Author Archive

गीत

कल्ले भन्यो दुःख छैन अमेरिकामाडलर फल्ने रुख छैन अमेरिकामा ऋण काढेर गाडी चढ्छु ठूलै मान्छे ठान्छुघर छ मेरो , नाम छ बैंकको त्यसमै खुसी मान्छुरात , दिन केही नभनि हाड घोटिरह्योघरको किस्ता तिर्दा , तिर्दै जुनि बित्ने भयो एक हात बाक्लो हिउँ परेनि काममा जानै पर्योकाममा नगई के गर्नु खोई दालभात खानै पर्योकमाएको लाख देखिन्छ बचत सुको छैनसात साल भयो घर फर्किन अझै सक्या हैन। पुरा पढौ

प्रशोधित पानीको मूल्य तोकियो

सरकारले व्यवसायिक रुपमा विक्रिवितरण हुने प्रशोधित पानीको मूल्य तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार पानीको अधिकतम खुद्रा मूल्य निधारण गरेको हो । अब प्रशोधित पिउने पानीको खुद्रा मूल्य प्रतिबोटल अधिकतम १६ रुपैया तोकिएको छ । प्रशोधित पिउने पानीकै प्रतिजार अधिकतम ५० रुपैंया तोकिएको छ । अबदेखि पानी उत्पादक तथा वितरक कम्पनीहरुले प्रतिजार २० रुपैंयामा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैंयासम्म बेच्न पाउनेछन् भने… पुरा पढौ

‘१३ करोड खै’ प्रति पोखरा महानगरको ध्यानाकर्षण

विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन भएका समाचार, सामाजिक सञ्जाल तथा कार्यालय परिसरमा समेत ‘रु.१३ करोड खैं ! ?’ भनी गरिएका प्रदर्शन तथा टीका टिप्पणीप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार एक विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएका हुन् । यस कार्यालयको लेखा परीक्षण सम्पन्न गरी महालेखा परीक्षकको कार्यालयले दिएको प्रारम्भिक प्रतिवदेनमा राजश्व शाखाले तयार गरेको आय… पुरा पढौ

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ। मुखर्जीले ट्वीट गरी आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले पछिल्लो हप्ता आफूस्ँग सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्नसमेत आग्रह गरेका छन् । पुरा पढौ

पोखरा ५ को बागवानीका कर्मचारीलाई कोरोना संक्रमण

पोखरा महानगरको वडा नं. ५ मा रहेको बागवानीका एक कर्मचारीलाई कोरोना संक्रमण भएको छ । केही दिनअघि काठमाडौ गएर फर्किएका ३७ वर्षीय ती कर्मचारीमा सोमबार बिहान संक्रमण पुष्टि भएको हो । उनी पछिल्लो हप्ता क्वाटरमै सेल्फ आइसोलेसनमा रहेको महानगर स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले जानकारी दिए । पुरा पढौ

हिसान कास्की सहसचिव चापागाईँको निधन

हिसान कास्कीका सहसचिव एवं स्पाइरल ग्यालेक्सी स्कुल सिम्पानी पोखराका संस्थापक, प्रिन्सिपल नारायण शर्मा चापागाईंको ४२ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको ग्रयान्डी अस्पतालमा सोमबार बिहान साढे ८ बजे उनको निधन भएको हो । चापागाईलाई जन्डिस र टाइफाइड भएको पारिवारिक स्रोतले जनाएको छ । पोखरामा केही दिन उपचारपछि उनलाई गत शुक्रबार ओम हस्पिटल काठमाडौं लगिएको थियो । ओमले रिफर गरेपछि आइतबार उनलाई थप उपचारका लागि राजनधानीकै ग्रयान्डी इन्टरनेसनल अस्पताल लगिएको… पुरा पढौ

पोखरा २७ का कर्मचारीलाई संक्रमण भएपछि वडा कार्यालय सिल

पोखरा महानगरपालिका वडा नं. २७ मा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण भएको छ । वडामा कार्यरत ४० वर्षीय महिला कर्मचारीमा सोमबार बिहान संक्रमण पुष्टि भएको । उनको बसोबास र स्थायी ठेगाना भने पोखरा २६ हो । महानगरको निर्देशन बमोजिम ५ दिनका लागि वडा कार्यालय सिल गरिएको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिए । ती संक्रमितको सम्पर्कमा आएकाहरुको खोजपड्ताल गर्ने र कोरोना परीक्षण गर्ने तयारी भएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । पुरा पढौ

कास्कीमा कोरोना : १८२ स्वाब जाँच्दा २ को पोजेटिभ, ७ जना डिस्चार्ज

कास्कीका पछिल्लो २४ घन्टामा १ सय ८२ जनाको स्वाब परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कास्कीका ४६ नमुना परिक्षण भएकोमा सबैको परिणाम नेगेटिभ आएको छ भनेक्षयरोग उपचार केन्द्र, पोखरामा कास्की १ सय ३६ नमुना परीक्षण गर्दा २ जनाको पोजेटिभ आएको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २० पुगेको छ । गत २४ घन्टामा… पुरा पढौ

कांग्रेस केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभागहरु विस्तार गरेका छन्। उनले केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका हुन्। कांग्रेसको केन्द्रीय विभागमा गण्डकी प्रदेशबाट को को परे ? गण्डकीबाट संगठन विभाग सदस्यमा नवलपुरका विष्णुबहादुर कार्की, पर्वतका गंगाधर तिवारी, गोरखाका भूगोल थापा, तनहुँका इन्दु शर्मा ढकाल, लमजुङका यमबहादुर गुरुङ छन् । शिक्षा विभागका सचिवमा कास्कीका डा कृष्णप्रसाद पौडेल मनोनित भएका छन् । विभागमा गण्डकी प्रदेशको गोरखाबाट डा हिमलाल घिमिरे,… पुरा पढौ

‘सालको पात टपरी’को भ्युज ६ करोड, गलबन्दीको भ्युज ४ करोड

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ। यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ। सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक हो। सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको छ। चार महिना नबित्दै युट्युबमा सालको पातले दुई करोड भ्यूज नाघेको थियो। यो गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर छ। युवा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं