सरकारले व्यवसायिक रुपमा विक्रिवितरण हुने प्रशोधित पानीको मूल्य तोकेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार पानीको अधिकतम खुद्रा मूल्य निधारण गरेको हो ।
अब प्रशोधित पिउने पानीको खुद्रा मूल्य प्रतिबोटल अधिकतम १६ रुपैया तोकिएको छ । प्रशोधित पिउने पानीकै प्रतिजार अधिकतम ५० रुपैंया तोकिएको छ ।
अबदेखि पानी उत्पादक तथा वितरक कम्पनीहरुले प्रतिजार २० रुपैंयामा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैंयासम्म बेच्न पाउनेछन् भने अधिकतम खुद्रा मूल्य ९एमआरपी० ५० रुपैंया तोकिएको छ ।
त्यस्तै बोटलको प्रसोधित पानीमा भने विभागले प्रतिकार्टुन कम्पनीले ११० रुपैयाँ , डिस्ट्रीब्युटरले १३० रुपैयाँमा र खुद्रा व्यापारीले १५० रुपैंयासम्म बेच्न पाउने बताएको छ ।




