औपचारिक कार्यक्रमका बेथिति

मानव जाति सामाजिक प्राणी हौं । त्यसैले समाज निर्माण गरी वस्न रुचाउछौं । हुन त पशु जातमा पर्ने भेडा पनि आफ्नो बथान त छाड्दैन तापनि मानिस चेतनासहित समाज निर्माण गर्दछ । हामी सामाजिक प्राणी भएर नै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दछौं ।

हामीले आटेका सामाजिक कार्यक्रममा धेरै औपचारीक कार्यक्रम हुन्छन् । हाम्रा कार्यक्रमका आसन ग्रहण, मन्तव्यका चाङ्गले हैरान भएको मान्दछौं । आसन ग्रहणमा आफ्नो नाम आउँदा खुसी हुन्छौं, भाषण गर्न पाए त झन खुसी हुन्छौं । सयांै मान्छेको माइकबाट नाम वाचन हुँदा नाम आउने त मख्ख परौला तर नाम नआउने हिस्स नि पर्दछौं । यो वर्तमान हाम्रो समाजको मनोवृत्ति हो । साच्चै यस्ता विषयवस्तु माथि छलफल गर्दा विकृति मान्छौ तर कुनै कार्यक्रममा आफ्नो नाम नआउँदा सञ्चालक प्रति वा आयोजक प्रति दोष थुपार्छौ ।

कहिलेसम्म यस्तो प्रवृत्ति चलाउने हो ? यसमा परिवर्तन गर्ने कसले हो ? अझ एकै व्यक्ति विभिन्न सामाजिक संस्थामा विभिन्न पदमा आसिन रहेका छन् । अनि उनको सवै संस्थाको नाम, पद लगायत फुलबुट्टा भर्नुपर्ने संस्कार बसालेका छौ हामीले । कति टिठलाग्दो छ हाम्रो संस्कार । साच्चै एक कार्यक्रममा प्रमुख अतिथि भएर आउनु भएका जनप्रतिनिधिले माला लगाउनु फजुल खर्च हो, आसन ग्रहण गराउने होइन, नाम लेखेर कुर्चीमा राखिदिने आफुले खोजेर बस्ने हो, सम्बोधनमा दोहराएर समय खेर फाल्ने होइन भनेर भाषण गर्नु भयो ।

सबैले वाहवाह गरे । साथमा भएका अर्का जनप्रतिनिधिले पनि वाहवाह गरे, मैले पनि गरे । केहि दिनमा अर्को कार्यक्रमको आयोजना गरियो । वाहवाह गर्ने जनप्रतिनिधिले कार्यक्रमस्थलमै गएर कार्यक्रस सञ्चालन हुँदै गर्दा आसन ग्रहणको नामको लिष्ट भिराउँछन् सञ्चालकलाई । मञ्चका सोफामा वसाल्नु पर्यो भन्छन् । कोहि अतिथि नाम आएन भने ठुस्स पर्नुहुन्छ । बोल्न दिएन भनेर सञ्चालकलाई आखाँ तरेर हेर्नुहुन्छ । अनि के गर्ने ?

विवेकानन्दले भन्नुभएको छ ‘‘संसार बदल्नु छ भने आफैबाट सुरु गर्नुपर्छ ।’ यस्ता उक्तिको प्रशंसा गर्ने हामी व्यवहारमा उतार्न असहज मान्छौं, सहि हो भने व्यवहारमा हामी किन उर्तान सक्दैनौं । हामी घण्टौ भाषण गर्ने प्रक्रियाको विरोध गछौं, लम्बेतान आसन ग्रहणलाई हैरानी मान्छौ भने किन यो प्रक्रिया सुधार नगर्ने ?

तर कही सुधार गर्न खोज्दा नाम नआउने र भाषण गर्न नपाउने केही बौद्धिक अग्रजहरु नै पर्छन् । अनि उनीहरु रिसाएर, तर्किएर हिँडछन् । नाम आउने र भाषण गर्न पाउनेले कार्यक्रमको तारिफ गर्दछन् भने नाम नआउनेले कार्यक्रमको गुनासो गर्छन । कहिलेसम्म यस्तो व्यवस्थालाई अंगाल्दै हिड्ने हामी ?

