Author Archive

नागरिकता विधेयक प्रमाणिकरण

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल Right Honourable President Mr. Ramchandra Paudel Official Photo
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । उनले बुधबार बिहान विधेयक प्रमाणीकरण गरेका हुन् । संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जारी नगरेको विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । २५ फागुन २०७९ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भएका… पुरा पढौ

चिनुलाई राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार

पोखराकी सौन्दर्य व्यवसायी चिनु गुरुङ राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारबाट सम्मानित भएकी छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले काठमाडौैंमा मंगलबार आयोजित कार्यक्रममा उनलाई सम्मान गरेका हुन् । गण्डकी प्रदेशबाट महिला उद्यमशीलतमा योगदान गरेकोमा उनी सम्मानित भएकी हुन् । मन्त्रालयले पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा गुरुङसहित सातै प्रदेशका महिला उद्यमीलाई १ लाख नगदसहित पुरस्कृत गरेको हो । रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशीलता र आर्थिक समृद्धिमा… पुरा पढौ

प्रदेश सरकारलाई संघका सुरक्षाकर्मी किन ?

सदनले ऐन बनाउँछन्, सरकारले कार्यान्वयन गर्छन् । ऐन, नियम सहज पालना भए त उत्तम भयो, नहुँदा राज्यले बल प्रयोग गरेरै भए पनि कानुनी राज्य कायम गर्छ । यो विश्वव्यापी मान्यताभन्दा उल्टो अवस्थामा छन् नेपालका प्रदेश सरकारहरु । संघ सरकारले प्रहरी समायोजन ऐन नबनाइदिँदा प्रदेश सरकारका मन्त्रीहरु समेत संघकै सुरक्षाकर्मी लिएर हिड्न बाध्य छन् । मंगलबार गण्डकी प्रदेशसभामा एमाले सांसद प्रकाशबहादुर केसीले यो विषय उठाए । विनियोजन विधेयक २०८०÷०८१ को सिद्धान्त… पुरा पढौ

पोखरा २८ बासी भन्छन्ः महानगरभित्रै महाविकटमा छौं

पोखरा २८ मा सोमबार आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा योजनाबारे छलफल भएको छ । सहभागीले भौतिक पूर्वाधारका साथै मानवीय विकासका लागि आवश्यक बजेट विनियोजन गर्न महानगरलाई सुझाव दिएका छन् । महानगरवासीले पाउनुपर्ने न्यूनतम सेवा, सुविधा नपाएको उनीहरुले मेयर धनराज आचार्यसँग गुनासो गरे । महानगरले सबै वडालाई १ करोड ९७ लाखको सिलिङ निर्धारण गरे पनि चालु आर्थिक वर्षमा स्थानीय, प्रदेश र संघ गरी ३ तहको सरकारबाट प्राप्त १७ करोड… पुरा पढौ

‘राजाको दरबार’मा गणतन्त्र दिवसमा नागरिकको पहुँच

गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर घोरिएर हेर्न पनि डराउनुपथ्र्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै, नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए । त्यही रत्नमन्दिरमा सोमबार पोखरेलीले भित्रै पसेर फोटो र सेल्फी खिचें । गणतन्त्र आएको १५ वर्षपछि रत्नमन्दिर सर्वसाधारणका लागि खुला भयो । नेपाल ट्रष्टको कार्यालयले आजैदेखि सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेको हो । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री… पुरा पढौ

आमाको स्मृतिमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति

आमाबा दुवैको अभिभावकत्वबाट वञ्चित ७ वर्षीया श्रीया सुनारलाई छात्रवृत्ति हस्तान्तरण गर्दा सिर्जना शर्मा भावुक बनिन् । गण्डकी प्रदेशकी निवर्तमान उपसभामुख शर्माले बाल्यकालमै आफूले पनि बाआमा दुवैको ममता नपाएकोसमेत सम्झिइन् । डिकेडिएस फाउन्डेसनले सोमबार जिफन्ट गण्डकीसँग सहकार्य गरी आयोजना गरेको कार्यक्रममा शर्माले अरु २ बालबालिकालाई पनि छात्रवृत्ति प्रदान गरिन् । आफ्ना आमाहरु धनकुमारी र धनसुब्बा गुरुङको स्मृतिमा मीना, रुपा र रीताले बर्सेनी गरिब र जेहेन्दार विद्यार्थीलाई फाउन्डेसनमार्फत् छात्रवृत्ति प्रदान गर्ने गरेका… पुरा पढौ

‘सरकार, बाँदर पालौं कि बालबच्चा पालौं !!’

तनहुँको बन्दीपुर गाउँपालिका ४ झप्रीका राममाया रानामगर केही वर्षअघि तरकारी खेती गर्थे । उनलाई तरकारी खेती बाँदरबाट जोगाउनै मुस्किल थियो । “बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने”, उनी भन्छन् “जति गरेपनि बाँदरबाट खेती जोगाउनै सकेनौँ ।” बाँदर आतङ्कले उनले तरकारी खेती गर्न छाडिदिए । राना अहिले मौरीपालनतर्फ लागेका छन् । मौरीपालनसँगै दालचिनी खेती पनि गरेका छन् । गाउँमा अझै पनि बाँदरको समस्या छ… पुरा पढौ

शिव पलाँसको नयाँ गीतमा रचना र ईश्वरको स्वर

प्राय गम्भीर र बियोगान्त गीत गजलहरुमा कलम चलाउने शिव पलाँसको नयाँ गीत सार्वजनिक भएको छ । यसपटक भने उनले लोकपप शैलीको रमाइलो युगल गीत ‘साहुकी छोरी’ बजारमा ल्याएका छन् । एस डी योगीको संगीत , रिकेश गुरुङको संगीत संयोजन तथा रचना रिमाल र ईश्वर पोखरेल अबिरलको आवाजमा सजिएको यो गीतले वल्लो पल्लो गाउँका युवा युवतीको प्रेमकथा अभिब्यक्त गरेको छ । मौसम हिमालीको निर्देशनमा बनेको भिडियोमा कमल सिङ , ललना चिमरिया… पुरा पढौ

सुकल्पमा नयाँ समिति, अध्यक्षमा डा अनिल

सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको अध्यक्षमा डा अनिल सुवेदी निर्वाचित भएका छन् । प्रतिष्ठानको शनिबार सम्पन्न दोस्रो अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चुुनेको हो । उपाध्यक्षमा मनहरी सुवेदी, सचीवमा महेन्द्रराज सुवेदी, सहसचिवमा बुद्दिनाथ सुवेदी र कोषाध्यक्षमा भिमप्रसाद सुवेदी छन् । सदस्यमा नारायण सुवेदी, शिवकुमार सुवेदी, शिवहरी सुवेदी, पोष्टराज सुवेदी, रामचन्द्र सुवेदी, नारायण प्रसाद सुवेदी, यामु कुमारी सुवेदी, कविता भण्डारी सुवेदी, गणेश प्रसाद सुवेदी, दुर्गादेवी सुवेदी, नन्दलाल सुवेदी, प्रदिप सुवेदी, तिर्थराज… पुरा पढौ

क्युपेकको स्थापना दिवसमा शिविर

नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदूर युनियन (क्युपेक) नेपालको २० आंै स्थापना दिवस शनिबार मनाइएको छ । दिवसको अवसरमा निर्माण श्रमिक महिलाको भेला तथा पाठेघर मुखको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर भएको छ । कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संघ कास्की सभापति प्रेमबहादुर भुजेलले क्यान्सर समयमा नै पहिचान गर्न सके निको हुने बताए । नेपालका ग्रामीण भेगसम्म क्यान्सरबारे सचेतना र उपचार प्रक्रियाबारे सचेतना जरुरी रहेको उनले औंल्याए । लायन्स पोखरा कुमुद… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं