सुकल्पमा नयाँ समिति, अध्यक्षमा डा अनिल

सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको अध्यक्षमा डा अनिल सुवेदी निर्वाचित भएका छन् ।

प्रतिष्ठानको शनिबार सम्पन्न दोस्रो अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चुुनेको हो । उपाध्यक्षमा मनहरी सुवेदी, सचीवमा महेन्द्रराज सुवेदी, सहसचिवमा बुद्दिनाथ सुवेदी र कोषाध्यक्षमा भिमप्रसाद सुवेदी छन् ।

सदस्यमा नारायण सुवेदी, शिवकुमार सुवेदी, शिवहरी सुवेदी, पोष्टराज सुवेदी, रामचन्द्र सुवेदी, नारायण प्रसाद सुवेदी, यामु कुमारी सुवेदी, कविता भण्डारी सुवेदी, गणेश प्रसाद सुवेदी, दुर्गादेवी सुवेदी, नन्दलाल सुवेदी, प्रदिप सुवेदी, तिर्थराज सुवेदी, लाल प्रसाद शर्मा सुवेदी, घननाथ सुवेदी र पशुपति सुवेदी छन् ।

समारोहमा नेपाल सरकारका पूर्व मुुख्यसचिव डा सोमलाल सुवेदी र वेदहरि सुुवेदीलाई सम्मान गरिएको छ ।

सर्वोच्च पद ९मुख्य सचिव० भएर राम्रो काम गरेको र सुवेदीको इज्जत अनि प्रतिष्ठा बढाएको भन्दै पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई र विभिन्न खोज अनुसन्धानका साथै भाइबन्धुहरुलाई खोजेर एकत्रित पार्न महत्वपूर्ण योगदान दिएको भन्दै वेदहरि सुवेदीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमा केद्रीय कुलाधिपती देवीप्रसाद सुवेदी, उपकुलाधिपती जगत सुवेदी, पूर्व मुख्य सचिव डा सोमलाल सुवेदी लगायतले बोलेका थिए ।