आसन ग्रहण वा मन्तव्य दिइएन भने मञ्चबाटै सञ्चालकसँग झगडा गर्दछन् । अनि वरियता भनौ वा क्रमानुसार बिग्रन जान्छ र दोष सञ्चालकलाई दिइन्छ ।

हो समाजका अग्रज व्यक्तित्वलाई सम्मान गर्नुपर्छ । तर सम्मान गर्ने भनेर भूईमा बस्ने नागरिकलाई कहिलेसम्म दिक्क लाग्ने बनाउने । एक जनालाई सम्मान स्वरुप नाम लिएर भाषण गर्दा दुनियाँलाई किन दिक्दारीतर्फ धकल्ने ? साच्चै हामी कहिले सुर्ध्रने ? कार्यक्रममा ठूला पदमा आसिन व्यक्तिहरुलाई प्रमुख अतिथिमा आमन्त्रण गरिन्छ । उहाँहरु आउँदा उक्क्त कार्यक्रममा निमन्त्रण नगरिएका व्यक्तिहरु पनि आउनु हुन्छ । अनि कार्यक्रमको बीच बीचमा आसन ग्रहण र मन्तव्यको लागि भनेर सञ्चालकलाई लिष्ट भिडाइन्छ ।

आसन ग्रहण वा मन्तव्य दिइएन भने मञ्चबाटै सञ्चालकसँग झगडा गर्दछन् । अनि वरियता भनौ वा क्रमानुसार बिग्रन जान्छ र दोष सञ्चालकलाई दिइन्छ । कहिलेसम्म यस्ता वेथितिहरु पाल्दै जाने हामी ? कार्यक्रसमा दिइएको समयमा प्रमुख अतिथि र अन्य अतिथिको आगमन प्रायः हुँदैन । अनि छिटो जानुपर्छ उहाँहरुलाई । साथै मन्तव्य पनि चाहिन्छ उहाँलाई । ढिलो आउने, छिटो जानुपर्ने अनि मन्तव्य पनि चाहिदा साच्चै सञ्चालकले कसरी कार्यक्रममा मिठासपन दिन सक्छ ?
कार्यक्रम सम्पन्न गर्ने सयमको अनुमानित समय निर्धारण गर्नुपर्दछ सञ्चालकले । त्यो समयभित्र सम्भव हुने वक्तालाई मात्र बोल्ने समय दिन सकिन्छ । नत्र कार्यक्रममा वेथिति भित्रन्छ । यस्तो समस्या अन्य अतिथिले बुझिदिनु भयो भने सञ्चालकलाई सजिलो हुन जान्छ ।

कुनै एक कार्यक्रमको समापनपछि एक पत्रकार मित्रले सोध्नु भयो । कार्यक्रमको समाचार बनाउनपर्ने, वक्ताको नाम चाहियो भन्नु भयो । अनि मैले भने जम्मा दुइ जना वक्ता हुनुहुन्थ्यो । उहाँले भन्नुभयो जम्मा २ जना ? मैले भने हो कार्यक्रम छोटो गरेको हो । फेरी उहाँले भन्नुभयो एकदम ठीक हो । अनि मैले भने हजुरले ठीक भनेर के गर्ने बोल्न नपाउने र नाम नआउनेले आयोजक र कार्यक्रम सञ्चालक माथि दोष लगाउनु भाको छ ।

कार्यक्रममा निमन्त्रणा गरिएका अतिथिलाई माला, खादा, ब्याच आदि लगाउने चलन छ । तर कतिपय त्यस्ता सामाग्रीहरु प्रयोग विहिन छन् ।

अनि उहाँले भन्नु भयो, सबैलाई बोल्न दिएर साध्य हुदैन नि भाई, स्रोताले भाषण मन पराउँदैनन्, बरु आफ्नो संस्कृतिसँग सम्वन्धित कार्यक्रम हेर्न रुचाउँछन् । अनि बोल्न मन लाग्नेले भिडियो ल्याएर खिचेर यूट्यूवमा हाले भो नि, हेर्न मन भएकाले त्यहीबाट हेर्छन । मलाई ज्यादै चित्त बुझ्यो र हात तानेर मिलाए पनि ।

