Author Archive

बिहेअघि बिए पास गर्ने किशोरीलाई १ लाख

२० वर्षभन्दा कम उमेरमा विवाह गर्न कानुनी रुपमा मिल्दैन । तर बालविवाह अझै रोकिएको छैन । बाल विवाह रोक्न सिन्धुलीको मरिण गाउँपालिकाले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई १ लाख दिन थालेको छ । मरिण घर भएका विद्यार्थी जो जसले स्थानीय क्याम्पसमा अध्ययन गर्छन्, उनीहरु यसबाट लाभान्वित हुने छन् । बालबिवाह रोक्न र स्थानीय शिक्षालाई उकास्न यस्तको कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउँछन् । शनिबार गाउँपालिकाले स्नातक तह… पुरा पढौ

भुटानी शरणार्थी नेता टेकनाथ पक्राउ

भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो। नेपालको झापा र मोरङमा लामो समय कष्टकर जीवन बिताएर विभिन्न देशमा पुनर्वासका लागि पठाइएका भुटानी शरणार्थीहरुका सर्वोच्च नेता रिजाल पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणमा हिरासत पुग्नेको संख्या १६ पुगेको छ। यसअघि बिहीबार नै यो प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सिंहदरबारस्थित ऊर्जामन्त्रालय… पुरा पढौ

मुक्तिनाथमा फेरि भारतीय पर्यटकको मृत्यु

मुक्तिनाथ मन्दिर समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा छ । प्रसिद्ध मन्दिर मुक्तिनाथ दर्शन गर्न आउने एकाधको लेक लागेर मृत्यु हुने गरेको छ । बिहीबार भारतको बैङ्लोरबाट आएकी ६७ वर्षीया तीर्थयात्री सौभाग्यवतीको लेक लागेर मृत्यु भएको छ । मन्दिरका १०८ धारामा नुहाउँदा नुहाउँदै उनी बेहोस भएकी थिइन् । हवाई यात्राबाट जोमसोम झरेको सौभाग्यवती सम्मिलित टोली त्यहाँबाट गाडीमा चढेर मन्दिर पुगेको थियो । बेहोस भएकी उनलाई उपचारका लागि जोमसोम… पुरा पढौ

सम्झनामा चेतन कार्की

हिमाली सांस्कृतिक परिवारका संस्थापक, वरिष्ठ चलचित्रकर्मी कवि एवं साहित्यकार चेतन कार्कीको दोस्रो पुण्य तिथिमा श्रद्धाञ्जली सभा आयोजना गर्न लागेकोमा आयोजक हिमाली सांस्कृतिक परिवारलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । मैले चेतन कार्कीलाई २०४० सालदेखि चिनेको हुँ । २०४० साल वैशाख ८ गते रामनवमीका दिन पोखरामा हिन्दु सम्मेलनको आयोजना गरिएको थियो । एउटा भजन राख्दा राम्रो हुन्छ भन्ठानेर भजनगायक प्रज्ञारत्न बज्राचार्य कहाँ गइयो । उनले भने– कुन भजन गाउने ? मैले भनेँ–… पुरा पढौ

व्यक्तिको आँगन बनाउन महानगरको बजेट !

पोखरा महानगरपालिका वडा नं। २० को नागेश्वरी टोल छेउसम्मै बाटो ढलान भएको छ । टोल सुरु भएपछि भने बाटो कच्ची छ । सडक कालोपत्र गर्न वडा, महानगर र प्रदेश धाउँदा धाउँदै टोलका अध्यक्ष कृष्णबहादुर कार्की थाकिसके । तर, अझै प्रगति भएको छैन । अर्कातिर उनकै टोलमा वडा कार्यालयले व्यक्तिको आँगन उकास्न बजेट दिएको छ । ५ भाइ बस्ती संरक्षण पोखरा २० भलामको नाममा पोखरा महानगरबाट ८ लाख र स्थानीयको ८८… पुरा पढौ

विमला भण्डारीलाई सुप्रेम शारदा पुरस्कार

सुप्रेम शारदा पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्की शाखाले सञ्चालन गरेको सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो । पुरस्कार राशि ५१ हजार नगद र सम्मानपत्र छ । नेपाल पत्रकार महासघं कास्की पूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक रहेको प्रतिभा छनोट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे बैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय गरेको युनियनका कार्यवहाक अध्यक्ष रविना… पुरा पढौ

टोपबहादुर रायमाझी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ परेका छन्। आइतबार साँझ उनलाई बुढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको हो। सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो। उक्त प्रकरणमा उनका छोरा सन्दीपलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो। अहिलेसम्म यो प्रकरणमा १२ जनालाई प्रहरीले पक्राउ… पुरा पढौ

बुद्धिजीवी संगठन पोखरा महानगरमा बुद्धिसागर

नेपाल बुद्धिजीवी संगठनको पोखरा महानगर कमिटीको शनिबार भएको पहिलो सम्मेलनले बुद्धिसागर घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी चुनेको छ । ३७ सदस्यीय कमिटीको सचिवमा माधव सुवेदी छन् । पोखरा महानगरका बुद्धिजीवी संगठन इन्चार्ज ईश्वरीप्रसाद लम्सालको संयोजकत्वमा लोकराज भण्डारी र वेदनाथ भण्डारी सदस्य रहेको निर्वाचन कमिटीले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो । सम्मेलनमा संगठनका पूर्व केन्द्रीय अध्यक्ष कोमलनाथ बरालले बुद्धिजीवी संगठन निर्माण र यो संगठनको दायित्वमाथि प्रकाश पारे । माओवादी… पुरा पढौ

माविको शिक्षक लाइसेन्सको आवेदन खुला

शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि आवेदन खुला गरेको छ । वैशाख २९ गतेको निर्णयअनुसार आयोगले आजदेखि आवेदन खुला गरेको हो । जेठ २९ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर बुझाई असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यसका लागि दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भएको हुनुपर्नेछ । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिन सक्ने आयोगले जनाएको… पुरा पढौ

‘बादल’का छोरा प्रतिकविरुद्ध वारेन्ट जारी

पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने कान्डमा प्रतिकको संलग्नता देखिएको प्रहरीको दाबी छ । यो कान्डमा अहिले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईसहित १२ जना थुनामा छन् । शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोडभन्दा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं