गजल

आस्थाविश्वास, इमानजमान डलरसित साट
काट, काट, काट केक चाहिए देशै काट

तिम्रै कारण राजा आऊ देश बचाउ भन्छन्
तिमी रैछौ दलाल र माफियाको भाट

खुफिया र तस्करको मालिक बनेछौ
खुबै राम्रो चलेको छ तिम्रो बजार हाट

पहाड हाम्रो झुक्ने छैन, तराई दुख्ने छैन
एक दिन तिम्लाई लखेट्ने छन् जन्ता देशैबाट

आस्थाविश्वास, इमानजमान डलरसित साट
काट, काट, काट, केक चाहिए देशै काट ।