Author Archive

दुर्घटनामा पूर्व मेयरको निधन

शुक्रबार राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । चापाकोट ४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले राति ११ः४० मा मृत घोषणा गरेको थियो । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो… पुरा पढौ

इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालार्ई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । बचतकर्ताहरुको रकम हिनामिना गरी संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालक भण्डारी र रोकालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । भण्डारीलाई प्रहरीले बिहीबार बुर्तिबाङ बजारबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ । साथै आज कर्मचारी लालमति रोकालाई प्रहरीले तारा… पुरा पढौ

हँसियाले हानेर बालकको हत्या

स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी १ बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले अर्जुनचौपारी ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) ले हँसिया प्रहार गरी सोही ठाउँ बस्ने ९ वर्षीय बालक हर्षित देवकोटाको हत्या गरेको जनाए । शुक्रबार साँझ हँसिया प्रहार गरी बालकको हत्या गर्ने सुवेदी घटनापश्चात् फरार भएका थिए । प्रहरीले सुवेदीलाई पुतलीबजार १ बाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । हत्याको… पुरा पढौ

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री

जेठ ३१, दाङ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताउनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी लिइएको बताउनुभएको हो। "समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी… पुरा पढौ

शिक्षक नायक तथा जुनियर/युवा गोष्ठी

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको आयोजना तथा नेपाल युवा रेडक्रस सर्कल राष्ट्रिय माध्यमिक विधालयको व्यवस्थापनमा २ दिने गोष्ठी भएको छ । जेठ २६ र २७ गते दुई दिने आवसीय २९ औं शिक्षक नायक तथा ४० औं जुनियर र युवा गोष्ठी कार्यक्रम भएको हो । गण्डकीका सभामुख कृष्ण धितालले उद्घाटन गरेको गोष्ठी समापन समारोहमा गण्डकीकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा उपस्थित थिइन् । मन्त्री सिम्खडाले रेडक्रसले विपदका समयमा… पुरा पढौ

२ अर्ब हिनामिना गर्ने मेयरविरुद्ध उजुरीका चाङ

इमेज सहकारी पीडितहरु जिल्ला प्रहरी कार्यालयमा आएका आयै छन् । पीडितले दिएका निवेदन लिने र दर्ता गर्ने प्रहरीको दैनिकी बनेको छ । बागलुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध मंगलबारसम्म ७ सय ६८ वटा उजुरी परेका छन् । ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका नेपाली जेठ ५ देखि सम्पर्कमा छैनन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यबाहक अध्यक्ष डोरबहादुर… पुरा पढौ

‘पोखरामा ९ सय बाल श्रमिक’

बालश्रमलाई गम्भीर रुपमा लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बालश्रम विरूद्धको विश्व दिवस २०२३ को अवसरमा पोखरा उद्योग बाणिज्य संघको आयोजना तथा बाल अधिकार मञ्च कास्कीको समन्वयमा सोमबार पोखरामा आयोजित बालश्रम उन्मूलन बिषयक अन्तरक्रियाका सहभागीले कानुनको फितलो कार्यान्वयनका कारण बालश्रम न्यूनीकरणमा कठिनाइ भएको तर्क गरे । कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता प्रिती पाण्डेले महानगरका ३३ वटै वडामा ७ सय १३ बालक र १ सय ८८ बालिका गरी ९ सय २१ बालबालिका… पुरा पढौ

बोराभित्र भेटियो महिलाको शव

तनहुँको व्यास ४ मंगलबार शव फेला परेको छ । त्यहाँको चिहानडाँडा नजिक बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको जवनाए । उनले भने, “प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।” व्यास ४ का वडासदस्य सरोज भण्डारीले महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा रहेको जनाए । पुरा पढौ

गण्डकी संरकार बजेटको तयारीमा, बजेट घट्ने

आन्तरिक स्रोत र सङ्घ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आव २०८०÷८१ को बजेटको आकार घट्ने भएको छ । चालु आवमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याइएकामा आगामी आवका लागि ३३ अर्ब हाराहारीमा बजेट आउने अनुमान छ । सङ्घ सरकारले पठाएको ३३ अर्ब ८५ करोडको सीमा (सिलिङ) मा रहेर प्रदेश सरकारले बजेट निर्माणलाई अन्तिम रूप दिन लागेको हो । प्रदेशको आर्थिक मामिला मन्त्रालयका प्रवक्ता राजेन्द्रबन्धु अर्यालले… पुरा पढौ

सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानमा इन्दिराको नेतृत्व

सूर्यमणि अधिकारी स्मृति प्रष्ठिानको अधिवेशनले इन्दिरा अधिकारी कोइरालाको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको छ । शनिबार भएको संस्थाको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले ३ वर्षे कार्यकालका लागि कोइरालाको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको हो । उपाध्यक्षमा प्राध्यापक देवीप्रसाद कँडेल, सचिव महेशप्रसाद अधिकारी र कोषाध्यक्षमा डा बाबुराम अधिकारी छन् । सदस्यमा ईश्वरीराज लौडारी, रवीन्द्र माकाजु, वेदनीधि आर्याल, शंकर खराल, महेन्द्रप्रसाद अधिकारी, गोबिन्दराज अधिकारी र शान्ता पुरी छन् । यस्तै,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं