Author Archive

प्रहरी चाैकी इन्चार्ज मृत फेला

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् । बागलुङको बडिगाड गाउँपालिका ६ को खाल स्थित आशा होटल एण्ड खाजा घरमा मृत भेटिएका हुन् । सोमार राती १२ बजे पौडेल मृत भेटिएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी निरीक्षक राजाराम खड्काले बताए । उनको मृत्युको कारण खुलेको छैन् । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजाराम खड्काको नेतृत्वमा प्रहरीटोलि… पुरा पढौ

प्रदेश र संघका प्रज्ञा प्रतिष्ठानबीच सहकार्य र अनुभव साटासाट हुने

नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तक्र्रिया हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा साउन १३ गते शनिबार हुने कार्यक्रममा गण्डकीसहित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूर पश्चिम प्रज्ञा प्रतिष्ठानको प्रतिनिधित्व रहनेछ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानका बीचमा अनुभव आदानप्रदान तथा सम्बन्ध विस्तार गर्ने उद्देश्यले… पुरा पढौ

सिर्जना आलोक २० सार्वजनिकसँगै रचनावाचन

साहित्य शृंखला पोखराको २ सय ५० औँ नियमित रचनावाचन एवं सिर्जना आलोकको २० औँ अंक शनिबार सार्वजनिक गरिएको छ । सिर्जना आलोक साहित्य शृंखलाले प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका हो । समीक्षक प्रेमनारायण ढकालले सिर्जना आलोकले देशका समसामयिक समस्या उठान गर्ने र निमुखाको आवाज बन्ने प्रयत्न गरिरहेको बताए । उनले धेरै उतारचढाव झेलेको आलोकको भाषाको शुद्धिकरणमा थप ध्यान दिनुपर्ने उनले सुझाव दिए । संस्थाका सल्लाहाकार रामराज रेग्मीले होचिमिन्हको नेपाली अनुवाद… पुरा पढौ

फुस्रेमा डुबेर युवकको मृत्यु

पोखरा पोखरा महानगरपालिका १७ पावरहाउसमा रहेको फुस्रेखोलामा पौडी खेल्ने क्रममा युवकको मृत्यु भएको छ । फुस्रेखोलामा पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवरको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । साथीहरुसहित विवेक खोलामा पौडी खेल्न गएका थिए । खोलामा डुबेर उनी बेपत्ता भएपछि प्रहरीलाई खबर गरिएको थियो । वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोली र सशस्त्र प्रहरी बलको टोलीले पानीभित्र खोँचमा डुबेको… पुरा पढौ

अखिल क्रान्तिकारी नेता प्रकाश पक्राउ

कास्की प्रहरीले अखिल क्रान्तिकारीका नेता प्रकाश बास्तोलालाई आइतबार दिउँसो पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय कार्यालय सदस्य एवं पश्चिम गण्डकी ब्युरो इन्चार्ज बास्तोलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।जिप्रका कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बास्तोला पक्राउ परेको पुष्टि गरे । उनले भने, ‘उहाँविरुद्ध निवेदन परेपछि नियन्त्रणमा लिएका हौं । सोधपुछ जारी छ । थप कुरा अनुसन्धानपछि आउँला ।’ बास्तोलाविरुद्ध केही… पुरा पढौ

रीताको नेतृत्वमा लेखक संघ कास्की

नेपाली लेखक संघ कास्की अध्यक्षमा रीता अधिकारी ‘ऋतु’ निर्वाचित भएकी छन् । शनिबार भएको संस्थाको पाँचौँ अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १ सदस्यपछि थप गर्ने गरी ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । उपाध्यक्षमा कमल पौडेल ‘अथक’, सचिव सञ्चय न्यौपाने ‘प्राञ्जल’, सहसचिव श्रीराम अधिकारी ‘गोर्जे’ र कोषाध्यक्षमा मेघनाथ आचार्य छन् । सदस्यमा तारानाथ पराजुली, रोशन तिमिल्सिना, गोपालप्रसाद अधिकारी, मनिषा पौडेल र भेषराज पौडेल ‘उदास’ निर्वाचित बने । कार्यक्रमा नेपाली लेखक संघका… पुरा पढौ

स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चमा दिनेश

स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चको प्रदेश भेलाले दिनेशबाबु खड्काको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ । समितिको उपाध्यक्षमा दिनेश जिसी, सचिव चन्द्रकान्त पौडेल र कोषाध्यक्ष युवराज आचार्य छन् । मञ्चका सदस्यमा सुनील घिमिरे, हरि खड्का, प्रतीकमान श्रेष्ठ, गीता काफ्ले, राम पौडेल र मदनकुमार रञ्जित छन् । यस्तै, सल्लाहकारमा अमर गुरुङ, अशोक पालिखे, कपिल पोखरेल, डा भोजराज न्यौपाने, टंक अधिकारी, राजीव पहारी र डा जगतबहादुर खड्का छन् । पुरा पढौ

रास्वपा पुतलीबजार सभापतिमा डा वसन्त पगेनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुतलीबजार नगर सभापतिमा डा वसन्त पंगेनी चयन भएका छन् । हालै भएको भेलाले समावेशी हुने गरी सचिव र २ सदस्य पछि थप्ने गरी ११ सदस्यीय समिति निर्वाचित गरेको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले बताए । नगर उपसभापतिमा गुरुप्रसाद ढकाल र कोषध्यक्ष देवी अर्याल छन् । सदस्यमा डिल्लीराम सुवेदी, जगन्नाथ अर्याल, मुनुरदिन अली, उमा फुयाल र सुवास रेग्मी छन् । नवनिर्वाचित सभापति डा पंगेनीले संवैधानिक समाजवाद र नेपालवादको… पुरा पढौ

सुरज पण्डितको सिंहदरवार २ सार्वजनिक

लोकप्रिय गायक सुरज पण्डितले नयाँ गीत सिंहदरवार दुई बजारमा ल्याएका छन्। गीतमा सुरजको आफ्नै शब्द, संगित, स्वर रहेको छ। कर्णालीका गायक भनेर आफ्नो पहिचान बनाएका सुरजका गीतहरुमा प्राय शोषित पीडित जनताहरुको आवाज सुन्न पाइन्छ ।उनका रेलको बाटो, सिंहदरवार , मिरा, छुकछुक छुकछुक लगायतका गीतहरु निकै चर्चित छन् । भिडियोमा सुरज पण्डित सँगै अस्मिता सुनार "जुरेली" र हेमन्त कान्छा रसाइलीले अभिनय छ ।भिडियोको परिकल्पना र निर्देशन लक्ष्मण सुनारले गरेका छन् ।… पुरा पढौ

डेमसाइडमा पोखरा १७ को ३ तले अपांगमैत्री भवन बन्दै

पोखरा महानगरमा बढी जनसंख्या भएको वडा हो पोखरा १७ । वडा नं. १७ ले अहिले भाडाको घरबाट सेवा दिइरहेको छ । सबै वडामा आफ्नै भवन बनाउने महानगरको योजना अनुरुप पोखरा १७ ले उपत्यका नगर विकास समितिको ड्यामसाइडमा रहेको जग्गामा सुविधा सम्पन्न भवन बनाउने भएको छ । ५ रोपनीमा ५ करोड ३२ लाख ५४ हजार लागतमा भवन बनाउन नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भइसकेको छ । ३ तले वडा कार्यालयको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं