कास्कीका पछिल्लो २४ घन्टामा १ सय ८२ जनाको स्वाब परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कास्कीका ४६ नमुना परिक्षण भएकोमा सबैको परिणाम नेगेटिभ आएको छ भने
क्षयरोग उपचार केन्द्र, पोखरामा कास्की १ सय ३६ नमुना परीक्षण गर्दा २ जनाको पोजेटिभ आएको छ ।
पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २० पुगेको छ । गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको ५ सय ६३ नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कुल ६ सय ९ नमुना परिक्षण भएका छन् ।
गण्डकीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ७० पुगेको छ । पछिल्लो २४ घन्टामा कास्कीबाट ७ जना संक्रमित निको भएर घर फर्केका छन् ।




