नियमित मुक्तक वाचनको १४७ औॅं शृङ्खला

“मुक्तकको उत्थान, हाम्रो अभियान” भन्ने नारा सहीत विगल लामो समय देखी मुक्तकको क्षेत्रमा क्रियाशिल सस्था ‘मुक्तक मञ्च,पोखरा’ले हरेक महिनाको अन्तिम शनिवार संचालन गर्दै आएको नियमित मुक्तक वाचनको १४७ अौं शृङ्खला सम्पन्न भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) बाट जोगिनको लागि मुलुक लक डाउनमा रहेको अवस्थामा पनि प्रविधिको प्रयोग गर्दै अनलाइन मार्फत मुक्तक वाचन गरिएको थियो । कार्यक्रममा अध्यक्ष मंचका अध्यक्ष रामजी प्रसाद आचार्य ज्यु रहेको उक्त कार्यक्रम जुम एप मार्फत भिडियो कल द्वारा सम्पन्न भयको छ।

कार्यक्रममा विभिन्न जिल्लाहरु बाट उपस्थित के. आर. ढकाल, हीरा अधीकारी, गीता तिवारी, निर्मल रमन पराजुली, डी.बि. बर्तौला, सन्तोषी विष्ट, मुक्तीराम रेग्मी, प्रशन्ना चौलागाई, बद्री उप्रेती, नारायण सिलवाल, राम कुमार श्रेश्ठ ‘फुच्चे’, रुपिन्द्र प्रभाबी, भरत राज पौडेल, संकल्प ढकाल, बिनोद खत्री’ आकास’, निशा केसी, नम्रता उप्रेती लगायत तिन दर्जन भन्दा बढी मुक्तककारहरुले आफ्ना मुक्तकहरु भिडियो मार्फत स्वयम् श्रष्टाकै आवाजमा वाचन गरेका थिए ।उक्त कार्यक्रम मञ्चकी सचिब अनिता दाहालको सञ्चालन गरेकी थिइन ।