Author Archive

सरोकारवाला भन्छन् : बालिका अधिकारका लागि एकीकृत कानुन चाहिन्छ

बालिका अधिकार संरक्षणका लागि एकीकृत कानुन निर्माण गर्नुपर्नेमा गण्डकी प्रदेशका बालिका अधिकारसम्बन्धी सरोकारवालाले जोड दिएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा पोखरामा आयोजित बालिकाबिरुद्ध हुने लैङ्गिक हिंसा रोकथाम तथा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले बालिकाको विषयवस्तुलाई एउटै कानुनमार्फत सम्बोधन गर्ने प्रयासमा गण्डकी प्रदेश सभा लाग्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले समाजमा नागरिकदेखि कार्यकारी… पुरा पढौ

मंसिर २० गते खुला रक्तदान

पोखरामा रगतको अभाव देखिएपछि विभिन्न स्वयमसेवी संस्थाले खुला रक्तदानको तयारी गरेका छन् । कार्यक्रममा धेरैभन्दा धेरै रगत संकलन गरी कोरोना महामारीमा देखिएको रगत अभावलाई थोरै भए पनि राहत प्रदान गर्न क्रियाशील रहेको लायन्स क्लब अफ पोखरा हेरिटेजका अध्यक्ष ओम उपाध्यायले बताए । स्वतन्त्र पत्रकार संघ कास्की, लायन्स क्लब अफ पोखरा हेरिटेज, सेन्ट्रल गार्डनको सहकार्य र रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको स्वतन्त्र पत्रकार संघ कास्कीका सचिव सुरेशराज अधिकारी… पुरा पढौ

धनुष सहकारीको साधारणसभा

पोखरा–९, दरवारथोक मार्ग स्थित धनुष बचत तथा ऋण सहकारी संस्था लि. ८ औं वर्षमा प्रवेश गरेको छ ।त्यस अवसरमा सहकारीले सप्ताहव्यापी विभिन्न कार्यक्रमका साथ बार्षिक साधारणसभा मनाएको छ । उद्घाटन सत्रमा सहकारी रजिष्टार कार्यालय पोखराका रजिष्टार प्रेमप्रसाद ढकालले सहकारीले सदस्य हीतमा कार्य गर्दै आइरहेको जनाउँदै त्यसलाई अझै बढाउनुपर्ने बताए । शैक्षिक समाज सहकारी संस्थाका अध्यक्ष लीलाधर बरालले स्थापनाको छोटो समयमै धनुषले उल्लेख्य सफलता प्राप्त गरेको औँल्याउँदै त्यसलाई निरन्तरता दिन सक्नुपर्नेमा… पुरा पढौ

बेलायतले दियो कोभिड १९ विरुद्धको खोपलाई स्वीकृति

बेलायतले कोरोना भाइरस विरुद्धको खोप प्रयोगका लागि स्विकृति दिएको छ । बेलायत कोभिड–१९ विरुद्धको खोपलाई स्विकृति दिने विश्वकै पहिलो देश भएको छ । जर्मन बायोनटेक औषधि कम्पनी र अमेरिकी फाइजरले तयार गरेको यो खोप परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी भएको बिबिसीले उल्लेख गरेको छ । मेडिसिन एण्ड हेल्थ प्रोडक्ट रेगुलेटरी एजेन्सीले स्विकृत दिएको खोप आगामी साताबाटै दिन लागिएको छ । कोभिड–१९ को उच्च जोखिममा रहेका मानिसलाई लगाउनका लागि बेलायतले ४… पुरा पढौ

गजल

आस्थाविश्वास, इमानजमान डलरसित साटकाट, काट, काट केक चाहिए देशै काट तिम्रै कारण राजा आऊ देश बचाउ भन्छन्तिमी रैछौ दलाल र माफियाको भाट खुफिया र तस्करको मालिक बनेछौखुबै राम्रो चलेको छ तिम्रो बजार हाट पहाड हाम्रो झुक्ने छैन, तराई दुख्ने छैनएक दिन तिम्लाई लखेट्ने छन् जन्ता देशैबाट आस्थाविश्वास, इमानजमान डलरसित साटकाट, काट, काट, केक चाहिए देशै काट । पुरा पढौ

आज पनि नेकपा सचिवालय बैठक, ओली नजाने

सत्तारुढ नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुसस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् । हिजोको बैठकमा बहुमत… पुरा पढौ

कविता : अभिशप्त अहम !

विज्ञानले दृस्टीदोषको उपचार पत्ता लगायोनजिकको देख्ने- टाढाको नदेख्नेटाढाको देख्ने - नजिकको नदेख्नेसबै सबै आँखाहरुको लागिअलग अलग लेन्सको आविस्कार गर्योकमजोर दृस्टीहरुलाई बलियो बनायोअदुरलाई दुर गरायो,दुरलाई सुदुर गरायोविडम्बना,वस्तुहरु देख्न थालेपछि,व्यक्तिलाई पनि वस्तु देख्न थालेका छौं हामीर ग्रशीत छौंएउटा अदृस्य रोगलेपैसा र पावरको उन्मादले मातिएका हामीअहमको पर्दाले ढाकिएका छौंसंगै ढाकिएको छ - हाम्रो चेतना पनिर ढाकिएको छ हाम्रो बचेखुचेको बिबेक पनि आफ़्नाहरुकै अस्तित्व मेटाएरआफुलाई अग्लो बनाउने होडमाअहंकार डकार्दै,इर्स्याको बाक्लो च्यादर ओढेरउन्मुख छौं हामी… पुरा पढौ

कोरोना संक्रमणको बर्तमान सन्नाटा

- परीक्षणको दायरा घटेको छ | अहिले परीक्षण गराउने अधिकांश व्यक्तिमा बाहिर जाने, बाहिरबाट आउने, अफिसलाई रिपोर्ट बुझाउनुपर्ने, फिल्ड जाने / आउने ... धेरै छन् |- कन्ट्याक्ट ट्रेसिंग एकदम न्यून छ |- लक्षण देखिएका व्यक्ति, एकजना संक्रमित देखिएको व्यक्तिका पारिवारिक सदस्य, संक्रमितसंग भेट भएका व्यक्ति, बृद्धबृद्धा आदिले परीक्षण गराउन उत्सुक छैनन् | यो समुह ठूलो संख्यामा छ र जोखिममा छ |- एन्टीजेन किट तथा एन्टिबोडी टेस्टले संक्रमणको अवस्था थाहा पाउन… पुरा पढौ

नेपाल एग्रोमा कर्मचारीको क्षमता अभिवृद्धि तालिम

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले कर्मचारीको क्षमता अभिबृद्वि तालिम आयोजना गरी सम्पन्न गरेको छ । संस्थाले यही मंसिर १२ र १३ गते प्रदेश नं. ५ र ६ अन्तरगतका शाखा कार्यालयहरुको लागि घोराही दाङमा प्रथम त्रैमासिक समिक्षा गोष्टि तथा शाखा प्रमुख÷कर्मचारीहरुको क्षमता अभिबृद्वि एवं सदस्यहरुको म्यादी जिवन विमा सम्वन्धी तालिम कोभिड–१९ को विषयमा नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरि सम्पन्न गरेको हो । तालिममा ५ शाखाका १९ जना कर्मचारीहरु सहभागी भएका… पुरा पढौ

धराने सेकुवा अब पोखराको लेकाली सेकुवा एण्ड झिरमा

नेपालको पूर्वी भेग धरानमा चर्चित धराने सेकुवाको स्वाद अब पोखरामा पनि उपलब्ध हुने भएको छ । धरानको स्वादलाई पोखरामा पस्कनका लागि लेकाली सेकुवा एण्ड झिर सञ्चालनमा आएको हो ।पोखराको अमरसिंह चोकमा विगत ५ वर्षदेखि विशुद्ध नेपाली खाना पस्कदै आएको लेकाली चुलो अन्तर्गत नै लेकाली सेकुवा एण्ड झिर सञ्चालनमा ल्याइएको सञ्चालक मीनबहादुर गुरुङले जानकारी दिए । कोभिड १९ का कारण थला परेको पोखराको पर्यटन ब्यवसायलाई केही हदसम्म सहज बनाउनका लागि युवा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं