Author Archive

लकडाउन नमान्ने नक्कली पत्रकार पक्राउ

पत्रकारको नक्कली परिचय पत्र बोकेर लकडाउनका बेला मोटरसाइकल चलाउने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा घर भएका २८ वर्षीय मेघराज सुनार पक्राउ परेका हुन् । सुनारले रिपोटर्स क्बल दाङद्वारा जारी गरिएको खिमबहादुर डिसीको नाममा रहेको परिचय पत्र बोकेका थिए । सोधपुछ गर्दा सुनार नक्कली पत्रकार भएको खुल्न आएको हो । बा ८७ प १००६ नम्बरको मोटरसाइकलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरा पढौ

किसान आन्दोलन जारी छ

क्रान्ति सफल हुने निश्चित थियो । २०४६ चैत्र २६ गते राजाले दलहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा नगरी सुखै पाएनन् । पञ्चायती व्यवस्थाबाट रुग्ण बनेका राजनीतिक दलहरु यस आन्दोलनबाट खुसी नहुने कुरा थिएन । देशमा पुनः बहुदल आउने भयो । जनताको शासन पत्र्चेहरुको हातबाट दलको हातमा पुग्नु निकै ठूलो उपलब्धी मानियो । क्रान्ति सफल भयो । २०४७ बैशाख ६ मा कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भए । कृष्ण प्रसाद भट्टराईको सरकारलाई म लगायत २०… पुरा पढौ

पोखरा २८ मा १९२ परिवारलाई राहत

पोखरा महानगरपालिका वडा नं २८ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ । लकडाउनका कारण प्रभावित विपन्न १ सय ९२ परिवारलाई वडाले मंगलबार राहत वितरण गरेको हो । महानगरपालिकाबाट प्राप्त राहत प्याकेज कालिका सामुदायिक भवनमा र माझठाना हेल्थपोष्ट गरी २ स्थानबाट जनप्रतिनिधि एवं वडाका राजनितिक दलका प्रतिनिधिको रोहवरमा वितरण गरिएको हो । वडाध्यक्ष निर्मल दियालीले २ थरी प्याकेज बनाएर राहत बाँडिएको जानकारी दिए । दैनिक ज्याला मजदुरी गर्ने र अति… पुरा पढौ

कविता : कोरोना

फैलाएर बिश्वभरी मृत्यु आतंक भयभित तुल्याई सिङ्गो मानव समाज नचाउँदै बिषालु नङ्राहरू किन खेल्दैछस् तँ सृष्टिको सुन्दर सृजनासित यो अपृय खेल रु एउटै घरभित्र आज बिराना भएका छन् परिवार ! पति पत्नीबिचमै दुरी कायम गरि अभिभावक र सन्तानहरूमै निश्चित नाका कोरी मायाको गर्दन रेट्दैछस् ममताको रगत चुस्दैछस् ! हल्लाएर टङ्रङ टङ्रङ मनको घण्टी त्रशित भई आपसमा बिरालो जीवन बाँचिरहेछन् यतिखेर बाँच्नेहरू र,मर्नेहरूको पनि मलामी खोस्दैछस् ! बिजुलीको करेन्टजस्तै झट्का अवतरण… पुरा पढौ

आत्मबलले कोरोनालाई जित्न सकिन्छ

राजनीतिज्ञ तथा साहित्यकार बिपी कोइरालालाई युवा अवस्थामै घाँटीको क्यान्सर भयो | त्यो बेला अहिलेजस्तो परीक्षण र उपचार सुलभ थिएन | यहि अवस्थामा उनले महत्वपूर्ण राजनैतीक तथा साहित्यिक उचाइ पाए | उनका सिर्जनामा कतै पनि क्यान्सरको पीडा तथा हीनताबोध देखिएन | बोली मसिनो हुँदै नसुने हुनेबेलासम्म उनी अनबरत संघर्षमा रहे | उनीसंग भएको प्रचुर आत्मबल नै उनको सुखायु तथा दीर्घायुको कारण बन्यो | पूर्ब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई फोक्सोको क्यान्सर थियो |… पुरा पढौ

कोरोनाबाट १ नेपालीको मृत्यु

युएईको दुबईमा कोरोनाबाट १ नेपालीको मृत्यु भएको छ । ती ४० वर्षीया नेपालीको शुक्रबार ज्यान गएको हो । उनको घर देवदह–६ बुटवल हो । पहिला पेट दुख्यो, मुटु दुख्यो भनेकी उनी भोलिपल्ट शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् । ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आएको छ । यूएईमा सोमबार थप ३ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् भने हालसम्म ११ जना नेपालीमा संक्रमण देखिएको छ… पुरा पढौ

१९ हजार परिवारलाई राहत

कोरोना भाइरसको रोकथाम तथा निण्न्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतको चल्हो निभ्न नदिन पोखरा महानगरपालकाले राहत वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाले ३३ वटै वडामा गरी १९ हजार ४ सय ४० परिवारलाई राहत वितरणको व्यवस्था मिलाएको हो । गत चैत १९ गते बसेको ३७ औं नगर कार्यपालिका बैठकले राहत विरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको र सोही अनुसार लाभग्रही छनोट गरी… पुरा पढौ

एम्बुलेन्समा पनि लुट !

जिल्ला ट्राफिक कार्यालय दाङले बिरामीबाट दोब्बर बढी भाडा असुल्ने एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । लमहीबाट तुलसीपुरसम्मको भाडा ३५ सय रुपैयाँ तोकिएकोमा ७ हजार लिएको पाइएको छ । एम्बुलेन्समा यात्रुलाई राखेर दोब्बर भाडा असुल्ने एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइवएको हो । लमहिदेखि तुलसीपुरसम्ममा दोब्बर बढी भाडा लिएको पाइएको छ । यसरी दोब्बर भाडा लिने कृपा पोलिक्लिनिक एण्ड मेडिकल हलको रा १ च ८२५ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको छ । पुरा पढौ

किन हेलचेक्र्याई गर्दै छौ हामी ?

एक्काइसौ शताव्दीको दोश्रो दसकको अन्त्यमा विश्वमा महामारीको रुपमा कोरोना भाइरसको उदय भएको छ र हालसम्म करिब ७० हजार मानिस यसको शिकार भएका छन् । विश्वका महाशक्ति राष्ट्रहरु यसबाट सबैभन्दा बढी पिडित भएको कुरा विश्व स्वास्थ्य संगठनबाट जारी भएका सूचना तथा जानकारीहरुले देखाइरहेको छ । विश्वका महाशक्ति राष्ट्रहरुको जुघाँकोे लडाईको कारण बढी ग्रसित भए या त समयमा नै रोकथामका कार्यहरु अवलम्बन नगर्दा बढी ग्रसित भए यो त अध्ययनकोे विषय होला नै… पुरा पढौ

कक्षा ११ र १२ को परीक्षा रोकियो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको हो । देश बन्दाबन्दीमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । कोरोनाकै कारण चैत ६ गतेबाट हुने एसईई पनि रोकिएको छ । ८ गतेबाट कक्षा १२ र वैशाख २१ ग्तेबाट कक्षा ११ को परीक्षा तालिका तोकिएको थियो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं