कक्षा ११ र १२ को परीक्षा रोकियो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको हो ।

देश बन्दाबन्दीमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । कोरोनाकै कारण चैत ६ गतेबाट हुने एसईई पनि रोकिएको छ । ८ गतेबाट कक्षा १२ र वैशाख २१ ग्तेबाट कक्षा ११ को परीक्षा तालिका तोकिएको थियो ।