पोखरा ५ को बागवानीका कर्मचारीलाई कोरोना संक्रमण

पोखरा महानगरको वडा नं. ५ मा रहेको बागवानीका एक कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

केही दिनअघि काठमाडौ गएर फर्किएका ३७ वर्षीय ती कर्मचारीमा सोमबार बिहान संक्रमण पुष्टि भएको हो । उनी पछिल्लो हप्ता क्वाटरमै सेल्फ आइसोलेसनमा रहेको महानगर स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।