नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले कर्मचारीको क्षमता अभिबृद्वि तालिम आयोजना गरी सम्पन्न गरेको छ ।
संस्थाले यही मंसिर १२ र १३ गते प्रदेश नं. ५ र ६ अन्तरगतका शाखा कार्यालयहरुको लागि घोराही दाङमा प्रथम त्रैमासिक समिक्षा गोष्टि तथा शाखा प्रमुख÷कर्मचारीहरुको क्षमता अभिबृद्वि एवं सदस्यहरुको म्यादी जिवन विमा सम्वन्धी तालिम कोभिड–१९ को विषयमा नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरि सम्पन्न गरेको हो । तालिममा ५ शाखाका १९ जना कर्मचारीहरु सहभागी भएका थिए ।
तालिमको उद्घाटनको अवसरमा कार्यक्रमका संयोजक नयन देवकोटाले वित्तीय संस्थाले हालसम्म २० हजार ८० घरपरिवारलाई प्रत्यक्ष सेवा प्रदान गर्दै ८० करोड ९० लाख कर्जा लगानीमा रहेको बाँकी साँवा तथा २६ करोड ५० लाख रुपयाँ बचत संकलन गर्न सफल भएकोे बताए ।
सुर्या लाईफ इन्स्योरेन्सको सहयोगमा सम्पन्न कार्यक्रममा वित्तीय संस्थाका कार्यसञ्चालन÷कर्जा विभाग प्रमुख नयन देवकोटाले भाखा नाघेको कर्जा व्यवस्थापन, कर्जा लगानी बृद्विका उपायहरु तथा सदस्यहरुको म्यादी जिवन विमा सम्वन्धी कार्यक्रममा सहजिकरण गरेका थिए । यसै अवसरमा वित्तीय संस्थाका सूचना प्रविधी, अनुगमन तथा आन्तरीक लेखा परीक्षण विभाग प्रमुख रमेश बस्यालले कर्जा सुचना केन्द्र सँग सम्वन्धित विषय तथा शाखाको लेखा प्रणाली ब्यबस्थापन सम्बन्धित विषयमा सहजिकरण गरेका थिए ।
यस वित्तीय संस्थाका कर्मचारीहरुलाई बर्तमान परिवेशमा कसरि फिल्ड व्यवस्थापन गर्ने भन्ने विषयमा समेत यसै वित्तीय संस्थाका जनशक्ति व्यवस्थापन विभागका विभागीय प्रमुख भिमसेन माझिले सहजिकरण गरेका थिए ।




