पत्रकारको नक्कली परिचय पत्र बोकेर लकडाउनका बेला मोटरसाइकल चलाउने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा घर भएका २८ वर्षीय मेघराज सुनार पक्राउ परेका हुन् । सुनारले रिपोटर्स क्बल दाङद्वारा जारी गरिएको खिमबहादुर डिसीको नाममा रहेको परिचय पत्र बोकेका थिए ।
सोधपुछ गर्दा सुनार नक्कली पत्रकार भएको खुल्न आएको हो ।
बा ८७ प १००६ नम्बरको मोटरसाइकलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






