Author Archive

भैसी चराउन जाँदा बाघको आक्रमण, वृद्ध घाइते

पर्वतको मोदी गाउँपालिकामा भैसी चराउन गएका एक वृद्धलाई बाघले आक्रमण गरेको छ । घरबाट नजिकैको जंगलमा भैसी चराउन गएका बुद्धिबहादुर गुरुङलाई आइतबार बिहान १० बजेतिर बाघले आक्रमण गरेको हो । मोदी १ को भुकदेउरालीका ७४ वर्षीय गुरुङको नयाँपुलमा उपचार भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । file pix पुरा पढौ

गाउँपालिका अध्यक्षलाई कोरोना सङ्क्रमण

सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिन यता रुघाखोकीको लक्षण देखिएपछि कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना महामारी नियन्त्रणमा खटिँदै आउनुभएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन् । उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए । “अहिले… पुरा पढौ

गण्डकीमा थपिए ३२ संक्रमित

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३५ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो । पोखरा महानगरपालिका १६ का २० बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत कर्मचारी हुन् । स्याङ्जा पुतलीबजार ३ का ७६ बर्षीय पुरुष र कास्की जिल्ला पोखरा महानगरपालिका ९ का ७० बर्षीय पुरुष पोखरा महानगरपालिका स्थित मणिपाल… पुरा पढौ

नियमित मुक्तक वाचनको १४७ औॅं शृङ्खला

“मुक्तकको उत्थान, हाम्रो अभियान” भन्ने नारा सहीत विगल लामो समय देखी मुक्तकको क्षेत्रमा क्रियाशिल सस्था ‘मुक्तक मञ्च,पोखरा’ले हरेक महिनाको अन्तिम शनिवार संचालन गर्दै आएको नियमित मुक्तक वाचनको १४७ अौं शृङ्खला सम्पन्न भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) बाट जोगिनको लागि मुलुक लक डाउनमा रहेको अवस्थामा पनि प्रविधिको प्रयोग गर्दै अनलाइन मार्फत मुक्तक वाचन गरिएको थियो । कार्यक्रममा अध्यक्ष मंचका अध्यक्ष रामजी प्रसाद आचार्य ज्यु रहेको… पुरा पढौ

कुखुराको जोडी चल्लालाई ५ हजार

दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरी पन्छी छन् । आठ कुखुरा र दुई चरा प्रजातिका । कुनै स्थानीय त कुनै आयातित । सबै गर्दा सङ्ख्या सात सय बढी छ । बागलुङ नगरपालिका–३ रातामाटास्थित फार्मका सञ्चालक बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जाततर्फ साकिनी, उल्टे, घाँटीखुइले र गुजुमुजे कुखुरा छन् । आयातित प्रजातिमा कडकनाथ, बेन्टम, सिल्की र पोलिस कुखुरा छन् । यस्तै चरा प्रजातिका बट्टाइ र… पुरा पढौ

कालिज फार्ममा पस्यो चितुवा

म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो । डार्टगनको सहायताले लठ्याउने सुई लगाएर चितुवालाई नियन्त्रणमा लिएर खोरबाट बाहिर निकालिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए । जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद… पुरा पढौ

स्याङ्जाका वृद्धको कोरोनाबाट पोखरामा मृत्यु

स्याङ्जाका ८५ वर्षे पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पुतलीबजार नगरपालिका १ का ती पुरुषको बिहान साढे ६ बजे निधन भएको हो । उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत थिए । कोरोना संक्रमित भएपछि उनी २४ गते अस्पताल भर्ना भएको र उनको कोभिड उपचार केन्द्रको आइसियु कक्षमा उपचार भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । कोरोनापछि प्रतिष्ठानमा मृत्यु हुने उनी १० औं व्यक्ति हुन्… पुरा पढौ

प्रहरी थुनामा रहेका युवकको मृत्यु

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा आज मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । चोरी मुद्धामा यही भदौ २२ गते पक्राउ परेका धनगढी उपमहानगरपालिकाका १९ वर्षीय रोशन बिकको आज प्रहरीको थुनुवा कक्षमा मृत्यु भएको थियो । युवकले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपसम्शेर जवराले बताउनुभयो । मृतकका आफन्तले भने प्रहरीको कुटपिटबाट बिकको मृत्यु भएको बताएका छन्… पुरा पढौ

औपचारिक कार्यक्रमका बेथिति

मानव जाति सामाजिक प्राणी हौं । त्यसैले समाज निर्माण गरी वस्न रुचाउछौं । हुन त पशु जातमा पर्ने भेडा पनि आफ्नो बथान त छाड्दैन तापनि मानिस चेतनासहित समाज निर्माण गर्दछ । हामी सामाजिक प्राणी भएर नै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दछौं । हामीले आटेका सामाजिक कार्यक्रममा धेरै औपचारीक कार्यक्रम हुन्छन् । हाम्रा कार्यक्रमका आसन ग्रहण, मन्तव्यका चाङ्गले हैरान भएको मान्दछौं । आसन ग्रहणमा आफ्नो नाम आउँदा खुसी हुन्छौं, भाषण गर्न पाए… पुरा पढौ

ओलीबाटै मलाई एकल अध्यक्षको प्रस्ताव आएको थियो : नेपाल

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पदका लागि कराउँदै हिड्ने मानिस नभएको बताएका छन् । उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो अन्तर्विरोधका क्रममा आफूलाई एकल अध्यक्षको प्रस्ताव गरेको उनको भनाइ छ । एक अनलाइनलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मलाई अध्यक्षको त प्रस्ताव नआएको होइन । औपचारिकरुपमै मलाई अध्यक्ष बनाउने प्रस्ताव आएको थियो ।’ तर आफैंले त्यो पदमा जान इन्कार गरेको उनको दाबी छ । तर आफूले प्रचण्डलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं