ताजा समाचार

श्रावण ३० गते २०७६

अभिनन्दनलाई “वीर चक्र” बाट सम्मान

श्मीरको पुलवामा आतंककारी आक्रमण भएपछि भारत पाकिस्तानबीच पनि अघोषित युद्ध नै चलेको थियो । भारतले पुलवामाको बदला लिन बालाकोटमा आक्रमण ग¥यो भने पाकिस्तानले पनि भारतीय भूमिमा पसेर आक्रमण गरेको थियो । त्यसपछि दुबै देशले एक अर्काको वायुसेनाको विमान खसालेको दाबी गरेको थियो ।

त्यसबीचमा पाकिस्तानले आफुले भारतीय वायु सेनाको विमान खसालेको दाबी ग¥यो । जसलाई भारतले अस्वीकार गरेको थियो ।उक्त विमान खसालिएको नभई दुर्घटनामा परेको उसको दाबी थियो ।

जुन विमान पाकिस्तानमा खसालिएको थियो त्यहाँबाट वायुसेना विमानका पाईलट अभिनन्दन वर्थमन प्रक्राउ परेका थिए । अभिनन्दन पाकिस्तानमा बम खसाल्न गएका थिए । तर पाकिस्तानी सेनाहरुले उनको उद्धार गरी शान्तीको सन्देश दिन भन्दै पाकिस्तानले उनलाई सकुशल रिहा गरेको थियो । उनै अभिनन्दनलाई भारत सरकारले सम्मानित गरेको छ । भारतले आफनो स्वतन्त्रता दिवसको अवसरमा अभिनन्दनलाई वीर चक्रबाट सम्मानित गरेको छ ।

भारतमा वीर चक्र परमवीर चक्र र माहा चक्रपछि सबैभन्दा ठुलो मानिन्छ । पाकिस्तानले नियन्त्रणमा राखेको बेला उनलाई प्रश्नहरु सोध्दा उनले निडरताका साथ गोप्यता खोल्न नमिल्ने भन्दै जवाफ दिएका थिए । उनको त्यही बहादुरीलाई भारतीय जनताले निकै सम्मान गरेका थिए ।