हामीले जति लामो आसन ग्रहण लिष्ट बनाए पनि कोही न कोही छुट्छ र छुट्नेले मन दुखाउँछ । त्यसैले विशेष अतिथिभन्दा माथिकालाई मात्र आसन ग्रहण गराएर अन्य सवैलाई एकमुष्ठ आसन ग्रहण गराउँदा हरेक हिसाबले राम्रो मानिन्छ ।

कार्यक्रममा निमन्त्रणा गरिएका अतिथिलाई माला, खादा, ब्याच आदि लगाउने चलन छ । तर कतिपय त्यस्ता सामाग्रीहरु प्रयोग विहिन छन् । वसिन्जेल लगायो अनि खेर गयो । कतिपय त्यस्ता सामग्रीले कपडा बिगार्ने, शरीर चिलाउनेसमेत हुँदो रहेछ । त्यसैले हामीले अतिथिलाई सामान्य सामग्रीमार्फत सम्मान गर्ने र सम्मान लिने प्रवृत्तिको विकास गर्न जरुरी देखिन्छ । सामान्य फूलका गुच्छा, आफ्नै आसपासका फूल दिएर पनि सम्मान गर्न सकिन्छ ।

प्रमुख अतिथि चयन गर्दा कतिपय समितिमा राजनैतिक आस्थाका आधारमा तानातान गरेको देखिन्छ ।

अतिथिलाई खुसी पार्न भनेर ठूला ठूला बुके दिइन्छ । याद गरौ त त्यो दिइन्जेल ३० सेकेण्डको लागि हो । अनि त्यो बुके अलपत्र परेको हुन्छ र पुन प्रयोग पनि आउँदैन । त्यसैले त्यहाँ आफैले बनाएको, वरीपरीको फूल टिपेर पनि स्वागत गर्न सकिन्छ भन्ने कुरामा हामी कहिलेसम्म सहमत हुने । मैले समाजमा केही मानिसले यस्ता कुरा नियन्त्रण गर्नुपर्छ भनेर आवाज उठाउँदै आउनु भएको पाउँछु । तर उहाँहरुको सुझाव सुन्नको लागि सबैले ताली त बजाउछन् तर अनुशरण गर्न खोज्दैनन् ।

औपचारीक कार्यक्रम गर्दा कुन कुन राजनैतिक समर्थकलाई बोल्न दिइयो भनेर हेर्ने चलन पनि छ । अझ बोल्दा कुन दलका समर्थक धेरै परे भन्ने पनि चलन छ । भाषणमा राजनैतिक सिन्टिकेटको अन्त्य कहिले गर्ने ? के यस्को अन्त्य जरुरी छैन र ? प्रमुख अतिथि चयन गर्दा कतिपय समितिमा राजनैतिक आस्थाका आधारमा तानातान गरेको देखिन्छ । कहिलेसम्म यस्तो प्रवृत्तिलाई काखमा राखेर पाल्ने हामीले ? नेपाली साहित्यमा कवि शिरोमणि लेखनाथ पौड्यालले लेख्नुभएको कविताको सम्झना आउँछ :
‘म खाउ, मै लाऊँ, सुख सयल वा मोज मै गरुँ
मै हाँसु, मै नाँचू, अरु सव मरुन् दुर्बलहरु’

साच्चै यस्तो प्रवृत्तिलाई कहिले अन्त्य गर्ने हामीले । परीवर्तनको थालनी गर्ने हो भने पनि गुनासो खेप्नुपर्ने हुन्छ । थालनी नगर्ने हो भने कहिलेसम्म यस्तो वेथीती सहेर बस्ने ? अन्यौलमा छन् धेरै नागरिकजन । यस्ता विषयलाई नियालेर हेर्दा पुुरातन मनोविज्ञान र परिवर्तशील मनोविज्ञानको द्वन्द्व भेटिन्छ ।