पोखरा २७ का कर्मचारीलाई संक्रमण भएपछि वडा कार्यालय सिल

पोखरा महानगरपालिका वडा नं. २७ मा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

वडामा कार्यरत ४० वर्षीय महिला कर्मचारीमा सोमबार बिहान संक्रमण पुष्टि भएको । उनको बसोबास र स्थायी ठेगाना भने पोखरा २६ हो ।

महानगरको निर्देशन बमोजिम ५ दिनका लागि वडा कार्यालय सिल गरिएको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिए । ती संक्रमितको सम्पर्कमा आएकाहरुको खोजपड्ताल गर्ने र कोरोना परीक्षण गर्ने तयारी भएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।