गीत

कल्ले भन्यो दुःख छैन अमेरिकामा
डलर फल्ने रुख छैन अमेरिकामा

ऋण काढेर गाडी चढ्छु ठूलै मान्छे ठान्छु
घर छ मेरो , नाम छ बैंकको त्यसमै खुसी मान्छु
रात , दिन केही नभनि हाड घोटिरह्यो
घरको किस्ता तिर्दा , तिर्दै जुनि बित्ने भयो

एक हात बाक्लो हिउँ परेनि काममा जानै पर्यो
काममा नगई के गर्नु खोई दालभात खानै पर्यो
कमाएको लाख देखिन्छ बचत सुको छैन
सात साल भयो घर फर्किन अझै सक्या हैन।