कोरोनाबाट १ नेपालीको मृत्यु

युएईको दुबईमा कोरोनाबाट १ नेपालीको मृत्यु भएको छ । ती ४० वर्षीया नेपालीको शुक्रबार ज्यान गएको हो ।

उनको घर देवदह–६ बुटवल हो । पहिला पेट दुख्यो, मुटु दुख्यो भनेकी उनी भोलिपल्ट शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।

ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आएको छ ।

यूएईमा सोमबार थप ३ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् भने हालसम्म ११ जना नेपालीमा संक्रमण देखिएको छ । २ जना निको भएका छन् ।


संसारमा अहिलेसम्म करिब साढे १३ लाखमा संक्रमण देखिएको छ भने करिब ७६ हजारको ज्यान गएको छ । युएइमा अहिलेसम्म २ हजार जनामा संक्रमण देखिएको छ भने ११ जनाको ज्यान गएको छ ।