ट्विट गरेका छन् । यो ट्विट भारत प्रशासित काश्मीरमा धारा ३७० हटाएको सम्बन्धमा रहेको छ । उनले ट्विट गर्दै भनेका छन्, “म भारतीय सेनाका सबै पञ्जाबी जवानलाई अपील गर्दछु कि उनीहरु अन्याय–जुल्मको हिस्सा बन्न इन्कार गरुन् र काश्मीरमा ड्युटी नगरुन् ।” उनले यस बारेमा ट्विटर ह्याण्डलमा शुरुमा पञ्जाबी भाषामा लेखेकोमा फेरि त्यसलाई अंग्रेजीमा पनि उल्था गरेका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं